सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्पोन्जबल

अझ उखानमै भन्नुपर्दा “काम सर्‍यो भाडो, आफल तेरो ठाडो” । मेरो मनमा माया लाग्दालाग्दै फुटेको स्पोन्जबल दायाँबायाँ हेरेर बाटोको माथ्लो पाटोमा फालिदिएँ ।

Nepal Telecom ad

अशोककुमार शिवा :

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा स्पोन्जबल केवल एउटा खेलौना मात्रै हो भन्ने बुझ्नु होला । कुरा के भने एकदिन बिहानै देखि टेन्सन शुरु भयो । टेन्सनको खास कारण त्यस दिन एउटा म्युजिक भिडियोको छायाङ्कनको काम हुँदै थियो । म्युजिकमा स्वर भर्ने स्वर बहादुर आफै थिएँ । भनौँ, एक अर्थमा मख्ख थिएँ ।

दिएको समयमा लोकेसनमा पुगियो । श्रृङ्गारपटारको लागि ज्ञानसिपकी श्रृङ्गारकर्ता तयार थिइन् । पात्रपात्रा सबैले पालैपालो श्रृङ्गारपटार गरियो । छायाङ्कनको लागि क्यामेरा, लाइट र अन्य उपकरणले सेट मिलाइयो । करिब मध्येदिनबाट छायाङ्कन शुरु भयो । कथाले मागे अनुसारका सटहरू मोडेलहरूले धमाधम दिन थाले । यस्तैमा डाइरेक्टरले मलाई हेरेर भने, “सर ! स्पोन्जबल चाहियो ।” मैले सोधेँ, “किन र ?” जवाफ आयो “टेन्सन भएको बेलाको दृश्याङ्कन गर्नलाई ।” मेरो दिमागमा हिट गर्‍यो । नजिकैको स्टेशनरी पसलमा गएर एउटा स्पोन्जबल किनेर ल्याए ।

होटलको एउटा रुममा छायाङ्कन धमाधम हुँदै थियो । बेडमा महिला पात्र नशामा अर्धचेतनावस्थामा ढल्किरहेकी थिइन् । पुरुष पात्रको हातमा गुलाबको फूल थियो । पुरुष पात्र घरीघरी महिला पात्रको अनुहार हेरेर त्यसै त्यसै मख्ख पर्दैगर्दा यता म मेरो हातमा भएको स्पोन्जबल दुवै हातले पालैपालो निचोरिरहेको थिएँ । कहिले बच्चा बेलामा खेलेको बल सम्झिँदै थिएँ त कहिले युवावस्थामा मोजा पोको पारेर बनाएको बल सम्झिरहेको थिएँ । अनि कहिले क्रिकेटरले खेलेको बल सम्झेर निचोर्दै थिएँ । कहिलेकाहीँ त नृत्यकार र नृत्याङ्गनालाई समेत सम्झेर निचोर्दै थिएँ । अझ कहिले त नगरकोट, कहिले गौशाला अनि कहिले कास्की र कहिले गैँडाकोट पनि सम्झदै थिएँ ।

छायाङ्कनको पहिलो पहिलो सटहरू करिब सकेर सम्बन्धित स्थानका अन्य क्लिप्सहरूको समेत छायाङ्कन गर्दैगर्दा मैले निचोर्दै बोकेको बलको पालो निक्कै ढिला मात्रै आयो । जब पालो आयो बल फुटेर झण्डै आधा जस्तो भइसकेको रहेछ । डारेक्टरले बल मागे मैले दिएँ । मुख्य पुरुषपात्रले बल हातमा लिएर एकछिन घुमाईफिराई हेरे । सायद डारेक्टरले छोडिदेउ हुन्छ भन्ने इशारा गरे होला बल बारेको प्रतिक्रिया केही आएन । सट पुरा भयो । घुमाईफिराई बल पूनः मेरै हात लाग्यो र मैले पुन अन्जानमा नै निचोर्न थालेँ ।

छायाङ्कनको शुरुको दृश्य खिच्ने बेलामा साँझ परेको थियो । चिसो सिरेटोले गौरीघाट पुरै चिसो भएको थियो तर मेरो हातका पन्जा र औलाहरुले कामको निरन्तरता पाइरहेकोले अन्यत्रै चिसिएता पनि पन्जा र औँलाहरू तातिएकै थिए । उता छायाङ्कनको कामको निरन्तरता सँगै मेरो कामको निरन्तराता पनि चलिरहेकै थियो । अचानक बल धुलो भएको भान भएर यसो हेरेको त बल त चारटुक्रा भैसकेको रहेछ । दिनभरि निचोरिएर अमिलो भएको बल सायद अम्लीय एसिडले नै टुक्रेको हुनुपर्छ ।

छायाङ्कनको काम एकातिर चलिरहेको नै थियो । यता मेरो भने बल फुटेर चिन्ता बढेको थियो । झट्ट डाइरेक्टरतिर फर्केर सोधेँ, “बलको काम अझै छ कि सकियो ?” उनले भने, “सकियो ।” म ढुक्क भएँ । सहायक क्यामेरामेनले मैले गरेको हरकतहरूको घरिघरी निग्रानी गर्दै मुसुमुसु हाँस्दै थियो । अन्तिममा बल चारटुक्रा पारेको देखेर आँखाकै इशाराले मलाई जिस्क्यायो । मैले पनि चारटुक्रा भएको बल देखाएर मिसिक्क हासिदिएँ ।

अब चाहिँ पर्‍यो फसाद । त्यो चारटुक्रा परेको बल के गर्ने होला ? दिनभरि हातका औँलाहरूलाई तन्दुरुस्त राख्न आफू निचोरिएरै त्यत्रो सहयोग गर्‍यो विचरा । धेरैबेर सोचेँ अनि त्यतै कतै फालिदिने निष्कर्ष निकालेँ । आखिर यो चलन त समाजमा जहातहीँ चलिआएकै चलन हो काम चल्यो सकियो । अझ उखानमै भन्नुपर्दा “काम सर्‍यो भाँडो, आफल तेरो ठाँडो” । मेरो मनमा माया लाग्दालाग्दै फुटेको स्पोन्जबल दायाँबायाँ हेरेर बाटोको माथ्लो पाटोमा फालिदिएँ । गौशालाको स्टेशनरीको शोकेसमा गजबले सजिएर बसेको बलको बासस्थान अचानक कतै झाडीमा हुनपुग्यो ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भत्काउन सजिलो छ

भत्काउन सजिलो छ

अशोककुमार शिवा
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
अन्तरद्वन्द्व

अन्तरद्वन्द्व

अशोककुमार शिवा
मृगतृष्णा

मृगतृष्णा

अशोककुमार शिवा
भाउ बढेछ

भाउ बढेछ

अशोककुमार शिवा
याद

याद

अशोककुमार शिवा
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०