साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढे सम्राट !

शासन साँढेको, आसन साँढेको, भासन साँढेको, रासन साँढेको । सबै साँढेको भयो । साँढेकै साम्राज्य, साँढे नै सम्राट । संसारमा साँढेको शासन चलिरह्यो ।

Nepal Telecom ad

साँढे जुधाइको आयोजना भयो । जित्नेलाई सम्राट घोषणा गर्ने नियम थियो ।

बोकालाई पनि सम्राट हुने लोभ पलायो । बोकाले साँढेसँग जुधाइमा भाग लिने प्रस्ताव गर्यो ।
साँढेसँग जुध्ने बोकाको प्रस्ताव सुनेर साँढेहरु गलल्ल हाँसे । बोकालाई पागलको संज्ञा दिए ।
बोको पागल भनिन तयार भयो, तर प्रतिस्पर्धाबाट पछि हटेन ।

साँढे र बोकाको जुधाइ भयो ।
जुधाइमा जित बोकाको भयो । तर रेफ्रीले बोकालाई विजेता घोषणा गर्न मानेन । खेलको नाम नै ‘साँढे जुधाइ’ भएकाले बोकालाई विजेता घोषणा गर्न कानून बाधक रहेको तर्क रेफ्रीले गर्यो । त्यसोे भए नाम परिवर्तन गरेर पुनः जुध्ने प्रस्ताव बोकाले राख्यो ।

दोस्रो पटक फेरि ‘साँढे-बोका जुधाई’ नाम राखेर जुधाइ सुरु भयो । जित पुनः बोकाको भयो । यसपटक पनि रेफ्रीले बोकालाई विजेता घोषित गरेन । रेफ्रीले भन्यो- “‘यो बोका-साँढे जुधाई’ भएन, बरु ‘साँढे-बोका जुधाई’ भयो । त्यसैले बोकालाई विजेता भन्न मिलेन ।”
तेस्रो पटक अब ‘बोका-साँढे जुधाई’ नाम राखियो र जुधाई सुरु भयो । यस पटक पनि बोकाले नै जित्यो । रेफ्रीले भन्यो दुनियाँमा साँढेको जुधाइ पो हुन्छ, बोका र साँढेको जुधाई कहाँ हुन्छ ? कतै संसारमा बोका र साँढे जुधेको र बोकाले जितेको कसैले सुनेको छ ? छैन भने जित फेरि पनि साँढेकै भयो ।

“त्यसो भए मैले विजेता घोषित हुन के गनुपर्छ ?” बोकाले सोध्यो ।
“खेलको नियम परिवर्तन गर्नुपर्छ । यो नियम भगवानले मात्र परिवर्तन गर्न सक्छन् ।” रेफ्रीले भन्यो ।

बोको शक्तिस्वरुपा देवीको शरणमा पुग्यो । देवीको मूर्ति अगाडि जित्ने याचना गर्दै लम्पसार परेर बोकाले भन्यो- “भगवान ! मैले युद्ध जितेँ, तर नियममा मलाई विजेता घोािषत गर्न नमिल्ने रहेछ । मलाई विजेता घोषित गर्न मिल्ने गरी नियम परिवर्तन गरिदिनुपर्यो ।”

बोको आफैँ आएर शक्तिकी प्रतीक देवीको अगाडि लम्पसार परेको मनुष्य उपमा पाएको प्राणीले देख्यो । मनुष्य दंग पर्यो । उसले तुरुन्तै बोकाको घाँटीमा हतियार चलायो । बोको परमधाम भयो ।

प्रतिस्पर्धी नै पर गएपछि साँढे स्वतः विजेता घोषित भयो । साँढे विजेता मात्र घोषित भएन, सम्राट समेत घोषित भयो ।

शासन साँढेको, आसन साँढेको, भासन साँढेको, रासन साँढेको । सबै साँढेको भयो ।
साँढेकै साम्राज्य, साँढे नै सम्राट । संसारमा साँढेको शासन चलिरह्यो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
स्वर्ग पुगेपछि 

स्वर्ग पुगेपछि 

कृष्ण शर्मा सुमु
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
प्रतिवाद

प्रतिवाद

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x