साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मानिसलाई घरमै राख्ने ! (१)

आफ्ना पाका मानिसलाई पुर्‍याउने कस्तो व्यवहार गर्न जानेका अहिलेका वयस्कले ? कस्ले सिकायो यो दुर्मती ? कि बजारवादको गन्धे आहालमा चुर्लुम्मै डुबेका द्रव्यपिचास सन्तान हुर्काएको हो ?

Nepal Telecom ad

अहिले नेपालमा पाका मानिसहरू वयस्कहरू सँगसँगै परिवारमा बसेरै भए पनि समाज तथा देशको हितमा सकेको काम गरिरहेकै छन् । उनीहरू घरपरिवार र समाजका बोझ वा म्यादगुज्रेका प्राणी होईनन् भन्ने व्यवहारिक रुपमा प्रमाणित गरिरहेछन । देशमा बिद्यमान अशिष्ट, दर्शनविहिन राजनीतिक किचलो, आयआर्जनको अवसरविहिनता र सामाजिक असुरक्षाको नकारात्मक प्रभावस्वरुप किशोर र वयस्कहरूको पलायन बढ्दो गतिमा छ । सरकारले प्रमाणित नगरे पनि अनौपचारिक रुपमा सञ्चारमा आएको तथ्याङ्क अनुसार ६० देखि ८० लाख नेपाली वयस्क बैदेशिक रोजगारमा छन् । सैनिक, शुरक्षा सेवा, शैक्षिक र प्राज्ञिक क्षेत्रमा गरेर देशको बलियो वयस्क पाखुरी र मस्तिष्क लाखौँको सङ्ख्यामा विदेशिएका छन् । सुविधा र अवसरको लोभमा लाखौँ केहि गर्न सक्ने नेपाली शरणार्थी जस्तो भई बसोबासको प्रवेशाज्ञा लिएका छन् वा लामबद्ध छन् । यसरी मोटामोटी नेपालको ३ करोड जनसङ्ख्यामा करिब एक करोड सकृय जनशक्ति बाहिरिएको छ । अब बालबालिका, कम सकृय र पाका मानिस मात्र रहने नेपालको अवस्था बन्दै छ ।

मानव जीवनको पछिल्लो कालखण्डमा पाका मानिसहरू आफ्नै ज्ञान र शिपमा बाँच्न सक्छन् । उनीहरूले सँगालेको सँस्कार र अहमले गर्दा विपरित सामाजिक परिस्थितिमा गएर टिक्न सक्तैनन् । आखिर आनन्द लाग्ने त आफ्नै सामाजिक परिवेश, हुर्किबढेको ठाउँ र देश भएकाले बसोबास गर्ने अन्तिममा नेपाल नै हो । कैयौँ विदेशिएका नेपाली हिजोआज घर बनाएर बस्न नेपालकै पाखापखेरामा जग्गा किन्दै चारपाँच दशकपछि विदेशबाट फर्केका धेरै हुन थालिसके । किशोरकिशोरी अशल शिक्षाको नाममा छरछिमेक र समुद्रपार विदेश, वयस्क कामको खोजीमा विदेश, अनि नेपालमा बहुसङ्ख्यक बालबालिका र पाका मानिस मात्र देखिनु स्वभाविक रह्यो । सहरबजारमा वयस्कहरू भेटिए पनि गाउँघरतिर भेटिन छाडिसक्यो । हाल वयस्कहरूको प्रतिशत सङ्ख्यामा पाँच भागको एक भाग रहेका पाका मानिसको समुह बिद्यमान स्थिति कायम रहे आउँदो दशकमानै ह्वात्तै बढने छ । यस्तो अवस्थामा पाका मानिस नेपालमा नै रहेका नेपालीमा जनसङ्ख्याको आधा जति हुन बेर लाग्ने छैन । अब सकृय जनशक्ति छिमेकी देशबाट वैरिनुको विकल्प नरहला ?

ईटलीको सर्दिनीया, जापानको ओकिनावा, क्यालिफोर्नियाको लोमा लिण्डा र कोष्टारीकाको निकोया प्रायद्विपमा एक सय वर्ष नाघेका पाका मानिस बस्दछन् । असि वर्ष नाघेका बस्ने ग्रिसको ईकारीया टापु पनि अहिले ज्येष्ठ नागरिक सम्बन्धमा चर्चित छ । ग्रीसको ईकारीयामा भएको अनुसन्धानले देखाएको छ कि स्वास्थ्यमा पार्ने खतरनाक शत्रु तत्वहरूलाई हराउन पहिला हेक्का नराखेको भए बाँकी जीवनमा केही परिबर्तन गर्नुपर्ने हुन्छ जस्तो शारीरिक भौतिक गतिविधि, खानपानको तरिका, धुमपानमा कमि, मध्यान्हको आरामी नै पाका मानिसलाई सार्थक देखिएको छ ।

के नेपाल अब परीस्थिति नबदलिए संसारमा पाका मानिस अर्थात ज्येष्ठ नागरिकको देशमा बदलिँदै जाने हो त ? परिवारले हेलाँ गरेर पाटी र बाटो छेउछाउको बास हुने हो त ? कि पैसाको बलमा लोकलाज जोगाउन आधुनिक पाटीमा (बृद्धाश्रम वा हेरबिचार केन्द्र) थन्क्याउन लैजाने हो ? आफूलाई हुर्काउने, बढाउने र सकेको उन्नति गराउन हाड घोट्ने हरेकका सम्माननीय परिवारका मूलीलाई त्याग्न सकिन्छ र ? सकिन्न, त्यसैले विविध व्यवस्थापन गरेर सकेको सहयोग लिँदै र दिँदै घरमा नै आफ्ना अग्रजहरूलाई राख्ने हो । ठिकै छ, हामी यस्तै सामाजिक परिस्थितिमा कसरी सुखमय र सौहार्दतामा बाँच्न सक्छौँ यसो प्रयाश गरौँन त ।

केही उपायः
बुझ्नु पर्‍यो, चिहाँ गर्दै जन्मिएका दुईपाते विरुवाजस्ता बालबालिकाबाट झाङ्गिएको विरुवा झैँ किशोरकिशोरी हुन्छन् । त्यहि लहलहाउँदो रुखमा उमेरिदै जाँदा फूल फुल्न थाल्छ, मस्त जवान भएझैँ र फलको चिचिला लाग्छ वयस्क मानिस जस्तै । फल छिप्पिन्छ कैयौँले सदुपयोग गर्छन् र लाभदायी हुन्छ अरुको आनन्दमा साथ दिन्छ । कैयौँ कसैको काममा नलागि विस्तारै सुक्दै जान्छ र पाको भई असल बिऊसहितको गुन फैलाउँछ । पाको उमेर त्यही गुणयुक्त ज्ञानको भण्डार हो । परिवार र समाजले उसबाट अनुभव र ज्ञानको निशुल्क आयात गर्न पाउँछ । परिवारमा सुसंस्कृत संस्कार छ भने एक अर्काको सम्बन्ध आदर, प्रेम र कर्तव्यसहितको हुन्छ । उमेर, नाता र शारीरिक मानसिक स्तर अनुकुल सुमधुर व्यवहार हुन्छ । योग्यता र शिप अनुसार काममा सबै वयस्क लागेका हुन्छन् भने बालबालिका अभिभावकको निर्देशनमा उचित शिक्षा आर्जन गरिरहेका हुन्छन् । श्रमजीवि परिवारमा पनि वयस्क जस्तै पाका मानिसको निरीक्षणमा ससाना बालबालिका पनि आफूभन्दा सानाको हेरचाह र सक्ने काम गरिरहेका हुन्छन् ।

