सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आज मेरो जन्मदिन

खासै भन्नु हो भने, अङ्ग्रेजी माध्यम पढ़्ने मेरा दुइ छोराहरूले उनीहरूका जन्मदिनलाई बर्थडे भन्न थालेका दिनदेखि मैले यो बर्थडे बारे जानेको हुँ।

Nepal Telecom ad

कृष्ण प्रधान :

जन्मदिन भन्नु पनि कुरीकुरी लाग्छ। किनभने आज प्रत्येक नेपाली जिब्रामा बर्थडे झुण्डिएको छ। मलाई मेरो जन्मदिन मेरा बुवामुमाले पालन गरेको मलाई कहिल्यै थाहा भएन। यद्यपि ढुङ्गे क्लास पढ़ादेखि दसौं श्रेणी छिचोलिञ्जेल क्लासमा मैले घरबाट लगेको लजेन्सको पाकिट सर-गुरुआमाले क्लासका सम्पूर्ण साथीहरूलाई बाँड़्दै ह्याप्पी बर्थडे… भन्न लाएको पनि थाहा छैन। खासमा भन्नु भने उबेला हामी भुराभुरी छँदा क्लासमा बर्थडे प्रचलन थिएन।

म साधारण निम्नवर्गीय परिवारमा जन्मेकोले हाम्रो घरमा बर्थडे पालन गर्ने चलन थिएन, न कि बर्थडेको दिन कुनै उपहार दिने चलन नै। सायद उबेला उच्चावर्गीय घरका बुवामुमाले आफ्ना लालाबालाको जन्मदिन धुमधामले पालन गरिदिन्थे होलान्।

भन्नु पनि लाज लाग्छ, तर यो वास्तविकता हो। यो बर्थडे भन्ने कुरो मैले मेरो जीवनमा त्यतिबेला मात्र थाहा पाउन सकेँ जब मेरा दुइ छोराहरू यहाँको नामी स्कूलका विद्यार्थी भए। उनीहरुको बर्थडेको दिन बेलुकी नै बजारबाट महङ्गो लजेन्सका पाकिट, विशालाकार बर्थडे केक किनिदिनुपर्ने। छोरोको बर्थडेको निम्ति जतिसक्दो महङ्गो, दामी लजेन्स, बर्थडे केक किनेर स्कूल पठाउने श्रीमतीको अदम्य इच्छा देख्दा म मेरा विचारा बुवामुमाको सम्झना गर्थे अनि मनमनै भन्ने गर्दथेँ, बुवामुमा…मेरो पालामा पनि यस्तै लजेन्स, केक किन्नुपरेको भा तपाईंहरूलाई कति हम्मे हम्मे पर्थ्यो होला।

अनि आज आएर पनि सोँच्छु, अङ्ग्रेजी स्कूलमा सकी नसकी पढ़ाउन इच्छा गर्ने आजका कतिपय गार्जेनहरूलाई लालाबालाको निम्ति अरू गार्जेनभन्दा दामी दामी, महङ्गो लजेन्स बर्थडे केक, बर्थडे केक किन्नुपर्दा कति हम्मे पर्दोहोला। यी कुराहरू नल्याइदिँदा वा भनेजस्तो वा साथीहरूलाई उछिन्नजस्तो चिज नल्याइदिँदा अहिले पासपोर्ट हराएका मिसीबाबाहरू कोहोले मच्चाउँदै रुँदा हुन् वा भोलि स्कूल जाँदिनँ भन्ने घुर्की देखाउँदा हुन्।

तर एउटा कुरो मैले मेरा दुवै छोराहरूको बर्थडे घरमा धुमधामले कहिल्यै पालन गरिनँ… यसको म घोर विरोध थिएँ। नुहाइधुवाई पछि टीको लाइदियो आशीर्वाद दियो अनि सामान्य भेटी। बस्। श्रीमती भने बर्थडे धुमधामले मनाइ भतेर ख्वाउने पक्षमा। म भने उनीहरूका बर्थडेमा खर्च गर्ने रकमजति जम्मै प्रत्येक बर्थडेमा मोटो रकम ब्याङ्कमा थुपारिदिन्थेँ, दिएको छ र पछि उनीहरूले आफ्नो पढ़ाइ सिद्ध्याएपछि उनीहरुको हात पारिदिँदै सानामा बर्थडे नमनाएको कारण बुझ्दा दुवै छोरोले मलाई ट्वाल्ट्वाल्ती हेर्छन्। जान्दिऩँ, आजका हाम्रा आधुनिक अभिभावको लालाबालाको बर्थडेमा भतेर खुवाँछन् कि मैल्यै जस्तो सो खर्च ब्याङ्कमा थुपारिदिन्छन्। मेरा दुवै छोराहरूलाई उबेला नै भन्ने गर्थे. मेरो घरमा तिमीहरूको बर्थडे सेलिब्रेट हुँदैन। भोलिपर्सी आफू सक्षम भएपछि बाहिरै ठूलो रेष्टुरेण्टमा साथीहरूलाई बर्थडे भतेर खुवाउनू। अहिले त्यसै गर्छन् मेरा यी छोराहरू।

जे होस्, आज मेरो जन्मदिन। सबैले भ्यालेण्टाइन डे मै सरको जन्मदिन परेछ भन्छन्। उबेला भ्यालेण्टाइन डे न खेलाइण्टाइन डे। आफ्नू जन्मदिन नै थाहा भए नभए पछि के को बर्थडे ? मेरो जन्मदिन आज १४ फरवरीकै दिन हो भन्ने कुरा साँचो हो। जब मैले साहित्य लेख्न थाले…नवौं श्रेणीदेखि मेरा रचनाहरू विभिन्न पत्र-पत्रिकाहरूतिर भटाभट छापिन थाले। तिनका सम्पादकले मेरो परिचय माग्दा, एकदिन मुमालाई सोधेँ, आमाको मेरो जन्म कितबेला भाको ?

मुमाले भनेकी अद्यावधि मेरो कानमा गुञ्जरहन्छ- तँ बिहान भाले बास्ने बेलामा जन्मको नि। भाले बास्ने ता होनि ठिक टाइम भनी सोध्दा मुमा झोंक्किँदै भन्थिन्, हन भाले बास्ने बेला भनेको बुझ्दैनस् ? एउटै कुरो के साह्रो सोधेको..जा…चूपचाप हातमुख धोएर खाता किताब खोलेर पढ्नु बस् ।

भालेको बासेको समय मेरो चिनामा कसरी लेखियो होला भन्ने प्रश्नले मलाई आज पनि कोपरिरहेको हुन्छ। भाले बास्ने जन्मेका यो बर्थ केटोको चिना पनि भाले बासेकै जस्तो लेखिएको छ भनी म मेरो चिनालाई विश्वास गर्दिनँ। किनभने म मेरो भाग्य आफै निर्माण गर्ने कारीगढ़ हुँ भन्ने धाक छँदैछ मलाई।

म खरसाङ थानाको पश्चिमतिरको अन्तिम फेमिली क्वाटरमा जन्मेको हुँ। धन्य थानाको हाजत (lock-up)भित्र जन्मिनँ रहेनछु। कथङ्कल म खरसाङ थानाको हाजत (lock-up) भित्र जन्मेको हुँदो हो ता श्रीकृष्ण र यो कृष्णको ऱ्याङ्क बराबरी हुनेथ्यो नै। जे होस् श्रीकृष्णले यमुना नदी छेउमा बाँसुरी बजाएर भक्कु गोपिनीहरू थुपार्थे उबेला भने यो कृष्ण पनि के कम्ति र (!) साहित्य उद्यानमा हास्यव्यङ्ग्यको बाँसुरी फुकेर श्रीकृष्णले जस्तै भक्कु गोपिनीहरू थुपार्न नपाए पनि साहित्यका सयौं-सयौं साहित्यिक गोपिनीहरू थुपार्न चाहिँ पक्कै सकेको कुरा घोषणा गर्दछु। तर सन्तोष के मा लाग्छ भने, श्रीकृष्ण हाजत (lock-up) भित्र जन्मेका हुन् भने म चाहिँ थानाको फेमिली क्वाटरमा। हामी दुइमाझ को ठूला हुन् सो आफै अऩुमान लाउनुहोला। म जन्मेँ…आजको दिन…धन्य मेरी मुमा जसले मलाई नौ महिनासम्म आफ्नो गर्भमा राखी मलाई जन्माइन्। मेरी मुमा नहुँदा हुन् ता आज म यहाँ हुने थिइनँ।

आजको दिन मेरा मुमाबुवालाई सम्झिरहेछ।

सादर अर्घ्यसहित उनीहरू दुवैलाई नमन।

पुछारमा, एउटा कुरा चाहिँ भनिहाल्छु, म मेरो जन्मदिन धुमधामले पालन गरेर स्वाङ कहिल्यै पार्दिनँ, त्यो ढर्रा लाग्छ मलाई साँच्चै। मेरो जन्मदिनमा भतेर खुवाउने रकमले भोलि नै भक्कु किताब किन्छु। यो मेरो निर्णय अहिलेको होइन जब बर्थडे पालन गर्नुपर्छ भन्ने ज्ञान मैले पाएँ। खासै भन्नु हो भने, अङ्ग्रेजी माध्यम पढ़्ने मेरा दुइ छोराहरूले उनीहरूका जन्मदिनलाई बर्थडे भन्न थालेका दिनदेखि मैले यो बर्थडे बारे जानेको हुँ। नत्र ता यो बर्थडे भन्ने स्वाङ मलाई कानो गोरुलाई औँसी न पूर्णेजस्तै थियो।

यद्यपि आज मेरो जन्मदिनको निम्ति मलाई शुभकामना, आशीर्वाद व्यक्त गरिदिने मेरो अग्रज र अर्धेलाकन नमनाभिनन्दन।

०००
सिलिगुड़ी (भारत)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चपरी (२)

चपरी (२)

कृष्ण प्रधान
चपरी (१)

चपरी (१)

कृष्ण प्रधान
घुस(२)

घुस(२)

कृष्ण प्रधान
घूस- १

घूस- १

कृष्ण प्रधान
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०