साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कति कराएका यी भ्यागुत्ताहरू !

एक पल्ट बर्षा पाएको जिन्दगानीमा कैले बाख्रा, भेडा र भैंसी बन्दै प्रतिपक्षी मौसमको दिन गन्दै कति कराएका यी भ्यागुत्ताहरू !

Nepal Telecom ad

हत् !
कति कराएका यी भ्यागुत्ताहरू
भिन्न भिन्न आवाजमा
भिन्न भिन्न लयमा
भिन्न भिन्न तालमा
कति कराएका यी भ्यागुत्ताहरू !

कतै दुलोभित्र पसेर
कतै झ्याल (झाडी) भित्र बसेर
आली आँचिलामा
गनाउँने हिलामा
बेतमास हल्ला उरालेर
गलगाँड फुरालेर
गद्दामा ढल्केको सेठ जी जस्तै
पर्लक्क भुँडी पल्टाएर
अवसरमा सल्किएको …. जी जस्तै
रुपैयाँमा ब्यभिचार सल्टाएर
मस्त र आनन्दी भावमा
कति कराएका यी भ्यागुत्ताहरू !

आफू केहि नगर्ने
सँधै अरुको भर पर्ने
अनुकुल मौसम र अवसर खोज्दै
आफ्ना सहज कुईंनेटाहरू रोज्दै
दह खोल्सी र सीमपानीमा
एक पल्ट बर्षा पाएको जिन्दगानीमा
कैले बाख्रा, भेडा र भैंसी बन्दै
प्रतिपक्षी मौसमको दिन गन्दै
कति कराएका यी भ्यागुत्ताहरू !

शायद भ्यागुत्तालाई हल्ला मनपर्छ
बिल्कुल आजको फेसबुके डन जस्तो
शायद उस्को हल्लाको कुनै उद्देश्य छ
टिन एजर बच्चाको उडन्ते मन जस्तो
नत्र किन ?
मध्यरातमा
बीच सडकमा
आफ्नु घर पत्ता लाउन नसकेर
नेपाल बेचिएको हल्ला गर्ने
मदिरालयबाट निस्किएको बुज्रुक जस्तो
कति कराएका यी भ्यागुत्ताहरू ।

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x