साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खेताला छन् अबुझ परका …

धोई आफ्नो मगज यसले चेतना शुद्ध पार्छ। आफ्नो काया सबल खुद बनी शक्ति आभा उमार्छ।। जोजो उठ्छन् युगलयसँगै बोध भै क्लेश धुन्छन् । खेताला छन् अबुझ परका ॐ झिकी फ्याँक्न खोज्छन् ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

ॐ यो यौटा प्रणव ध्वनि हो प्राणको दिव्य अङ्ग ।
जो चिन्दैनन् ध्वनि असल यो राक्षसी शण्डमुण्ड ।।
यो बन्ने होअ,उ र म मिली नासिकामा थुरिन्छन् ।
खेताला छन् अबुझ परका ॐ झिकी फ्याँक्न खोज्छन् ।।०१।।

ॐ यो सिङ्गो भुवनतलको साधनासूत्र दिव्य।
जोजो जप्छन् विधि नियमले खुल्दछन् ‌दिव्य कृत्य।।
जम्मै अट्छन् ग्रहगण यहीँ पिण्ड ब्रह्माण्ड घुम्छन् ।
खेताला छन् अबुझ परका ॐ झिकी फ्याँक्न खोज्छन् ।।०२।।

पैली बोल्ने ध्वनि शुभ भनी शास्त्रले ज्ञान दिन्छन् ।
बोल्छन् धर्मी नरहित हुने ॐ सबै थोक चिन्छन् ।।
चिन्दैनन् ॐ अपठित भए वर्ण सामान्य जोख्छन् ।
खेताला छन् अबुझ परका ॐ झिकी फ्याँक्न खोज्छन् ।।०३।।

नासाले यो ध्वनि किरणमा सूर्यले फ्याँक्छ भन्ने ।
थाहा पाई तर म छु यता स्तुत्य केही नगन्ने ।।
बुझ्ने चेष्टा जनमन गरून् ज्ञानले पूर्ण बन्छन् ।
खेताला छन् अबुझ परका ॐ झिकी फ्याँक्न खोज्छन् ।।०४।।

गाओ गाओ तरुण युगका विश्वमा योग्य छाओ ।
पुर्खानासो भुवनभर नै एक भै छर्न जाओ ।।
आत्मा चिन्ने सडक हितको ॐ जपी सिद्ध बन्छन्।
खेताला छन् अबुझ परका ॐ झिकी फ्याँक्न खोज्छन् ।॥०५॥

ॐ यो गाऔँ ध्वनि मधुरिमा विश्वमा गुन्जिनेछ ।
पुड्‌‌को लाग्ने मनमगजको स्वल्पता सुल्झिनेछ ।।
जङ्‌गी ज्योत्स्ना प्रकृति विधिका ज्ञानका ध्यान जम्छन् ।
खेताला छन् अबुझ परका ॐ झिकी फ्याँक्न खोज्छन् ।॥०६।।

ॐ यो जप्दा बुझ मनुज हो भावना शुद्ध हुन्छ ।
अग्लो बन्दै मन मनुजको शक्तिले व्योम छुन्छ ।
काला जाला हृदयविचका जापले शून्य बन्छन्।
खेताला छन् अबुझ परका ॐ झिकी फ्याँक्न खोज्छन् ॥०७।।

यो ॐ भित्रै भुवनतलकाे सृष्टिको सार घुम्छ ।
ब्रह्मा औ विष्णु शिव यिनको ॐ विषे धार खुल्छ ।
यो ब्रह्माको रुचिकर बुझी चिन्दछन् जाप गर्छन् ।
खेताला छन् अबुझ परका ॐ झिकी फ्याँक्न खोज्छन् ॥७।।

धोई आफ्नो मगज यसले चेतना शुद्ध पार्छ।
आफ्नो काया सबल खुद बनी शक्ति आभा उमार्छ।।
जोजो उठ्छन् युगलयसँगै बोध भै क्लेश धुन्छन् ।
खेताला छन् अबुझ परका ॐ झिकी फ्याँक्न खोज्छन् ।।०९।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x