परिवारमा आदरयुक्त अनुसाशन कायम राख्न वयस्कहरू नै सकृय र ईमानी हुनुपर्छ । परिवारमा फरक मत सल्लाहमा सल्टाउन वयस्क नै अघिसर्नु पर्छ । फरक मत एक आपसमा चुनौतिपूणर् भएर विकसित भई दैनिक दन्तबजानमा विकसित हुन थाल्यो भने छुट्टिभिन्न हुनु राम्रो हुन्छ । त्यसोभए कम्तीमा नाता सम्बन्ध कायम रहोस् र अति आपतमा आफन्तको कर्तव्य पुरा गर्न सकियोस् । परिवारभित्र सत्रुताको बिजारोपण भयो भने कहाँसम्म बिध्वंशको मारपर्छ भन्ने कथा पुराणकालिन पात्रहरूको कन्तविजोक सुनेका हामीलाई नौलो होइन । नेपालका बिभिन्न बलिया दलको कलह र आन्तरिक मनमुटावले हस्तिनापुरीको रजाइँबाट चपरीमुनिको बास गराएको सबैलाई हेक्का नै छ ।

अरुका अनुभव र आफ्ना भोगाईबाट शिष्टतापूणर् सम्बन्ध बिकशित गर्दै वयस्कहरूले परिवारलाई एकगठ पारिरहनु पर्छ । पाका मानिस त्यस्ता घरमा सकेको सहयोग गर्दै बस्छन् र उनीहरू घरमा बसेकोमा वयस्कहरू आफ्नो अहोभाग्य ठान्छन् । शारीरिकरुपले अशक्त भए पनि आफ्ना आदरणीय अभिभावक त्याग्न कहाँ सकिन्छ र ? आफूलाई माया गर्ने, केटाकेटीमा गुहुमुत स्याहार्ने, चिसोतिर आफू सुतेर हामीलाई तातोतिर सुताउने स्नेहका खानी आमाबालाई आफूबाट टाढा राख्न कसैले सक्तैन । आफूले बचेखुचेको खाएर फाटेटालेको लगाएर भए पनि हामीलाई मिठोमसिनो ख्वाएर सकेको राम्रो लगाउन लगाउने बाआमाको तुलना ‘भगवान’ भनिनेसँग पनि गर्न सकिन्न । बुद्धि बिग्रिएर केही दुष्टमति भएका सन्तानको त के कुरा गर्नु ? बरु, उहाँहरूले सकेको सघाउने घरायसी वातावरण बनाउँ, सक्ने काम र जिम्बेवारीमा भर गरौँ, उहाँहरूबाट काम त बिग्रँदै बिग्रन्न । उचित र विश्वासिलो आदर दिउँ, आवस्यक्तालाई बुझौँ र सुखिखुसी पारौँ, स्वर्ग खोज्न कहिँ जानु पर्दैन ।

पाका मानिसलाई विभिन्न घरव्यवहारमा प्रयोग गरिने आधुनिक सामानबारे जानकारी दिई सिकाउँ सबैलाई मद्दत हुन्छ । भइरहेका सामाजिक घटना, प्रचलन र बजारबारे जानकारी दिउँ, परिवारलाई नै सहयोग हुन्छ । ससाना बाल-बालिकाको हेरचाह तथा पढाईमा पनि सहयोगी हुन्छन पाका मानिस । केटाकेटी पनि आफ्नै बाआमा भन्दा हजुरबा हजुरआमासँग बढि लाडिने र भनेको मान्ने हुन्छन् । सक्ने पाका मानिसले केलाईकुलाई, राखनधरन र भातभान्छाको काममा मनग्गे सघाउन सक्छन् । विभिन्न मानिसको आचरण चिन्ह र व्यवहार गर्न साथै चिजविज छनौटमा पनि अनुभवी र सिपालु हुन्छन् । यस्ता कुराले परिवार पुरै लाभमा रहन सक्छ । त्यसैले घरको श्रृङ्गार, ईज्जत र कुनै पनि अप्ठ्यारोमा ढालझैँ परिवारको रक्षामा उभिने पाका मानिस टाढा राख्ने, हेलाँहोचो गर्ने त कल्पनै गर्न सकिन्न । बरु फुर्सदमा रहने बेला आफैँ मोबाईल, कम्प्युटर र टिभि चलाउन सक्ने गरेर सिकाउँ । पाका मानिसको एकान्तपन र निराशा हटेर अझ बढि स्नेही र मिलनसार बन्दै जानुहुन्छ । आफ्नै घरमा खुसीसाथ पाका मानिस सुखपूर्वक बस्नु नै वयस्कका लागि गर्वको कुरा हो । यसले छोराबुहारी नातीनातिना सबैको सामुहिकता आभाष हुन्छ तथा सामाजिक ईज्जत बढेको देखिन्छ ।

