सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साँढे सम्राट !

शासन साँढेको, आसन साँढेको, भासन साँढेको, रासन साँढेको । सबै साँढेको भयो । साँढेकै साम्राज्य, साँढे नै सम्राट । संसारमा साँढेको शासन चलिरह्यो ।

Nepal Telecom ad

साँढे जुधाइको आयोजना भयो । जित्नेलाई सम्राट घोषणा गर्ने नियम थियो ।

बोकालाई पनि सम्राट हुने लोभ पलायो । बोकाले साँढेसँग जुधाइमा भाग लिने प्रस्ताव गर्यो ।
साँढेसँग जुध्ने बोकाको प्रस्ताव सुनेर साँढेहरु गलल्ल हाँसे । बोकालाई पागलको संज्ञा दिए ।
बोको पागल भनिन तयार भयो, तर प्रतिस्पर्धाबाट पछि हटेन ।

साँढे र बोकाको जुधाइ भयो ।
जुधाइमा जित बोकाको भयो । तर रेफ्रीले बोकालाई विजेता घोषणा गर्न मानेन । खेलको नाम नै ‘साँढे जुधाइ’ भएकाले बोकालाई विजेता घोषणा गर्न कानून बाधक रहेको तर्क रेफ्रीले गर्यो । त्यसोे भए नाम परिवर्तन गरेर पुनः जुध्ने प्रस्ताव बोकाले राख्यो ।

दोस्रो पटक फेरि ‘साँढे-बोका जुधाई’ नाम राखेर जुधाइ सुरु भयो । जित पुनः बोकाको भयो । यसपटक पनि रेफ्रीले बोकालाई विजेता घोषित गरेन । रेफ्रीले भन्यो- “‘यो बोका-साँढे जुधाई’ भएन, बरु ‘साँढे-बोका जुधाई’ भयो । त्यसैले बोकालाई विजेता भन्न मिलेन ।”
तेस्रो पटक अब ‘बोका-साँढे जुधाई’ नाम राखियो र जुधाई सुरु भयो । यस पटक पनि बोकाले नै जित्यो । रेफ्रीले भन्यो दुनियाँमा साँढेको जुधाइ पो हुन्छ, बोका र साँढेको जुधाई कहाँ हुन्छ ? कतै संसारमा बोका र साँढे जुधेको र बोकाले जितेको कसैले सुनेको छ ? छैन भने जित फेरि पनि साँढेकै भयो ।

“त्यसो भए मैले विजेता घोषित हुन के गनुपर्छ ?” बोकाले सोध्यो ।
“खेलको नियम परिवर्तन गर्नुपर्छ । यो नियम भगवानले मात्र परिवर्तन गर्न सक्छन् ।” रेफ्रीले भन्यो ।

बोको शक्तिस्वरुपा देवीको शरणमा पुग्यो । देवीको मूर्ति अगाडि जित्ने याचना गर्दै लम्पसार परेर बोकाले भन्यो- “भगवान ! मैले युद्ध जितेँ, तर नियममा मलाई विजेता घोािषत गर्न नमिल्ने रहेछ । मलाई विजेता घोषित गर्न मिल्ने गरी नियम परिवर्तन गरिदिनुपर्यो ।”

बोको आफैँ आएर शक्तिकी प्रतीक देवीको अगाडि लम्पसार परेको मनुष्य उपमा पाएको प्राणीले देख्यो । मनुष्य दंग पर्यो । उसले तुरुन्तै बोकाको घाँटीमा हतियार चलायो । बोको परमधाम भयो ।

प्रतिस्पर्धी नै पर गएपछि साँढे स्वतः विजेता घोषित भयो । साँढे विजेता मात्र घोषित भएन, सम्राट समेत घोषित भयो ।

शासन साँढेको, आसन साँढेको, भासन साँढेको, रासन साँढेको । सबै साँढेको भयो ।
साँढेकै साम्राज्य, साँढे नै सम्राट । संसारमा साँढेको शासन चलिरह्यो ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फोर्ने फोर्ने – एक हौँ !

फोर्ने फोर्ने – एक...

डा. टीकाराम पोखरेल
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
मन्त्री-नैतिकता संवादे !

मन्त्री-नैतिकता संवादे !

डा. टीकाराम पोखरेल
स्ट्यान्डर्ड चोर !

स्ट्यान्डर्ड चोर !

डा. टीकाराम पोखरेल
मालदार क्रान्ति

मालदार क्रान्ति

डा. टीकाराम पोखरेल
म मान्छे रहिँन

म मान्छे रहिँन

डा. टीकाराम पोखरेल
देखाउने कुरा

देखाउने कुरा

रामप्रसाद अर्याल अभिराम
जन्मोत्सव

जन्मोत्सव

भोलानाथ सुबेदी
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा