साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुइँचालो

खटिया र घरको छानो नै काँपिरहेको थियोे । साथमा दाजु पनि काँपेको देखेँ । उहाँ भने कामको सुरमा रहेरै मलाई खिल्ली उडाउन व्यस्त हुनुहुन्थ्यो ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

“यस्तरी के कामेको, लाजमर्दो ?”

खटियामा बसेर हिसाब बनाइरहँदा दाजुले मलाई यसो भन्नुभयो । त्यसबेला उहाँ बट्नेउटोको सहयोगले दाम्लो बाटिरहनुभएको थियोे । म भने उहाँले नै दिएको हिसाब गरिरहेको थिएँ ।

अङ्ग्रेजी र गणित मेरा लागि काल नै थिए । कनिकुथी कखरा छिचोलेर अरू विषयमा उत्तीर्ण हुन्थेँ । अङ्ग्रेजी र गणितमा भने कमजोर नै थिएँ । आमाले पनि कमजोर विषय नै सिकाउन भन्नुभएको थियोे दाजुलाई ।

दाजुले दिएको काम भने पछि अरू बेला समेत मेरो मुटु काँप्न थाल्थ्यो । यद्यपि त्यसबेला मुटु मात्रै नभएर मेरो पूर्ण शरीर नै काँपिरहेको थियोे । खटिया र घरको छानो नै काँपिरहेको थियोे । साथमा दाजु पनि काँपेको देखेँ । उहाँ भने कामको सुरमा रहेरै मलाई खिल्ली उडाउन व्यस्त हुनुहुन्थ्यो ।

“म मात्रै हैन, तपाईं पनि काम्दै हुनुहुन्छ ।”

मैले यसो भन्नासाथ उहाँले हतारहतार मलाई नै बोकेर बारीको खुला पाटातिर हानिँदै कराउनुभयो- खुला ठाउँतिर भागौँ । नभ्याए खाटमुनि पसेर सुरक्षित बनौं । भुइँचालो आयो, भुइँचालो …….. !

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x