साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धाहरू बचाऊँ हेमन्त उर्लिदै छ

आगो फुकेर ताप्ने गर्दै छ गाउँ बस्ती । सक्दैन किन्न राडी भोग्दै छ वृद्ध सास्ती ।। छेकेर सूर्यलाई झन् शीत छर्किँदै छ । वृद्धाहरू बचाऊँ हेमन्त उर्लिँदै छ ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

श्रीसूर्य दूर भागे डन्डी बढेर आयो ।
सारै गढेर जाडो फुल्नै सकेन गायो ।।
बेँसी हिमाल ओर्ल्यो शामन्त कुर्लिँदै छ ।
वृद्धाहरू बचाऊँ हेमन्त उर्लिँदै छ ।।१

फोक्सा सखाप पार्ने चाल्दै छ चाल घाती ।
हावा छ आँत छेड्ने धन्नै फुटेन छाती ।।
कामेर वृद्ध बस्छन् आकाश ओर्लिँदै छ ।
वृद्धाहरू बचाऊँ हेमन्त उर्लिँदै छ ।।२

चौरी झरेछ बेँसी च्याङ्ग्रा पछाडि लागे ।
सकिन्न खप्न जाडो छोडएर वास भागे ।।
झर्दै छ हैम बाक्लो झन् वक्ष चर्किँदै छ ।
वृद्धाहरू बचाऊँ हेमन्त उर्लिँदै छ ।।३

आगो फुकेर ताप्ने गर्दै छ गाउँ बस्ती ।
सक्दैन किन्न राडी भोग्दै छ वृद्ध सास्ती ।।
छेकेर सूर्यलाई झन् शीत छर्किँदै छ ।
वृद्धाहरू बचाऊँ हेमन्त उर्लिँदै छ ।।४

गल्छन् गरीब रोगी वृद्धा बिमार पर्छन् ।
डन्डी अघोर चर्को प्राणी असाध्य मर्छन् ।।
कालो तुषार धर्ती ढाकेर बर्सिँदै छ ।
वृद्धाहरू बचाऊँ हेमन्त उर्लिँदै छ ।।५

०००
पाउँदी, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x