साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरण्यदेशे चुनावाेअध्याय

त्यस उपरान्त अरण्य देशको नाइके चुनाबद्वारा निर्वाचित हुन थाल्यो । अरण्य देशको विधान अनुसार बहुमत कसैको पुग्दैनथ्यो । अनि नीलवर्णीहरू गठबन्धन गर्थे । स्याल प्रजाति चतुर थियो । कहिले बाघको र कहिले चितुवाको पछि लाग्थ्यो ।

Nepal Telecom ad

वाचकजी आज्ञा गर्नु हुन्छ, हे पीडित हो यो अरण्य देशको कथा हो ।

कुनै समय थियो, अरण्य देशमा शेर राजा हुने गर्दथ्याे । बाघ प्रधानमन्त्री, चितुवाहरू मन्त्री, ब्वाँसाहरू राज्यमन्त्री र हुँडारहरू सहायकमन्त्री हुन्थे । जति चित्त दुखे पनि स्यालहरू विभाग वा आयोगका प्रमुखमा चित्त बुझाउँथे । सबैले आआफ्नो औकात अनुसारका शाकाहारी प्राणीको शिकार गर्थे । खान्थे र रमाउँथे ।

अकस्मात अरण्य देशमा एउटा गजबको घटना घट्यो । देख्दा ठ्याक्कै स्यालजस्तो तर नीलो वर्णकाे एउटा प्राणीले शेरको तानाशाही बिरुद्ध ब्वाँसा, हुँडार र स्यालहरूलाई उक्स्याउन थाल्यो । आखिर यत्रो जङ्गलराजमा तिम्रो के छ र ? सिंह र बाघले नतुरेर छोडेको सिनो लुछ्ने त हौ तिमीहरू । म विदेशबाट प्रशिक्षित तथा नश्ल सुधारिएको तिमीहरूकै सगोत्री हुँ । मलाई विश्वास गर र साथ देऊ । अरण्यदेश तिमीहरूको मुठ्ठीमा हुनेछ ।

भद्र सहमति भएको मध्यराति कुनै डाँडामा नीलो स्यालले हुइँया गर्दै आन्दोलनको घोषणा गर्‍यो । स्याल हुइँया फैलिँदै फैलिँदै अरण्य देशब्यापि भयो । बाघले सोंच्यो सिंहलाई धपाउन सके अरण्य देशको मालिक आफू हुनेछ । चितुवाले सोंच्यो उ, प्रधानमन्त्री हुनेछ । ब्वाँसा र हुँडारले पनि पदोन्नति सोंचे र नीलो आन्दोलनमा गोलवद्ध भए ।

बुढो शेर चुपचाप गुफा पस्यो ।

आन्दोलनकारीको महासम्मेलनले अरण्य गणतन्त्रको घोषण गर्‍यो र नीलो मसीले गणतान्त्रिक विधान लेख्यो ।

त्यस उपरान्त अरण्य देशको नाइके चुनावद्वारा निर्वाचित हुन थाल्यो ।

अरण्य देशको विधान अनुसार बहुमत कसैको पुग्दैनथ्यो । अनि नीलवर्णीहरू गठबन्धन गर्थे । स्याल प्रजाति चतुर थियो । कहिले बाघको र कहिले चितुवाको पछि लाग्थ्यो ।

चुनाव आउँथ्यो । मांशाहारी प्रजातिहरू दुई तीन गुटमा गठबन्धन गर्थे र सरकार चलाउँथे । चलाइरहेका छन् ।

विधान अनुसार अब फेरि पनि चुनाव हुनेछ ।

मांशाहारी प्रजातिहरूको फेरि पनि गठबन्धन हुनेछ । अघिल्ला चुनावहरूमा जस्तै शाकाहारी प्रजातिका मृग, हरिण, जरायो र खरायोहरू तिनै मांशाहारी मध्ये कुनैलाई भोट हाल्नेछन् र पहिलेजस्तै मांशाहारीको आहारा बनिरहने छन् ।

इतिश्री अरण्यदेशे चुनावाेअध्याय । कथा बाचकले कथा टुङ्ग्याउँदो भयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x