साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सफल वृद्ध बनौँ

युवक शासन गर्दछु भन्दछन् घर चलाउन ती अति मन्द छन् कृषक, शिक्षक, डाक्टर हो अब सफल दक्ष बनौँ सबका सब ।

Nepal Telecom ad

होम सुवेदी :

न त अनुग्रह छन् न त प्रीत छन्
मुलुकमा अहिले नवरीत छन्
सब युवा परदेश गएपछि
अधिक ज्येष्ठ यहाँ भयभीत छौँ ।१

मुलुक फेरि जलेपछि दन्दनी
सुपरिवेक्षण छैन कतै पनि
छ घर यो जडको परिवेशमा
युवक छन् अहिले परदेशमा ।२

अधिक वृद्धहरू अनुरक्त छन्
जनक वा जननी रुन सक्तछन्
घर भुलेर युवा युवतीहरू
गलित संस्कृतिका अति भक्त छन् ।३

जनक छन् अहिले अपहेलित
मुलुकबाट छ शान्ति पलायित
स्वजन नै नहुँदा अति दीन छन्
जनक सन्ततिबाट विहीन छन् ।४

अब तुरुन्त सुरक्षण थालियोस्
मुलुकबाट कुकर्म निकालियोस्
मुलुकभित्र रहोस् जनवैभव
सकल वृद्ध सुरक्षित हुन् अब ।५

युवक शासन गर्दछु भन्दछन्
घर चलाउन ती अति मन्द छन्
कृषक, शिक्षक, डाक्टर हो अब
सफल दक्ष बनौँ सबका सब ।६

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x