सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चन्द्रलोक कसको ?

यता विश्व मुलुक संघका सक्रेटरी मिस्टर तर्याङतुरुङ टस्ट्रिसिप काउन्सिलका बैठकमा भन्दै थिए, “चन्द्रलोकको संरक्षण मुलुक संघअन्तरगत हुनुपर्छ ।” अफिसका मेच टेबुलहरू मात्र मौन रहेर उनको भनाइमा सम्मति जनाउँथे । अरू भन्थे, “काग कराउँदै गर्छ पिना सुक्दै गर्छ ।”

Nepal Telecom ad

भैरव अर्याल :

उहिलेका कुरा खुइलिहाले, कोही सुन्दैन । अहिलेका कुरा सबैलाई थाहा छ, सुनाउनै पर्दैन । त्यसैले म कुरा झिक्दै छु— एक्काइसाैँ शताब्दीका उत्तराद्र्धतिरको, जुन बेला चन्द्रलोकको जग्गा वितरण गर्नबारे संयुक्त मुलुक संघमा दिनहुँ बहस हुन्थ्यो ।

आकाशमा चिल घुमेझैँ घुमिरहने टेलिस्टार, घरघरमा चलचित्रझैँ झलमलाइरहने टेलिभिजन इत्यादिले गर्दा कहाँ के भइरहेछ, कसले के भने इत्यादि थाहा पाउन कत्ति गाह्रो थिएन । भोजपुरको खबर कान्तिपुरमा आइपुग्न महिना दिन लाग्ने वर्तमान अवस्थाका हामीलाई यो कुरा सुन्दा अचम्म लाग्छ ।

तर, त्यतिखेर हावामा जेटको स्टेसन बनाउने र हावैद्वारा पेटको भोक मार्ने व्यवस्था हुनहुन आँटिसकेको थियो । ‘यो के हावा बिग्रेको कुरा गर्यो’ भनी तपाईंहरू अकमकिनुहोला, तर वास्तवमा यो हो इतिहासमा नयाँ प्रयोग ।

इस्वी सन् १९२८ को डिसेम्बर महिना थियो, तारिखचाहिँ मैले बिर्सेँ, चन्द्रलोकको जग्गा आबाद गर्न जाने भनी धेरैजसो मुलुकका बलिया–बाङ्गा नेताहरू जेनेभामा जम्मा भएका थिए

संयुक्त मुलुक संघको सूचना थियो, “त्यहीँबाट अन्तरग्रह्यामी जेटद्वारा सबैले चन्द्रलोक जानुपर्छ । अनि, मूनल्यान्ड डिभिजन कमिसन अर्थात् चन्द्रलोक विभाजन आयोगले तयार पारेको नाप–नक्साबमोजिम आ–आफ्नो भागमा आ–आफ्नो झन्डा गाड्नुपर्छ ।”

संयुक्त मुलुक संघको बनोट अहिलेको संयुक्त राष्ट्रसंघजस्तै थियो, तापनि त्यति बेला भिटो पाउने दुई मुलुक मात्र थिए । संघको अफिस थियो भर्खर आबाद गरिएको सहारा नगरमा, जसलाई भूगोलमा एउटा नयाँ प्रयोग भनिदिए हुन्छ ।

म नब्बे पुगी हब्बे–न–कब्बे भइसकेको थिएँ, तैपनि उडिरहेको टेलिस्टार जेनेभाको दृश्य सबै रिले गरिरहेको थियो, मेरा नातिनी–बुहारीहरू सञ्जयले धृतराष्ट्रलाई महाभारत सुनाएझैँ झ्यालमा बसेर मलाई बेलीविस्तार लगाउँदै थिए ।

जेनेभामा साँच्ची एउटा अभूतपूर्व मेला लागेको थियो । नलागोस् पनि किन ! हजारौँपटक यही सहरमा हजार थरी सम्मेलन भए, सहरभरिका घर थर्किए, भुइँ र भित्ता चर्किए, न निरस्त्रीकरण हुनसकेको थियो न विश्व–शान्ति । त्यसैले चन्द्रलोकको यात्रा यहीँबाट सुरु हुनुलाई जेनेभाले आफ्नो ठूलो गौरव र सफलता सम्झेको थियो ।

अन्तरग्रहयामी जेट दुईटा मात्र थिए, एउटा अमेरिकन एउटा रसियन । हुन त त्यस बेला सबैभन्दा जोधाहा र जुधाहा मुलुक थिए लन्डन र पेकिङ, तैपनि विज्ञानका कुरामा रुस र अमेरिकाको नाम जाज्वल्य छँदै थियो । अहिलेका केनेडी र ख्रुश्चेभझैँ त्यति बेला लव्लेस र च्याङबो नै त्यस्ता व्यक्तित्व थिए, जसको एक झोकमा पृथ्वीको दैनिक गति बटारिन सक्थ्यो ।

