साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुच्छरले हल्लाएका मान्छेहरू

बजारमा पुच्छर भएको मान्छेको राम्रो भाउ थियो, पुच्छर नभएकाहरू भने बिक्री हुँदैनथे । त्यसैले पुच्छर नभएकाहरू पनि पुच्छर उमार्ने दौडाहामा थिए ।

Nepal Telecom ad

उसका पार्टीका कार्यकर्ता उसलाई नेता मात्र देख्दैनथे, राजनेता नै देख्थे ।

उसका पार्टीका कार्यकर्ता जस्तै अर्को पार्टीका कार्यकर्ता पनि आफ्नो पार्टीको नेतालाई विशुद्ध नेता मात्र होइन, प्रजातन्त्राको पर्यायवाची नै ठान्थे ।

राजनीतिक बजारमा विशुद्ध नेता कोही थिएनन् । राजनेता, प्रजातन्त्रवादी नेता, राष्ट्रवादी नेता, दलित नेता, महिला नेतृ, विकासवादी नेता, जनजाति नेता, त्यागी नेता आदि प्रसस्तै विशेषणधारी नेता मात्र थिए । हरेक नेताको एउटा न एउटा पुच्छर झुन्डिएको थियो ।

राजनीतिक बजारको पुच्छर आतंकले अन्य क्षेत्रलाई पनि गाजेको थियो । महान चित्रकार, महान कलाकार, प्रशिद्ध समाजसेवी, समाजवादी चिन्तक, राष्ट्रिय खेलाडी, वरिष्ठ पत्रकार, युवा कवि, बालप्रतिभा जस्ता पुच्छरधारीहरू बग्रेल्ती थिए । तर पुच्छर नभएका मान्छे भने बजारमा कमै थिए ।

बजारमा पुच्छर भएको मान्छेको राम्रो भाउ थियो, पुच्छर नभएकाहरू भने बिक्री हुँदैनथे । त्यसैले पुच्छर नभएकाहरू पनि पुच्छर उमार्ने दौडाहामा थिए ।

कारण प्रष्ट थियो- मान्छेले पुच्छर हल्लाउने युग समाप्त भएर पुच्छरले मान्छेलाई हल्लाउने युगको सुरुवात भैसकेको थियो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x