सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भुत्रो/भुत्रैसित

नसकेपछि भुत्रैसित भन्दै पन्छिने । यसैले त भुत्रोले संसारलाई के गर्नु ? के नगर्नु ? पारेको छ । न खानु न ओकल्नु तुल्याएको छ । न बस्नु न उठ्नुको परिस्थिति सिर्जना गराएको छ ।

Nepal Telecom ad

भुत्रो न यत्रोको पर्यायवाची हो न त्यत्रोको । न जत्रोको पर्यायवाची हो न कत्रोको । त्यसैले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भनेझैं भुत्रोको पर्यायवाची पनि भुत्रो नै हो । निन्दार्थमा यदाकदा भुत्रोलाई यत्रो भत्रे अनुमति नेपाली बृहत् शब्दकोसले दिए पनि त्यो यत्रोले पाठक, वक्ता वा दर्शकलाई अलि कमसल खालको अर्थतिर डोर्‍याउँछ । यत्रो भन्दा महिला वा मर्दाना जोसुकै वक्ता भए पनि उसका मुख सँगसँगै भएजति हात पनि एकसाथ बोल्छन् । बोलाइलाई अझ सार्थक र प्रभावकारी बनाउन वक्ताका दुवै हात लाजै नमानी साबिक ठाउँबाट ओरालो झर्छन् र बीचमै अड्किन्छन् । यसले बोलाइ ठीक भए पनि अर्थ निम्छरो दिन्छ । यस्तो भनाभनले अझ उग्र रूप लिँदै गयो भने त बीचको पर्दा समेत हटेर दर्शकलाई आँखा चिम्लन बाध्य गराउने परिस्थिति समेत सिर्जना हुन पुग्छ । त्यसैले यतातिर अहिले नलागौँ ।

‘भुत्रैसित’ भत्रु र ‘भुत्रो खा’ वा भुत्रै भए पनि अलिक आदरार्थी भावमा ‘भुत्रो खाऊ’ भन्नु उत्तिकै उपेक्षाभावले भरिएका वाणी हुन् । यी सबैले केही न केही अर्थात् फुस्सा भत्रे अर्थ दिन्छन् । अर्थ जे जस्तो दिए पनि यिनले वक्ताको रिसको पारो केही क्षण तल ओराल्छन् र स्रोताको रिसको पारोलाई ह्वात्तै उकालो चढाइदिन्छन् । रिसको पारो एकआपसमा ओरालिने र उकालिने क्रियाले थप केहीबेर निरन्तरता पायो भने एकै छिनमा वक्ताका खल्ती सुक्ने र डाक्टरका खल्ती फुक्ने कर्म हुन बेर लाग्दैन । लौ हेर्नुस् ! एउटा सामान्य भुत्रोको परिआउँदा कत्रो शक्ति हुँदोरहेछ आफैं विचार गर्नुस् ।

उस्तै परे भुत्रैसितले कन्डैसित/कन्ढैसित भत्रे अर्थ पनि दिन्छ । हाम्रा आदिकवि भानुभक्त आचार्यले चालीस वर्षका उमेरमा आफू जेल परिरहँदा आफ्नो एउटै मात्र आठ वर्षीय छोराको व्रतबन्ध गर्नका लागि जेलबाट छुट्कारा पाउन तत्कालीन राणा शासक समक्ष कवितामा गरेको आग्रहमा भुत्रैसितको अर्थ दिने गरी व्यङ्ग्यात्मक शैलीमा प्रयोग गरिएको कन्ढैसित/कन्डैसित शब्दलाई जहाँ जतिखेर जसले पनि पढ्न सक्ने गरी कति राम्रोसँग सजाइएको छ—

“ख्वामित् आज हजुर्हरू पृथिविमा मालिक छँदामा पनि,
ब्राह्मणको व्रतबन्ध अड्कन तयार देख्याँ र मालिक् भनी ।
जाहीरात गर्‍याँ प्रभू चरणमा जो मर्जि होला भनी,
कन्ढैसित् भनी मर्जी हुन्छ त भन्या क्यारू सहन्छु पनी ।।”
– आदिकवि भानुभक्त आचार्य

