सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पुच्छरले हल्लाएका मान्छेहरू

बजारमा पुच्छर भएको मान्छेको राम्रो भाउ थियो, पुच्छर नभएकाहरू भने बिक्री हुँदैनथे । त्यसैले पुच्छर नभएकाहरू पनि पुच्छर उमार्ने दौडाहामा थिए ।

Nepal Telecom ad

उसका पार्टीका कार्यकर्ता उसलाई नेता मात्र देख्दैनथे, राजनेता नै देख्थे ।

उसका पार्टीका कार्यकर्ता जस्तै अर्को पार्टीका कार्यकर्ता पनि आफ्नो पार्टीको नेतालाई विशुद्ध नेता मात्र होइन, प्रजातन्त्राको पर्यायवाची नै ठान्थे ।

राजनीतिक बजारमा विशुद्ध नेता कोही थिएनन् । राजनेता, प्रजातन्त्रवादी नेता, राष्ट्रवादी नेता, दलित नेता, महिला नेतृ, विकासवादी नेता, जनजाति नेता, त्यागी नेता आदि प्रसस्तै विशेषणधारी नेता मात्र थिए । हरेक नेताको एउटा न एउटा पुच्छर झुन्डिएको थियो ।

राजनीतिक बजारको पुच्छर आतंकले अन्य क्षेत्रलाई पनि गाजेको थियो । महान चित्रकार, महान कलाकार, प्रशिद्ध समाजसेवी, समाजवादी चिन्तक, राष्ट्रिय खेलाडी, वरिष्ठ पत्रकार, युवा कवि, बालप्रतिभा जस्ता पुच्छरधारीहरू बग्रेल्ती थिए । तर पुच्छर नभएका मान्छे भने बजारमा कमै थिए ।

बजारमा पुच्छर भएको मान्छेको राम्रो भाउ थियो, पुच्छर नभएकाहरू भने बिक्री हुँदैनथे । त्यसैले पुच्छर नभएकाहरू पनि पुच्छर उमार्ने दौडाहामा थिए ।

कारण प्रष्ट थियो- मान्छेले पुच्छर हल्लाउने युग समाप्त भएर पुच्छरले मान्छेलाई हल्लाउने युगको सुरुवात भैसकेको थियो ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
मन्त्री-नैतिकता संवादे !

मन्त्री-नैतिकता संवादे !

डा. टीकाराम पोखरेल
स्ट्यान्डर्ड चोर !

स्ट्यान्डर्ड चोर !

डा. टीकाराम पोखरेल
मालदार क्रान्ति

मालदार क्रान्ति

डा. टीकाराम पोखरेल
म मान्छे रहिँन

म मान्छे रहिँन

डा. टीकाराम पोखरेल
अल्छीका अधिकार

अल्छीका अधिकार

डा. टीकाराम पोखरेल
रेलयात्रा

रेलयात्रा

शरद जाेशी
पैसा ! पैसैपैसा !!

पैसा ! पैसैपैसा !!

डा. सुकराज राई
गाँस

गाँस

ढाकामाेहन बराल
भोक माफिया

भोक माफिया

डा. विदुर चालिसे
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी