सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लोकतन्त्र

‘कहिलेकाहीँ जनता भेडो बन्छन् । प्रलोभन र प्रभावमा परेर गलत मान्छेलाई भोट दिन्छन् । यसरी लोकतन्त्र भेडोतन्त्र बन्न पुग्छ ।’ उनी भन्दै थिइन् । म सुन्दै थिएँ ।

Nepal Telecom ad

‘हामीकहाँ आज बैशाख ११ गते लोकतन्त्र दिवस मनाइन्छ, हैन, बाबा ?’ छोरी गरिमाले यत्ति मात्रै भनिन् । मैले टाउको हल्लाएर सहमति जनाएँ । उनले जिज्ञासाको ओइरो खन्याउन थालिन् ।

‘यसमा जनताले दिएको मतले छानिएका प्रतिनिधिले शासन गर्ने काम गरिन्छ, हैन त बाबा ?ं यो लोकतन्त्रमा त अन्धोमा वाण हान्ने काम पो हुँदो रहेछ ।’ यस पटक भने गरिमाले वितृष्णा छादिन् ।

‘त्यसो नभन । लोकतन्त्र बहुसङ्ख्यक जनताद्वारा छानिएका प्रतिनिधिहरूको सम्मतिमा कुनै देशको शासनव्यवस्था चल्ने र नीतिनिर्धारण आदि हुने शासनप्रणाली हो, नानी । लोकतन्त्रलाई ठोकतन्त्र नठान न ।’ मैले बुढ्यौली पाराको भाषण सुनाएँ ।

उनले बहुमतको कदरले मात्र प्रजातन्त्र नबाँच्ने कुरा गरिन् । साँचो लोकतन्त्र घरदैलोमा पुर्‍याउन अल्पमतको सही कदर गर्नुपर्ने अडान राखिन् । मतले हैन बुद्धिले शासन चल्नुपर्ने कुरा गरिन् ।

‘कहिलेकाहीँ जनता भेडो बन्छन् । प्रलोभन र प्रभावमा परेर गलत मान्छेलाई भोट दिन्छन् । यसरी लोकतन्त्र भेडोतन्त्र बन्न पुग्छ ।’ उनी भन्दै थिइन् । म सुन्दै थिएँ ।

म नबोलेको देखेर उनले मेरो मनलाई शून्य पार्ने कथन अघि सार्दै भनिन्; ‘अब लोकतन्त्रको परिभाषा फेरिनुपर्छ । अब भेडोमतले हैन बौद्धिक मतले देश चल्ने व्यवस्था आउनुपर्छ । म त बहुमतलाई मक्किएको परिभाषा ठान्छु । बौद्धिक मतलाई लोकतन्त्रको नूतन परिभाषा मान्छु ।’

२०७९-०१-११ लोकतन्त्र दिवस,
सिद्धार्थटोल, उदयपुर । हाल- सिरहा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
भेटेको मोबाइल

भेटेको मोबाइल

नन्दलाल आचार्य
हाेलीकाे शुभकामना

हाेलीकाे शुभकामना

नन्दलाल आचार्य
साथी

साथी

नन्दलाल आचार्य
भुइँचालो

भुइँचालो

नन्दलाल आचार्य
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’