सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छानबिन आयोग

सबै खाएका, मासेका, बिगारेका, भत्केका, चोरेका, हडपेका आदि सबै कामकुराहरूलाई सबै राम्रो असल बनाउने सशक्त औषधि भनेको नै छानबिन आयोग हो ।

Nepal Telecom ad

गायत्री लम्साल

बच्चाको पेट दुख्यो छानबिन आयोग, सडकमा गाडी नाच्यो छानबिन आयोग, श्रीमान् भनौँ वा ब्याइफ्रेण्ड विदेशमा भएको बेला श्रीमती र गल्र्स फ्रेण्डको पेटमा भु्रण छिर्यो छानविन आयोग, कसैले कपडा लामो लगायो छानविन आयोग, कसैले छोटो लगायो, छानविन आयोग । अचम्मकै छ यो हाइब्रिड छानबिन आयोग । सबैलाई चाहिने, जसले जतिबेला पनि खोज्यो भने तुरुन्तै पाइने अमूल्यमा अमूल्य, सस्तोमा निकै सस्तो अद्भुतको चिज हो यो छानबिन आयोग । दरबार हत्याकाण्डमा गन पड्कदा होस् कि सुनसान ठाउँमा बम पड्कदा होस् जन्मिहाल्छ छानबिन आयोग ।

बिरालोले दुःध चोर्यो छानबिन आयोग, सुनारले सुन चोर्‍यो छानबिन आयोग । बच्चा सात महिनामा जन्मोस् कि एघार महिना कटेपछि जन्मियोस् त्यसमा पनि फैसला गर्ने मूल यन्त्र भनेको, मूल मन्त्र भनेको छानविन आयोग नै हो । मुसामुसीको झगडा परोस् कि पिरिम परोस्, कर्मचारीले घुस खाओस् कि घुसले कर्मचारी खाओस्, कसैले कसैको घरको चापी फोरोस् कि सडकमा फालिएका कन्टेनरका सामान चोरोस् दुवैमा उत्तिकै महत्व बोक्छ बाबै यो जादूगरी छानबिन आयोगले ।

सरकार हामीलाई भोक लाग्यो एकथरिले भन्छ, अर्कोले भन्छ पख साँच्चै भोक लागेको हो कि होइन हामीले छानबिन आयोग गठन गर्छौँ । गाउँमा आगो लाग्छ सबै आत्तिएर हार गुहार गर्न थाल्छन्, अनि त्यसमा औपचारिताका ठूला मान्छे पुग्छन् र भन्न थाल्छन् नआत्तिएर बस यो आगो कसरी लाग्यो र यसले कति नष्ट गर्‍यो भन्ने कुरा हामीले छानबिन गरे पछि मात्रै भनौला । हावाहुरीले रुख लडेर मानिसलाई अठ्याउँछ । हामी ठूला मान्छे त्यहाँ पुग्छौ र भन्छौ त्यति धेरै नआत्तिकन बस यो रुख किन ढल्यो छानबिन आयोग गठन गरेर रिपोर्ट आएपछि तिमीलहरूलाई हामीले तुरुन्तै उद्दार गछौँ ।

जुनसुकै राजनीति दलको जतिसुकै मतको सरकार भए पनि सबैले उदार रुपमा नेपालमा गरेको प्रगति भनेको नै छानबिन आयोगमा भएको प्रगति हो । जो सुकैलाई जे सुकै चाहिएको होओस् सरकारले सजिलै पुर्‍याउने अचुक औषधि भनेको नै छानविन आयोग हो । छानविन आयोगले वर्षौँवर्ष लाएर गर्ने तात्तातो काम हो । विकट दूर दराजका गाउँहरूमा सिटामोल नपुगेर केही पीर नमान्नुहोस् महाशय अक्सिजन पुग्न र पुर्‍याउन नसकिने ठाउँमा पनि हाम्रो सरकारले छानबिन आयोग सजिलै पुर्‍याइदिन्छ । झाडापखाला लागेर जाजरकोटमा गाउँ नै सखाप होस् कि डुवानमा परेर तराईमा हाहाकार होओस् सरकारले तात्तातै गर्ने महत्वपूणर् उपलब्धिको काम भनेको छानबिन आयोग हो ।

जतिबेला अनि जस्तोसुकै ठाउँमा पनि जन्मन सक्छ छानबिन आयोग । बच्चाको बोली तोते भए पनि, बढ्दो उमेरका केटाहरूको स्वर धोन्द्रो भए पनि सजिलै सोचिने विषयवस्तु भनेको छानबिन आयोग नै हो । वर्षादमा पानी परोस् कि हिउँदा सुख्खा खडेरी, वर्षादमा गर्मी होओस् कि हिउँदमा जाडो सरकारले सबैलाई पुर्‍याउने अचुक औषधी भनौ कि सजिलै सबैलाई एकै पटक दिनमिल्ने विकास भनेको छानविन विकास नै हो । छानबिनको औषधिले छर्केपछि भष्ट्र पनि सज्जन हुन्छ । ज्यानमारा पनि साधु हुन्छ । एवंरीतले नकारात्मक शब्द नै सकारात्मक हुन्छ । हो साच्ची यस्तो कमालको आयोग नहुँदो हो त अख्तियारका उजुरीहरूदेखि लिएर अन्य सार्वजनिक उजुरीहरूको फाइल राख्दा राख्दा अन्तरराष्ट्रिय लाइब्रेरी भन्दा पनि बढी ठूलो भई गिनिज बुकमा लेखाउने अवसर मिल्थ्यो होला । हरेक कुरामा सकारात्मक दृष्ट्रिकोण राख्नुपर्छ भन्ने हुन्छ । त्यही भएर होला जे सुकैको छानबिन जो सुकैले गर्दा पनि नजिता सकारात्मक नै आउने गरेको छ । जस्तोसुकै जटिल अबस्थामा पनि सबैले सजिलै गर्ने काम भनेको छानबिन नै हो ।

छानबिन गर्ने लत बसेपछि मानिस यति सकारात्मक हुँदोरहेछ कि भन्ने कुरा मलाई मात्र होइन तपाइँहरूले पनि पक्कै जान्नु भएको छ । केही दिन अगाडि म जस्तो काइतेलाई पनि एक ठाउँमा छानबिनको लागि पठाइहाले । बल्ल बल्ल समय निकालेर विषय वस्तुमाथि हाम्रो टिमले व्यापक छानबिन गर्‍यो । भेट्नु पर्नेलाई भेट्यो, सोध्नु पर्नेलाई सोध्यो चाहिले कागजात सबै लिएर एउटा निकै गुणस्तरीय प्रतिवेदन पनि तयार पारियो । पहिलो पटक छानबिनमा खटिएका हामीहरूले जे- जे देखियो त्यही त्यही लेखियो । सकारात्मक र नकारात्मक पाटाहरू उजागर गरिएको थियो प्रतिवेदनमा । पछि सम्बन्धित ठाउँमा प्रतिवेदन बुझाउने बेलामा मात्र बुझियो कि त्यो प्रतिवेदनमा खै कसले कहाँबाट हो निकै कुरा घटेका र बढेका भेटियो । हामी काँचाकचिला छानबिन टोलीकालाई प्रतिवेदन बनाउँदा अपनाउनुपर्ने विशेष सूत्र थाहा रहेनछ । जे जस्तो भएता पनि गल्ती गर्नेलाई राम्रो र असल भनेर लेख्नुपर्ने विशेष सूत्र हामी विचरालाई बल्ल थाहा भयो ।

निकै गुणले भरिपूणर् हुन्छ यो छानबिन भन्ने औषधी । सबै बिग्रेको र बिगारेको कुरा छानबिन पछि एकाएक सप्रिन्छ । सबै खाएका, मासेका, बिगारेका, भत्केका, चोरेका, हडपेका आदि सबै कामकुराहरूलाई सबै राम्रो असल बनाउने सशक्त औषधि भनेको नै छानबिन आयोग हो, छानबिन प्रविधि हो, छानबिन प्रतिवेदन हो । यस्तो सर्वगुण सम्पन्न छानबिन प्रविधिलाई हामी सबैले सिक्नुपर्छ । सबै मिलेर सिङ्गो मुलुकलाई छानबिनयुक्त बनाउन सहयोग गर्नुपर्छ । कसैले गर्न नसक्ने विकास, कसैले गर्न नसक्ने निकास छानबिनले गर्नसक्ने भए पछि यसको गुणगान सबैतिर गर्न हामी किन पछि पर्ने ?