अन्तर्राष्ट्रिय एकता भन्दाभन्दै अंग्रेजीको राज्य फेरि कहिल्यै घाम नअस्ताउने स्थितिमा पुगिसकेको थियो । उता पेकिङ भनिरहेको थियो— परापूर्वकालमा चीनका राजा चुयान दर लोत्सेले राज्य गरेकाले मुनल्यान्डको नाम चन्द्रलोक रहेको हो । त्यसकारण चन्द्रलोकको प्रभुसत्ता चिनियाँ सन्तानकै हातमा रहनुपर्छ ।

त्यसैले चन्द्रलोकको प्रशासनका लागि ह्लासाको एउटा घ्याङमा खडा भइसकेको थियो– गवर्नमेन्ट अफ् मुनल्यान्न्ड क्वीनल्यान्ड रिपब्लिक । प्रभुसत्ता आफूले लिए तापनि चन्द्रलोकको जग्गा वितरण गर्न ऊ मन्जुर थियो ।

चीन भनेर तपाईंहरू हाम्रो अहिलेको शान्तिप्रिय छिमेकी राष्ट्रलाई सम्झनुहोला नि, उस बेलामा पेकिङेहरू अर्कै किसिका थिए बुझ्नु भएन के ? बुझे बुझ्नोस् नबुझे नबुझ्नोस्, यो थियो— अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ प्रयोग ।

अँ, यता प्रबन्ध हुँदै थियो, उता अमेरिकन जेटपाइलटले मौका छोप्नु बुद्धिमानी हो भन्ने ठान्यो । सायद रुसीले पनि उही सम्झ्यो होला । परस्पर सिङौरी खेल्दाखेल्दै आफआफैँ सिङ फुक्लेर ठूटे भएका साँढेहरू (रुस र अमेरिका) बाहिर नुन खाएका कुखुराजस्तै अलि झोक्राएका भए तापनि भित्र अनौठा सपना देखिरहन्थे । त्यसैले भाग लाउने भन्दाभन्दै फुत्त बाँदरले लड्डु उडाएझैँ जेटहरू भुर्र उडिहाले ।

“ए बितायो बा !” भन्दै एउटी पेकिङे युवती र एउटी लन्डने युवती हत्त–न–पत्त एकोटा जेटको पुच्छरमा झुन्डिन पुगे । सायद उनीहरूको मनमा चढ्यो होला– चन्द्रलोकमा पुग्नेबित्तिकै जेट ल्यान्ड गरुन्जेलमै प्यारासुटबाट उत्रेर आफ्नो झन्डा गाडिहाल्नुपर्छ ।

लन्डने युवतीको चतुर्याइँ बुझी हत्त–न–पत्त उसको खुट्टा समाउन पुग्यो थाइल्यान्डको युवक, अनि देख्तादेख्तै पहिलेका पश्चिमाभिमुख देशका प्रतिनिधिहरू पनि ऊ उसको खुट्टामा, ऊ उसको खुट्टामा हत्त–न–पत्त झुन्डिन पुगिहाले ।

यता पेकिङे युवतीको खुट्टा पक्रन पुग्यो क्युबाली ठिटो । त्यसपछि क्रमैसँग पहिलेका पोल्यान्ड, चेकोस्लाभ, हंगेरी र अल्बानिया आदि पनि त्यसै गरी झुन्डिए ।

फसाद पर्यो पहिलेका तटस्थ हौँ भन्नेहरूलाई । उडूँ आफ्नो जेट छैन, नउडूँ मन मान्दैन । तटस्थको केही अस्तित्व भएको बेलामा त एउटा न एउटा लोभले मै हुँ भन्ने तटस्थहरू शक्ति गुटको पाउ दाब्न पुग्छन् भने त्यतिखेर त को तटस्थ को अतटस्थ ! आखिर उड्न नपाउनेमा परे मुलुक संघका सेक्रेटरी मिस्टर तर्याङतुरुङ ।

म कोठामा पल्टिरहेको थिएँ । मेरी कान्छी नातिनी–बुहारी फलानो यो फलानो ऊ भन्दै टेलिस्टार र टेलिभिजनको प्लेटमा मलाई चिनाइरहेकी थिई । टेरलिनको हाफप्यान्ट र नाइलनको फ्रक लगाएकी मेरी नातिनी–बुहारी गाला चाउरिएर पनि छाला टिमिक्क परेकी देखिन्थी ।

सम्पूर्ण पारदर्शक आवरणमा सुरक्षित उसको छाती र तिघ्राको सुडोलपनले हामी जोसुकैको अंगमा पनि घरीघरी अन्तरइन्द्रियगामी जेट उडाइदिन्थ्यो । हुन त व्यक्ति व्यक्तिको यौन स्वतन्त्रतामा हाडनाताको पर्खाल लाउनु उसको वैयक्तिक मौलिक अधिकार हनन् गर्नु हो भन्ने तत्कालीन जाग्रत समाजको एक मत थियो, तापनि म यिनताकको रुढिवादी बूढो भएकाले त्यति प्रगतिशील हुनसकेको थिइनँ ।