बिचार गरौँ त केटाकेटीको लालनपालन र शिक्षाका लागि सम्पूणर् जीवन अर्पने बाबुआमालाई चराको गुँडबाट बचेराको प्वाँखलागे झैँ आफू सामथ्र्यवान भएपछि भुर्रर्र उडेर जान पाइन्छ भन्या ? मानिस त सामाजिक प्राणी हो, ऊ कम्तामा बाँदर, मृग र माछा जस्तै एकैतिर बगालै बस्नु पर्दैन र ? चरानै हुन खोजे पनि तोपचरा जस्तो झुण्ड बनाएर नजिकनजिक गुँड बनाएर बसे कस्ले के भन्छ र ? अवसर र योग्यताको नाममा आफन्त छोडेर गुमुत स्याहारेर हुर्काउने आफ्ना आदरणीय अभिभावकको न्यानो छोड्न सक्ने कस्ता निर्गुणी सन्तान ? के आफ्नो सोख र मज्जामात्र सबै थोक हो र ? अनि जन्मदिनमा लगेको फोटो राखेर कोकोहोलो मच्याउने, बिरामी पर्दा टाढैबाट सामाजिक सञ्जालमा ‘गेट वेल सुन’ भनेर प्रचार गरेको सुहाउला ? तातो चिसो, औषधिमूलो रुच्ने नरुच्ने हेरबिचार पुर्‍याउन नजिक बस्न पर्दैन भन्या ? के बाबुआमाले सञ्चो बिसञ्चोमा मरोस् कि बाँचोस् भनेर हिँड्या भए तपाईँ हामी अहिलेसम्म बाँच्थ्यौँ र ? मरेपछि आफन्तलाई ‘टिकट मिलेको छैन वा केटाकेटीको जाँच छ वा भ्याउँदिन अहिले’ भनि अह्राएर पितृलाई शवगृहमा राख्न लगाउने कस्ता सन्तान ? अनि तिन्का अनुकुलमा अन्तिम एक घुटको पानीखान हामी ठसठसी कनेर बाँचिदिनु पर्ने ? हैन कस्ता वयस्क सन्तान भन्या ?

सामाजिक लाजले घरमा नै पाका मानिसलाई राखे पनि मानविय व्यवहार नगर्ने र सम्पति स्याहार्न खोज्ने कस्ता वयस्क भन्या ? अथवा बाटोघाटो र पाटीको शरणमा आफ्ना पाका मानिसलाई पुर्‍याउने कस्तो व्यवहार गर्न जानेका अहिलेका वयस्कले ? कस्ले सिकायो यो दुर्मती ? कि बजारवादको गन्धे आहालमा चुर्लुम्मै डुबेका द्रव्यपिचास सन्तान हुर्काएको हो ? तपाईं हामीले सन्तानको हुर्काईमा गलत प्रयोग त गरेका थिएनौँ ? अब बेला अझै छ समीक्षा गरौँ र वयस्कहरूलाई सचेत गराऔँ कि बेला उनीहरूको पनि चाँडै आउँदै छ हामीजस्तै भोग्ने । त्यस अनुकुल उनीहरू सच्चिए ‘बिहान रिसाएर हिँडेको बेलुका घर फर्केको’ जस्तै हुन्छ र परिवार सुखी भएर समाज पनि स्थिर रहला ।