ल ! हेर्नुस्, कन्ढैसित्/कण्डैसित शब्दलाई कति मार्मिक, कति चोटिलो र कति चटक्क सुहाउने गरी प्रयोग गरेका छन् हाम्रा आदिकवि भानुभक्त बाजेले । भुत्रैसितको अर्थ दिने यस कन्ढैसित शब्दले राणा शासकको टाउकोमा शालीन ढङ्गले व्यङ्ग्यवाणको लौरो ट्वाक्क बजारेको छ । कुरा उहिलेका शालीन र भद्र भानुभक्तका जमानाको मात्र होइन, अहिलेका दुर्जन र नकच्चरा युद्धभक्तका पनि त्यस्तै छन् । सकेजति अरूसँग हारगुहार र भरमग्दुर प्रयास गर्ने । नसकेपछि भुत्रैसित भन्दै पन्छिने । यसैले त भुत्रोले संसारलाई के गर्नु ? के नगर्नु ? पारेको छ । न खानु न ओकल्नु तुल्याएको छ । न बस्नु न उठ्नुको परिस्थिति सिर्जना गराएको छ ।

भुत्रो कुनै एक ठाउँमा मात्र सीमित हुने र अडिने विषयवस्तु होइन । यसको क्षेत्र व्यापक छ । यसको बिगबिगी सर्वत्र छ । अमेरिकाले इराकमा सेना हुलेर वर्षौँसम्म के के न गर्छु भन्दै अनेकौँ ताण्डव नृत्य देखायो । खोजेका कुरा पाउन सकेन । न त आँटेको सुधार नै गर्न सक्यो । अनि अरूको आग्रह/ सुझावलाई माने जस्तो गरी भुत्रैसित भन्दै आफ्नातिर अनुहार र इराकतिर ढाड/आङ फर्कायो । अफगानिस्तानमा रूसी सेनाले दशकौँअघि त्यस्तै गर्‍यो । विषय फरक भए पनि पछिल्लो समयमा अमेरिकाले पनि आफ्नो भएभरको शक्ति त्यहीँ खन्यायो । आफ्ना बुताले भ्याउने र सक्नेसम्मको बर्कत प्रदर्शन गर्‍यो । अरूका शक्ति पनि अलिअलि त्यहीँ खर्च्यो । आखिर सोचे जति गर्न नसकेपछि फेरि उही सबैभन्दा सस्तो विस्मयादिबोधक शब्द भुत्रैसित खर्चेर सर्लक्क पछाडि हट्यो । अरूलाई बिटुल्यायो, आपूm चोखो बन्यो । कुत्रि के गर्नेलाई भन्दा के गर्नेलाई लाज भनेझैं लाज उसलाई लागेन अरूलाई लाग्यो । तैपनि उसको नाक अलिकति पनि तलमाथि नगरी ठडिएको ठडियै छ । आखिर नठडियोस् पनि किन ? हामी सबै त्यस्तै छौँ । सात/आठ वर्षको बच्चाले एउटा कुनामा बसेर नाङ्गै नुहाउँदा ढुक्कसँग कुरी कुरी भन्दै बच्चालाई लाजमर्नु बनाउन सक्ने अद्भूत क्षमता भएका हामी देवाधिदेव महादेवले नाङ्गै संसार डुल्दा केही बोल्न सत्तैmनौँ र अझ उनैलाई फूलपाति चढाएर धुमधामसँग पूजा गर्छौँ । संसारको गति सबैतिर यस्तै भएपछि अर्को बाटो खोज्नुको आवश्यकता पनि त्यत्ति रहेन नि, कि कसो ?

