सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जय दारीको भारी

दारीवालहरूको नाकमा र अनुहारमा कालो पोतिएको हुन्छ । पोतिएको कालो पुछेर गोरो बन्नका लागि समाजमा हरेक प्रकारका काला कर्तुतहरू गर्न, महल, दरवार धाउन , ढोके, हुक्के, चिलिमे बन्न कहिल्यै पछि पर्दैनन् ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

दारी प्राय सबैको हुन्छ । सारी लाउनेहरूको त देखिन्छ । पुरुषहरूको गहनाका रुपमा रहेको यो दारीले कतिपय नारीहरूलाई रुवाएको छ भने कतिपयलाई हँसाएको छ । कतिपयलाई जीवनको सहारा भएको छ । कतिपयको दारीसँग दह्रो नाता गाँसिएको छ । दारी पालाहरू रोगी, जोगी, ढाेँगी, भोगी सबै प्रकारका हुन्छन् । आ आफ्नो स्वार्थकालागि दारी पालेर कतिपयले समाज तर्साएका छन् । कतिपयले समाज हँसाएका छन् । कतिपयले समाज रुवाएका छन् । कतिले समाजलाई अभिसापका रूपमा लिएका छन् । जे होस समाजमा दारीको भारी बोकेर परिक्रमा गर्नेहरूको जमात स सानै भए पनि यसले प्रभाव पारेको कुरालाई नकार्न सकिन्न ।

दारीको भारी नहुने हो भने मानव वास्तवमा शोभा विहीन हुन्छ । दारीले मानवलाई गहनाले झैँ सिगारेको छ । जँुगा र दारी फरक विषय भएकोले ती दुवैका महत्व फरक छन् । यहाँ दारीको चर्चा गरिएकोले दारीको बारीमा भेटिएका र देखिएका कुराहरू केलाउने जमर्को गरेको छु । चित नबुझेमा अदालत जान सक्नु हुन्छ । किनभने अदालतमा काम गर्नेहरूको पनि दारी छ । फरक यति हो कसैको दारीको भारी छ कसैको बिरालाका, मुसाका जुँगा जस्ता छन् भने कसैका गाला र चिउडोमा कोसौ टाढा उम्रेका छन् । घना दारी हुनेहरूलाई भन्दा पातलो दारी हुनेहरूलाई हाई सञ्चो हुन्छ । किनभने न चिलाउने डर न घोच्ने डर न दिनहुँ काटनु पर्ने टेन्सन ।

गाला रूपी बारीमा दारीको घारी पालेर कोही पनि ठूलो मान्छे बन्दैन । यदि कसैले ठूलो मान्छे बन्न दारी पालेको छ वा हो भने त्यो भन्दा मूर्खता अरु केही हुन्न । दारीको महत्व बुझ्नेका लागि ठूलो कुरा हो । नबुझ्नेका लागि केही होइन । केवल अनुहारको कुरूपता मात्र हो । कतिपयको अनुहारलाई दारीको घारीले मकै बारीकै रूपमा विकसित गरेको पाइन्छ । बिउ नरोपिकन उम्रने दारीको बारेमा धेरैले धेरै कुरा लेखेका छन् । जस जसले जे जे लेखे पनि कुरा मान्छेकै दारीको बारेमा गरिन्छ । दारी पाल्ने सबै जोगी हुदैनन्, कसैले सोखका लागि दारी पालेका हुन्छन् भने कसैले एउटा प्रतिज्ञाका साथ उद्देश्य पुरा भएपछि काट्ने हिसाव किताबले पालेका हुन्छन् । अर्थात् दारीसँग मानिसको एउटा उद्देश्य गाँसिएको हुन्छ । जुन उद्देश्यले मानिसको स्वार्थ पुरा गराउँछ । भन्नै पर्दा दारी मानवीय स्वार्थको पोको पनि हो । बेला मौकामा दारीले मानिसलाई बचाउँछ पनि र फसाउँछ पनि । दारीकै कारण धेरै सारीको बिजोग भएको पनि हामीले सुनेका छौँ, देखेका छौँ, भोगेका छौँ । कतिपय असली दारीवालाहरूले सारी लाएर जीवन यापन समेत गरिरहेका छन् । पहिले सारीदेखि डराउने पछि आएर सारीको महत्व बुझेर त होलानी खोजी गर्न थाले दारीवालहरूले ।

दारीको इतिहासका बारेमा कुरा गर्ने हो भने जङ्गली युगतिर फर्कनु पर्दछ । अहिले सञ्चार प्रविधिको युगमा आएर हामी जङ्गली युगतिर फर्कनु भनेको शून्यतामा रमाउनु हो । जङ्गली युगमा दारी र सारी सराबरी रूपमा रहन्थे र तर अहिले आएर त्यो समय छैन । त्यतिबेलाको दारी फोहरी हुन्थ्यो भने अहिलेको दारी सफा, सुकिलो, डिजाइन गरेर काटिएको हुन्छ । लेलिनकट, फ्रेन्चकट, बोके कट, खसी कट, मुसेकट, बिराले कट, भेडेकट लगायतका धेरै प्रकारका कटहरूको सक्कल बमोजिमको नक्कल ठीक छ भनि दारीको प्रतिलिपि प्रमाणित गरिएको हुन्छ । नेतादेखि जोगी, रोगी, भोगी, ढोगी सबै खालेले पाल्ने दारीको महत्व फरक फरक हुन्छ । किनकि जव ब्यक्तित्व नै फरक भएपछि महत्व फरक हुनु स्वभाविक नै हो । कस्को दारी कस्तो प्रकारको छ भन्दा पनि दारीको आकार प्रकार र सौन्दर्यता कस्तो छ सो अनुरुप दारीवालको सौन्दर्य झल्कन्छ । अर्थात् आफ्नो दारी कस्तो बनाएर राख्ने हो सो कुरा सम्बन्धित दारीवालमा भर पर्ने कुरा हो । रहरले दारीको भारी बोक्नेहरू सहर पसे भने लाटो देशका गाँडो तन्नेरी बन्छन् कि त चतुरानन्द बनेर आफ्नो दारीको बेइज्जत गर्न आफैँ लागि परेका हुन्छन् । समयलाई नबुझेर भनौँ वा नजानेर भनौँ दारीवालहरूलाई धेरैले नकारात्मक सोच बनाएर हेर्ने गरेको पाइन्छ ।

दारी र सारी दुवै एक अर्काका परिपुरक हुन । दारीलाई सारी चाहिन्छ, सारीलाई पनि दारी चाहिन्छ । देखाउने दारीको चाल ढाल र पाल्ने दारीको चाल ढाल फरक हुन्छ । कतिपय दारीले कतिको हत्या गरेको छ, कतिपय दारी आफैँले आत्महत्या गरेका छन् । सारीका कारण र दारीका कारण सम्बन्ध बिच्छेद गर्नेहरूको संख्या पनि कम छैन । जे जे भए पनि दारी भनेको पुरुषको गहना हो, यसले पुरुषको पुरुषोत्वलाई चिन्हाउन मद्दत गर्छ । दारी नहुने पुरुष पनि हुन्छन् तर उनीहरूको दारी नभए पनि पुरुषोत्व चाहि शसक्त रूपमा पाइन्छ ।

दारीको जमाना अहिले छैन । तर जमाना नभए पनि दारीले रमाना लिन भने सकेका छैनन् । दारीलाई रमाना लिन लगाउनु भनेको दारीका बिरुद्ध लाग्नु हो । दारीको भारी बोकेर हिडनेहरूले रमानाको होइन जमानाको कुरा गर्दछन् । दारीको जमाना कुनै समयमा थियो । केहीका लागि अहिले पनि छ । तर त्यसको दुरुपयोग भएको छ । सदुपयोग भएको भए दारी वालाहरूले यो मुलूकको मुहार फेरी दिन्थे होलान् । आफूलाई दारीको मालिक भनौँ वा खबरदारी गर्नेहरूको नेताका रूपमा उभ्याउने दारीवालहरूले नैतिकताका कुरामा भने आफूलाई चुकाएका छन्् । दारीको आडमा अर्काको ढाड टेकेर, जाल फ्याकेर, निर्धाहरूलाई ङ्याकेर सोझा साझा र निर्दोषहरूलाई जाकेर दारीको भारी बोकेर हिडनेहरूले नैतिकता बिर्सेका छन् । कतिपयले त चिउडोमा नभएको दारीलाई बजारबाट खरिद गरेर पनि चिउडोमा टासेर सक्कली रूपलाई कुरुप पारेका छन् ।

