साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बनेर वृद्ध तारक

सिकाउँदै सुकर्मका सुकृत्य मार्ग छन् जति रमाउँदै प्रयत्नले विकार फाल्दछन् खटी विचार योग्य भर्नमा बनून् सधैँ सुधारक विवेक बुद्धिमा चलून् बनेर वृद्ध तारक ।

Nepal Telecom ad

दीनानाथ पोखरेल :

विवेकयुक्त ज्ञान‌ले उचाल्छ साधना पथ
गुडाउनेछ यत्नले बुझेर जिन्दगी रथ ।
अनेक शिल्पका धनी सुकृत्यका प्रचारक
विवेक बुद्धि‌मा चलून् बनेर वृद्ध तारक ।१

टिपेर पूर्वका कला दिएर नित्य उत्तर
बनाउँछन् प्रयत्न‌ले सुयोग्य सौख्यको घर
जताउनेछ ज्ञान‌ले स्वयम् सुकृत्यको हक
विवेक बुद्धिमा चलून् बनेर वृद्ध तारक ।२

बनिन्छ वृद्ध वृद्धिले छ वृद्ध वृद्धिको धव
पुजूँ बुझेर वृद्ध यी भरिन्छ वृद्धिले भव
बनून् खुलेर वृद्ध यी अकृत्यका प्रताडक
विवेक बुद्धिमा चलून् बनेर वृद्ध तारक ।३

अपार ज्ञान शिल्प छन् सुकर्म कृत्य धीर छन् ‌
अनन्त प्राप्ति पस्किने कला मुहान वीर झन्
बनूँ खुलेर विश्वकै म वृद्धको उपासक
विवेक बुद्धिमा चलून् बनेर वृद्ध तारक ।४

अनन्त पूर्व ज्ञानको दिएर मार्ग चिन्तन
बनाउँछन् खुसी बनी जहान यी अकिञ्चन
खुसी बनाउँदै बनूँ सुकर्म शिल्प साधक
विवेक बुद्धिमा चलून् बनेर वृद्ध तारक ।५

सिकाउँदै सुकर्मका सुकृत्य मार्ग छन् जति
रमाउँदै प्रयत्नले विकार फाल्दछन् खटी
विचार योग्य भर्नमा बनून् सधैँ सुधारक
विवेक बुद्धिमा चलून् बनेर वृद्ध तारक ।६

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x