साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकतन्त्र

‘कहिलेकाहीँ जनता भेडो बन्छन् । प्रलोभन र प्रभावमा परेर गलत मान्छेलाई भोट दिन्छन् । यसरी लोकतन्त्र भेडोतन्त्र बन्न पुग्छ ।’ उनी भन्दै थिइन् । म सुन्दै थिएँ ।

Nepal Telecom ad

‘हामीकहाँ आज बैशाख ११ गते लोकतन्त्र दिवस मनाइन्छ, हैन, बाबा ?’ छोरी गरिमाले यत्ति मात्रै भनिन् । मैले टाउको हल्लाएर सहमति जनाएँ । उनले जिज्ञासाको ओइरो खन्याउन थालिन् ।

‘यसमा जनताले दिएको मतले छानिएका प्रतिनिधिले शासन गर्ने काम गरिन्छ, हैन त बाबा ?ं यो लोकतन्त्रमा त अन्धोमा वाण हान्ने काम पो हुँदो रहेछ ।’ यस पटक भने गरिमाले वितृष्णा छादिन् ।

‘त्यसो नभन । लोकतन्त्र बहुसङ्ख्यक जनताद्वारा छानिएका प्रतिनिधिहरूको सम्मतिमा कुनै देशको शासनव्यवस्था चल्ने र नीतिनिर्धारण आदि हुने शासनप्रणाली हो, नानी । लोकतन्त्रलाई ठोकतन्त्र नठान न ।’ मैले बुढ्यौली पाराको भाषण सुनाएँ ।

उनले बहुमतको कदरले मात्र प्रजातन्त्र नबाँच्ने कुरा गरिन् । साँचो लोकतन्त्र घरदैलोमा पुर्‍याउन अल्पमतको सही कदर गर्नुपर्ने अडान राखिन् । मतले हैन बुद्धिले शासन चल्नुपर्ने कुरा गरिन् ।

‘कहिलेकाहीँ जनता भेडो बन्छन् । प्रलोभन र प्रभावमा परेर गलत मान्छेलाई भोट दिन्छन् । यसरी लोकतन्त्र भेडोतन्त्र बन्न पुग्छ ।’ उनी भन्दै थिइन् । म सुन्दै थिएँ ।

म नबोलेको देखेर उनले मेरो मनलाई शून्य पार्ने कथन अघि सार्दै भनिन्; ‘अब लोकतन्त्रको परिभाषा फेरिनुपर्छ । अब भेडोमतले हैन बौद्धिक मतले देश चल्ने व्यवस्था आउनुपर्छ । म त बहुमतलाई मक्किएको परिभाषा ठान्छु । बौद्धिक मतलाई लोकतन्त्रको नूतन परिभाषा मान्छु ।’

२०७९-०१-११ लोकतन्त्र दिवस,
सिद्धार्थटोल, उदयपुर । हाल- सिरहा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x