साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तेस्रो विश्व !!

उन्मुक्तस्वतन्त्र स्वसार्वभौम उत्कृष्ट आलोकआरोहित उन्मादशान्त शान्तउन्माद सच्चा स्वस्वाभिमान अङ्कित उच्चतम मानवता मिश्रित सर्वोच्च प्राकृतिक संस्थाको उन्नत धरोहर तेस्रो विश्व !!

Nepal Telecom ad

कलानिधि दाहाल :

असरल्ल छन् सडकहरू
छरपस्ट छन् यातायात
-मोटर साइकलहरू
-निजी कारहरू
-ट्याक्सीहरू
-ट्याम्पोट्रलीहरू
-माइक्रो ट्रकहरू
-बस एकतले सामान्य
-बस दुईतले कतै
ट्या!ट्या!!
टिँ ! टिँ !!
प्रदुषित ध्वनिमा
बेजोड गति
प्रतिस्पर्धा शक्तिको
असङ्ख्य बारुदमन
तेस्रो विश्व!
वार्ताअन्तर्वाता
चिच्याहट
बाजाजुजा
दन्तबझान
बेजोड आक्रोशहरू
धनपतिका बेढङ्गे स्वाङ्
मनपतिका गाम्भीर्य
चन्चलाचपलाका ओहोरदोहोर
वनझाँक्रीका कथाहरू
सुस्तालद्दाखका आँसुभित्र
मृत्युका लासहरू
अनेकौँ अष्टबक्रका
वेतलौरी झुकाइ
असचेत आक्रोशको सगरमाथा
कुकुरले पिसाव फेर्दै
तुर्केका सडक बिच्छ्यौना
दिल भाँच्चिएर
ओठ फुकेका
निर्लज्ज नेताका
बहिरा भाषण
मन्दमिठासका
गरिब सभाकक्ष
सर्बत घुलनको
आकर्षक स्वाद
तेस्रो विश्व!
स्वस्फुर्तता
धुवाँ भरिएको आकाश
गिध्दनिशानाका माछा
तारापुञ्ज
इन्द्रेणीवर्षा
तूफानी परिवेश
चितुवानेता चिच्याहट
म्या म्याक्याक्या
मुनेशावक दीन जनता
गाली तथानाम
कर्णविवर नेताश्रवण
उन्मुक्तस्वतन्त्र
स्वसार्वभौम
उत्कृष्ट आलोकआरोहित
उन्मादशान्त
शान्तउन्माद
सच्चा स्वस्वाभिमान अङ्कित
उच्चतम मानवता मिश्रित
सर्वोच्च प्राकृतिक संस्थाको
उन्नत धरोहर
तेस्रो विश्व !!

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x