“यी सबै भएपछि चन्द्रलोकमा कसको चाहिँ प्रमुख सत्ता कायम होला त ?,” मैले नातिनी–बुहारीसित सोधेँ ।

म अलि कान नसुन्ने भएकोले माउथ स्पीकरद्वारा उसले विश्लेषण गरी, “मेरो विचारमा महायुद्धपछिको जर्मनीजस्तै तानातान र खोसाखोस त होला नि !”

उसको कुरा मलाई पनि ठिकै लाग्यो र प्वाक्क भनिहालेँ,, “अब तेस्रो महायुद्धको कारण र क्षेत्र चन्द्रलोक त हुन आउने होइन ? तै अहिलेसम्म सत्रोटा युद्ध भइसके पनि महायुद्ध त हुनसकेको छैन ।”

कुरा गर्दागर्दै लामालामा पुच्छर गाँसेका चंगाझैं अकास्सिरहेका जेटहरू बादलपारि पुग्न लागिसकेछन् । दुवैतिरबाट चर्काचर्की नारा लागेका थिए ।

एउटा लाम भन्थ्यो, “चन्द्रलोक कसको ? साम्यवादीको ।” अर्को लाम भन्थ्यो, “चन्द्रलोक कसको ? समाजवादीको ।”

एउटै लाममा पनि कोही जनवादी भन्थे त कोही गणवादीको, कोही सुधारवादीको भन्थे त कोही उदारवादीको । अहिलेका सम्पूर्ण नाराहरू मानौँ पुनः जाग्रत भइरहेका थिए चन्द्रलोकका यात्रीहरूमा ।

यता विश्व मुलुक संघका सक्रेटरी मिस्टर तर्याङतुरुङ टस्ट्रिसिप काउन्सिलका बैठकमा भन्दै थिए, “चन्द्रलोकको संरक्षण मुलुक संघअन्तरगत हुनुपर्छ ।” अफिसका मेच टेबुलहरू मात्र मौन रहेर उनको भनाइमा सम्मति जनाउँथे । अरू भन्थे, “काग कराउँदै गर्छ पिना सुक्दै गर्छ ।”

हामी हेर्दै र सुन्दै थियौँ, घुमिरहेको टेलिस्टारको मद्दतले आफ्नै कोठाको टेलिभिजन र रेडियोमा । उसले उसको खुट्टा, उसले उसको खुट्टामा बलैसँग समातेर तुर्लुङ्ङ झुन्डिँदै अकास्सिरहेका ताँतीमा जोस र उत्तेजना बढ्दै गइरहेको थियो ।

दुइटै जेटहरू आ–आफ्ना मान्छेमय पुच्छर झुन्ड्याएर समानान्तर रेखाबाटै उडिरहेका थिए । सम्मुख–सम्मुख परेकाले सबभन्दा माथिको पेकिङे युवतीले कानै खाने गरी कराइ, “चन्द्रलोक कसको ? पेकिङको ।”

उसको यो फुर्ती देखेर लन्डने युवतीको तालुदेखि पैतालासम्म तातेर आयो । “यी यत्रो हो चाइनाको !” भनी हत्त–न–पत्त लोप्पा ख्वाउन हात झिक्दी भएकी जेटमा झुन्डिएको लाम खन्द्र्यामदुन्द्रुम ।

यसरी आफ्नो प्रतिस्पर्धी लाम खन्द्र्यामखुन्द्रूम भएको देखेर पल्लो जेटमा झुन्डिने पेकिङे युवतीलगायत सबैलाई खितितित्त हाँसो उठ्यो । हर्षको आवेशमा ‘हा !’ गर्दै हात ठटाउन खोजेका उनीहरू पनि चर्ल्याम–चुर्लुम ।

पुच्छरमा झुन्डिएका गह्रौँगह्रौँ तानहरू एक्कासि झ्वाट्ट छुटिँदा जेटहरू हुत्त हुत्तिए । एक–अर्कोमा ड्ङग बजारिन पुगे । त्यसै बेला झिमिक्क के हो झिल्केको थियो, टेलिस्टारको बत्ती झ्याप्प निभ्यो । अनि के भयो म भन्न सक्तिनँ ।

दिमागमा भने अझै त्यो झल्का आउँदै छ— चन्द्रलोक कसको ?… रस्साको । चन्द्रलोक कसको ? अमेरिकाको… । यो पनि मेरो स्मरणशक्तिको नयाँ प्रयोग होइन त ?

०००
‘जय भुँडी’ (२०२२)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०