आफ्ना अभिभावक संसारमा सबैभन्दा मूल्यवान सम्पति हुन् भन्ने सोचिदिए पुग्छ । धेरै देशमा गरिएको बैज्ञानिक अध्ययनले देखाएको छ कि हजुरबाआमा भएको परिवारका केटाकेटी कुपोषणको शिकार भएका छैनन् । त्यस्तो मिलेर बसेको सँयुक्त परिवारका केटाकेटीहरूले विद्यालयबाट कक्षा छोडेर भाग्ने गरेका छैनन् । त्यस्ता घरका केटाकेटी लागु दुव्र्यसनी भएको पनि बहुत कम पाइएको छ । के वैज्ञानिक अध्ययनबाट धेरै देशको समाजमा रहेको अनुसन्धान नतिजा भरपर्दो होइन ? हामी त्यसभित्र रहेको वास्तविकता व्यवहारमा नै देखेका मध्ये पर्छौ नि । हामीले गल्ती गरेको भए अहिल्यै सच्च्याऔँ न । सबै मिलिजुली एकाघरमा बसे के हुन्छ ? सप्रनु बाहेक केही हुन्न । बेलैमा बुझौँ ।

विज्ञान तथा प्रविधिको विकास यस शताव्दिको महत्वपूणर् उपलव्धि हो । मानव प्रजातिको जीवन सहज र सरल वनाउनको लागि यन्त्रविज्ञानको ठूलो सहयोग रहेको छ । अहिले सबैभन्दा बढि प्रयोग भनेको सायद ईन्टरनेट नै होला, करिब चौबिसै घण्टा वाईफाईको नाममा राख्न सक्नेको घरघरमा किनिएको छ । यसबाट सहयोग लिएर कम्प्युटर, मोवाईल र आईपडमार्फत कुराकानी गर्नु, घरायसी र सामाजिक समाचार पठाउनु सामान्य बनेको छ । सात डाँडा मात्र होईन सात समुन्द्र पारिका आफन्त र चिनजानका बिच गतिशील सिनेमा जस्तै हेराहेर गरेर कुराकानी अचेल सामान्य भएको छ । सकिन्छ भने दुरसञ्चारको बहुआयामिक फाईदा घरमा पनि राख्नु पर्‍यो । शारीरिक हिसाबले सकेको घरकाज गरेपछि पाका मानिस आफन्तसँग सम्पर्क गर्नसक्छन् । आफ्ना भोगाई र अवस्था भन्न पाउँदा र साटफेर गर्दा पनि धेरै सन्तोष हुन्छ । उनीहरू मनका कुरा गरेर हलुका महसुश गर्लान् । सामाजिक सञ्जालमा आएका केहि कामलाग्दा स्वास्थ्य सामग्रीको अध्ययनले सहयोग पुग्न सक्छ । त्यसरी अनुभव आदानप्रदान र अध्ययनले आफू पनि तन्दुरुस्त रहने उपाय गर्लान् । धेरै हिँडडुल नगर्ने र साक्षर पाका मानिसलाई अध्ययन लाभदायक छ भने निरक्षरलाई पनि खबर, युट्युब र बाचाल स्वास्थ्यमुलक सामग्री उपलव्ध छन् । बरु भरपर्दो सामग्री वा अनलाईनबारे वयस्कले जानकारी गराउनु राम्रो हुन्छ ।