सबैलाई उचित न्याय गर्ने छानबिन प्रविधि नहुँदो हो त, हरेक कामकुरामा सजिलै गठन हुने छानबिन समिति नहुँदो हो त विचरा यो देशमा चोरहरूको संख्या कति बढ्दो हो, फटाहा डाकाँहरूको संख्या कति बढ्थ्यो होला, ज्यानमारा र फौजदारी अपराधले कैदमा जानुपर्ने सजाय पाएका कैदीहरूको संख्या कति धेरै हुन्थ्यो होला । यस्तो भएपछि अन्य समस्याहरू अझ कति थपिन्थ्यो होला ? चोरलाई चोर भन्न पाएपछि, फटाहालाई फटाहा भन्न पाएपछि, खराब नैतिक चरित्र भएकालाई खराब अगतिला भन्न पाएपछि साँच्चै गतिलाहरूलाई पनि असल भन्न पाउँदा कति ठूलो समस्या निम्तिन्थ्यो होला है ? ठूलाबडा मान्छेहरू सबै जेलमा हुन्थेहोला,असल चरित्रमा सबै ठूला मान्छे हुन्थे होला, नेता, मन्त्री र प्रधानमन्त्री भएर मुलुकको विकास गर्दा ती जेलमा भएका कैदीहरूको मन कति दुख्दो हो, तन कति दुख्दो हो ।

हे सबैका दाता कहिँ नभएको काम गर्ने शक्ति नेपालमा र नेपालीहरूलाई कसरी सिकायौ ? यसमा तिमीलाई निकै ठूलो धन्यवाद छ है । यो छानबिन प्रविधिले सँधैभरि खराब काम गर्नेलाई असल भनेर चिनाउने कस्तो राम्रो अवसर प्रदान गर्‍यौ । एक्काइसौ शताब्दिमा पनि सधैँ असल काममा, असल चरित्रमा बस्न रुचाउनेहरू तिमीहरूको होस, बुद्धि कहिल्ये खुल्छ खै ? जिन्दगीभरि हाडछाला घोटेर खै तिमीहरूलाई कसले चिन्यो, कसले चिनाउन सक्यो ? उल्टै अरुले गल्ति गर्दा पनि सजाय तिमीहरूले नै पाउने गरेका छौ । खै तिमीहरूले समयालाई चिन्न सकेका ? खै तिमीहरूले समयलाई किन्न सकेको ? आलु किन्न मृगौला बेच्नेहरूको अस्तित्व आउँछ भन्ने कुरा कहिल्यै नसोच प्रिय, यहाँ त आफू र आफ्नालाई राम्रो गाडि किन्नको लागि देश नै बेच्न खोज्नेहरूलाई नै राष्ट्रप्रेमीको रुपमा पुजिन्छन् ।

फलोस्, फुलोस् छानबिन आयोग । सबैलाई असल बनाउने, सबैलाई सज्जन बनाउने, सबैलाई सकारात्मक बनाएर विकासका फलैफलले सबैको टाउकोमा टुटुल्को निकाल्ने अत्याधुनिक छानबिन प्रविधिमा कुनै पनि प्रकारको सुधारको आवश्यकता नै छैन । सबैले यसलाई प्रयोग गर्नु आवश्यक छ । कसैले शंका नमान्नुहोला, कसैले दुविधा नमान्नुहोला । यो समय भनेको छानबिन गर्ने समय हो । कसैलाई आफूलाई उचित नलागेको ठाउँमा रहेको बेला दिसापिसाव लाग्यो भने खबरदार कसैले पनि छानबिन प्रविधिले प्रतिवेदन नलेखेसम्म नगर्नुहोला । छानविन नगरीकन आएका कुराहरू, नतिजाहरू, परिमाणहरू, परिणामहरू सबै खराब हुनसक्छन्, सबै काम नलाग्ने हुन सक्छन्, सबैका लागि घातक हुनसक्छन् । त्यसैले सबैले एकस्वरमा उच्चारण गरौँ त जय छानविन प्रविधि, जय छानबिन आयोग, जय छानबिन प्रतिवेदन जय जय जय ।

स्याङ्जा, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
नयाँ वर्षको शुभकामना

नयाँ वर्षको शुभकामना

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना !

जन्मदिनको शुभकामना !

गायत्री परिरोशनी
तीन ठोक्तक

तीन ठोक्तक

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
ज्युनार गोष्ठी !

ज्युनार गोष्ठी !

गायत्री परिरोशनी
कुरा काट्नुको मज्जा !

कुरा काट्नुको मज्जा !

गायत्री परिरोशनी
सहकारी खेती

सहकारी खेती

गायत्री परिरोशनी
सिंहदरबार माने बाघदरबार

सिंहदरबार माने बाघदरबार

गायत्री परिरोशनी