दारी सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक सबै खाले छन् । तर राजनीतिक दारीले समाजमा जरो गाडेर बसेका कारण दारीले जमाना अनुसारको काम गर्न नसकेको बुझिन्छ । काम गर्ने दारीको चालढाल नै अर्कै हुन्छ । बसी खाने, ठगी खाने, डुली खाने, गरी खाने दारीवालहरूले समाजलाई भाँडेका छन् । अर्थात् दारीवालहरू समाज भडुवाहरू हुन् । सबै दारीवालहरूलाई समाज भडुवा भन्न मिल्दैन । तर जुन जोगी आए पनि कानै चिरिएको भनेझै एउटाका कारण अरुलाई पनि कुनै बिगार नगरेको अवस्थामासमेत दोष थोपर्ने परम्परा परम्परादेखि नै चलिआएको सबैलाई थाहै छ ।

दारीको भारी बोकेर कोही विश्व भ्रमण गर्छन त कोही आफ्नै गाउँ पनि भ्रमण गर्न सकेका छैनन् । कोही दारीको भरमा पेट पालेर बसेका छन् । कोही दारीको सेट मिलाएर सारीसँग बसेका छन् । कोही दारीको रेट खोजेर बसेका छन् । कोही दारी काटने पैसा नभएर दारीवाल भएका छन् । कोही श्रीमतीसँग दारी काटन पैसा मागेर दारी काट्नुको सट्टा दारु खाएर आउँछन् । भनौ दारीको चरित्र बिचित्रको छ । यो बिचित्रको चरित्रभित्र धेरै कुरा लुकेको छ । खोजी नीति गर्ने हो भने ठूला ठूला अपराधहरू फेला पर्न सक्छन् । यी अपराधहरू मध्ये कतिपयलाई दारीले सारी लाइदिएको छ । अपराध सारीभित्र पसेपछि अरुले देख्ने कुरै भएन ।

समाजको अभिसापको रूपमा रहेको मठ मन्दिरको दारी र राजनीतिक, सामाजिक दारीको परिभाषा फरक छ । दारीको गुण अवगुणका बारेमा कुरा गर्ने हो भने गुणभन्दा अबगुण नै बढी पाइन्छ । ती अवगुणहरूलाई केलाउने हो भने दारीको भारी बोकेर सारी पछ्याउदै हिडनेहरू हुन वा दारी पालेर जोगीको रूपमा भोगी बनेर ढोगी बिचार पाल्नेहरू हुन सबै आफैले खनेको कालो र गहिरो खाल्डोमा जीवन गुजार्न बाध्य हुन्छन् । शुद्ध जोगीको दारीले सारी लाउदैन । बाँकी दारीवालहरू आफ्ना दारीको भारीसँगैे सारीको भारी बोकेर हिँड्छन् । दारीवालहरूको नाकमा र अनुहारमा कालो पोतिएको हुन्छ । पोतिएको कालो पुछेर गोरो बन्नका लागि समाजमा हरेक प्रकारका काला कर्तुतहरू गर्न, महल, दरवार धाउन , ढोके, हुक्के, चिलिमे बन्न कहिल्यै पछि पर्दैनन् । अर्थात जो चोर उसैको ठूलो स्वर भन्ने उखानलाई पनि दारीवालहरूले पुष्ट्याई गरेका छन् । अहिलेको जमानामा दारीको भारी बोकेर हिडने मान्छे भनेको समाजकै निम्ति भारी भएकोले दारी खौरन लाएर चोख्याउँदा पनि बिटुलै हुन्छन् ।

०००
‘भ्रष्टपति’ (२०७९)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे
जोकतन्त्रका जोकरहरू

जोकतन्त्रका जोकरहरू

माधव पोखरेल गोज्याङ्ग्रे
उल्लु दिवस

उल्लु दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
झुसे दाह्रीको श्याम कहानी

झुसे दाह्रीको श्याम कहानी

माधव पोखरेल गोज्याङ्ग्रे
आलु नफल्ने ठालुको तालु

आलु नफल्ने ठालुको तालु

माधव पोखरेल गोज्याङ्ग्रे
विदेशिएको पोइलाई मुसीमायाको लभ लेटर

विदेशिएको पोइलाई मुसीमायाको लभ...

माधव पोखरेल गोज्याङ्ग्रे
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०