कुरो हामी भुत्रैसितको गर्दैछौँ । भुत्राका सन्दर्भमा व्यक्तिगत जीवनका कुरा पनि त्यस्तै हुन्छन् । वर्षौँदेखि कुम जोडेर एक अर्काका ब्वाय फ्रेन्ड र गर्ल फ्रेन्ड भएर रमाएकाहरू कहिलेकाहीँ हातलागी शून्य भएपछि एकाएक भुत्रैसितमा गएर टुङ्गिन्छन् । ब्वाय फ्रेन्डलाई दुहुनु दुहिसकेपछि गर्ल फ्रेन्ड आफैं पन्छिन खोज्दा नआए भुत्रैसित भनेर ब्याय पै्रmन्ड चित्त बुझाउन पुग्छ । कहिलेकाहीँ गर्ल फ्रेन्डलाई गर्नु नगर्नु उपद्रो गरिसकेपछि ब्वाय पै्रmन्डले तँलाई लात्र भन्दा नलगे भुत्रैसित भनेर गर्ल पै्रmन्ड चित्त बुझाउँछे । कुरो चर्काचर्कीमा चुल्याउन मिल्दैन । अनि बाध्य भएर भुत्रैसितमा टुङ्गिन्छ । भुत्रैसितमा अलमलिन्छ । अरूका त के कुरा ! देश बनाउँछौँ भनेर ठेक्का लिने राजनीतिक दलका गतिविधि पनि यस्तैसँग चलेका छन् । भागबन्डा मिलुन्जेल सबै एउटै भान्सामा अटाउँछन्, नमिलेपछि एउटा न एउटा बखडा झिकेर अलग अलग चुल्हो । सके व्यक्तिपिच्छे नसके समूहपिच्छे । सास छउन्जेल यस्तो जोड घटाउ चलिरहन्छ ।

सामान्य अर्थमा हेर्दा भोक लागेका छोरालाई खाए खा नखाए भुत्रैसित भनेर अगाडिपट्टि सुकेको रोटी मिल्काइदिने आमा र पढे पढ् नपढे भुत्रैसित भत्रे बाबु एउटै कोटीमा पर्छन् । तर यिनको तौल एकै नभएर निकै तलमाथि हुन्छ । आमाले भोकाएको छोरालाई अरूथोक केही नभएर सुकेको रोटी भए पनि दिएर भोकबाट बचाउन खोजेकी हुन्छे भने बाबुले छोरालाई नपढे नपढ् भनेर आफ्नो कर्तव्यबाट विमुख हुन खोजेको हुन्छ । बगलीको पैसा जोगाउन खोजिरहेको हुन्छ । भुत्रैसित भनेर के गर्नू ? एउटा भुत्रैसितमा अलिकति भए पनि आमाको वात्सल्य भाव झल्किरहेको हुन्छ भने अर्को भुत्रैसितमा सन्तानप्रतिको कर्तव्यबाट आफ्नै बाबु भनाउँदो विमुख हुन खोजिरहेको हुन्छ । र त, भुत्रैसितमा पनि यत्रोविधि अन्तर छ ।

जनताले दुःख पाए भुत्रैसित, हामीले चाहिँ पाउनु हुत्र भत्रे नेता र गाउँ नआए भुत्रैसित अर्को चुनाउमा देखाउँला भत्रे जनबोलीको तौल पनि एकैनास हुत्र । यस्तोमा नेताको स्वार्थ पालैपालो पूरा भइसकेको हुन्छ, जनताको स्वार्थ सधैँ तलका तलै । आज एउटाले गर्छ कि भन्यो भोट हाल्यो गर्दैन, भोलि अर्काले गर्छ कि भन्यो भोट हाल्यो गर्दैन । न जनता कहिल्यै भोट हाल्न छोड्छन्, न नेता कहिल्यै तिनलाई ढाँट्न छोड्छन् । बोल्ने बाहेक गर्ने त तिनका शब्दकोसमै लेखेको हुत्र कहाँबाट के भनेर गर्नू । बरू उहिलेका ब्राह्मण बाजेले प्याज खाँदा केही न केही तिनको जात बाँकी रहन्थ्यो होला । थोरै भए पनि ब्राह्मणपन बाँकी रहन्थ्यो हाोला । तर अहिलेका नेताले कुनै काम गरे भने तिनको जात एक रौँ पनि बाँकी रहत्र । जातै जाने भएपछि त्यस्तालाई काम गर भनेर प्याच्च भनिहाल्नू पनि किन ? आखिर सिद्धान्त सबैको आ-आफ्नो हुन्छ । बोल्ने सिद्धान्त भएका नेतालाई केही गर भत्रु तिनको सिद्धान्त विपरीत हुन्छ । त्यसो भत्रु हाम्रै गल्ती हुन्छ, उनको हुत्र । तसर्थ अहिलेको परिवेशमा तिनले जनतालाई भुत्रैसित भन्नु त्यति अनुचित हुँदैन ।

न यता, न उता ≠नेता भत्रे मेरो एउटा साथी अहिले पनि यसै गरी ट्याउँट्याउँ बोल्छ । नेतालाई लक्षित गर्दै ऊ भन्छ- वार्ता, सम्वाद र छलफल तिनको देखिने कर्म हो । छलछाम, प्रपञ्च र छट्ट्याइँ तिनको नदेखिने धर्म हो । जनताका लागि केही गर्नु भन्दा आफ्ना लागि केही नछोड्नु तिनको मूल मर्म हो । ‘साना दुःखले आर्ज्याको पद होइन, सबैलाई चेतना भया’ तिनको चौबीस घण्टे गायत्री हो । मेरा गोरुको बाह्रै टक्का तिनको बाह्रमासे अडान र रटान दुवै हो । अनि यी सबैको परिणति भुत्रैसित हो । करायो करायो कसैले कसैलाई सुन्दैनन्, कसैले कसैलाई गन्दैनन् । अनि उठ्यो र एकसाथ बर्बरायो- ‘हाम्रा कुरा नसुत्रे भए भुत्रैसित ।’

यतिखेर सरकार, सदन र सडक सबैका मुखमा झुण्डिएका छन् जनता । तिनको गरिखाने भनूँ वा भनिखाने भाँडो नै जनता भएका छन् । यो अस्तिको राजनीतिमा थियो, हिजोको राजनीतिमा थियो, आजको राजनीतिमा छ र भोलि मात्र होइन पर्सिको राजनीतिमा पनि हुनेछ । यस्ता कर्ममा लागिपरेका राजनीतिकर्मीहरू जनता शब्द उच्चारण नगरी एक चम्चा पानी पनि खाँदैनन् । जनता शब्दसँग अत्यन्त प्रगाढ प्रेम बसेका यिनले शब्द बाहेक अरू जनतालाई जान्दैनन् । चिन्दैनन् र पटक्कै वास्ता पनि गर्दैनन् । वचनको जनतामा उनीहरू सीमित र सन्तुष्ट छन् ।

जनताले राजनीतिकर्मीहरूको यो चालामाला बुझ्दै आएका छन् । पाइला पाइलामा मूल्याङ्कन गरेकाछन् । त्यसैले त झन्अस्ति राणा शासन ढल्दै गर्दा भुत्रैसित भनेका यिनले अस्ति पञ्चायत ढल्दै गर्दा पनि यत्रैसित भत्र भ्याएका थिए । हिजो लोकतन्त्रमा ढलिमली गरेका यिनलाई आज गणतन्त्रको भारी थपिदिँदा पनि पाच्य भएको छ । शब्दका जनता रूचाउने यिनको व्यवहारमा सुधार नभएर भौतिक जनतालाई पर पर पन्छाउँदै जाने र आ-आफूबीच रडाको मच्चाइरहने प्रवृत्ति यथावत राख्ने हो भने यिनले कुनै दिन लोकतन्त्र भुत्रैसित, गणतन्त्र यत्रैसित भत्र पनि बेर नलाउन सक्छन् । सामान्य भुत्रोले असामान्य यत्रोलाई ठेगान लाउने दिन नआओस् । सरोकारवाला सबैलाई बेलैमा चेतना भया । होइन भने भुत्रैसित ।

‘युवामञ्च’ २०७१ पुस

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
साइकलको सत्ता

साइकलको सत्ता

पिँडालु पण्डित
कालो

कालो

पिँडालु पण्डित
धाकका धोक्रा

धाकका धोक्रा

पिँडालु पण्डित
सम्माननीय थुतुनो

सम्माननीय थुतुनो

पिँडालु पण्डित
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा
समानता अभियान

समानता अभियान

सुरेशकुमार पाण्डे
जिब्रो

जिब्रो

रमेश समर्थन