बेलायतमा ६५ वर्षमाथिका ७७ प्रतिशत पाका पुरुषले ईन्टरनेट प्रयोग गरिएको पाइयो भने महिलाहरूको प्रतिशत अत्यधिक छ । ६५-७४ उमेर समुहका मानिसहरूले ईन्टरनेट सन २०११ म ५२ प्रतिशतले उपयोग गर्नेमा २०२० मा ८३ प्रतिशत पुगेको छ । ७५ वर्ष माथिका पाका मानिस त २१ प्रतिशतभन्दा बढीले हाते मोबाईल प्रयोग गर्ने भेटिएको छ । आजका पाका मानिस हुर्कँदा ईन्टरनेट भन्ने नै थिएन भने उनीहरूले सिकेको गति ईन्टरनेट सँगसँगै धेरै छिटो भएको छ । पहिलापहिला पठाउने चिट्ठीपत्र जस्तै अचेल आफ्ना ईष्टमित्र र साथीभाइलाई ईन्टरनेटबाट ससाना सबै अन्तरङ्ग कुरा आदानप्रदान गर्ने सामान्य तरिका भएको छ । बेलायतीहरू ईन्टरनेटको माध्यमबाट घरमा हप्ताभरी चाहिने सामान ढोकामा नै लिन्छन् । चलचित्रमाझैँ कोठामा बसिबसी अरु ठाउँमा भएका परिवारजन र साथिभाइसँग भिडियो गफ गर्छन् । सामाजिक सञ्जालमा आफ्ना कुरा र महत्वपूणर् तस्बिर हाल्छन् । साथीभाइसँग कम्प्युटर खेल खेलेर आफ्नो मस्तिष्क सकृय राख्छन् । यसै गरेर आफ्नो खर्च र बैँक खाता अद्यावधिक बनाउँछन् । विभिन्न किसिमका टिभी कार्यक्रम र मनपरेका सिनेमा हेर्छन् । एक्लोपन र निराशाको बिरुद्ध ईन्टरनेट सुबिधाले अनेकौँ संभावना मुखरित गर्नसक्छ भन्ने तथ्य बेलायतीहरूको रहेको छ ।
(ईन्टरनेटका ५ वटा प्रमुख प्रयोगबारे अर्को भागमा लेख्ने छु ।)

ल.पु. चालिसेडाँडा

लेखकका अरु सामग्रीः
१. मेरा अहिलेका साथीहरू, फ्रेसन्युजनेपाल डट कम अनलाईन, २०२१ नेभेम्बर २७
२. बुढ्यौलीमा हामीले गर्ने कामहरू, फित्कौली डट कम अनलाईन, २०२१ दिसम्बर २८
३. हामीले किन यस्तो भोग्छौँ ?, फित्कौली डट कम अनलाईन, २०२२ जनुवरी ११
४. हामी जता भए पनि !, फित्कौली डट कम अनलाईन, २०२२ फरबरी ५
५. हामी यस्तैमा छौँ साथीहरू !, परिसम्बाद डट कम अनलाईन, २०२२ फरवरी ९
६. हामीलाई फुर्सद छैन, के गर्नु ?(१), फित्कौली डट कम अनलाईन, २०२२ फरबरी १७
७. हामीलाई फुर्सद छैन, के गर्नु ?(२), फित्कौली डट कम अनलाईन, २०२२ फरबरी २४
८. हामीलाई फुर्सद छैन, के गर्नु ?(३), फित्कौली डट कम अनलाईन, २०२२ मार्च ५
९. हामीलाई फुर्सद छैन, के गर्नु ?(४), फित्कौली डट कम अनलाईन, २०२२ मार्च २०
१०. कसरी पाटी बन्दैछन् घरहरू.. मकालुखबर डट कम अनलाईन, १४ चैत्र, २९ मार्च २०२२
११. हामीलाई फुर्सद छैन, के गर्नु ?(५), फित्कौली डट कम अनलाईन, २०२२ मार्च ३१
१२. बृध्दभत्ता- पहेँला अक्षता कि पिण्ड हो ? मकालुखबर डट कम अनलाईन, २२ चैत्र, २०७८, ६ अप्रिल २०२२
१३. हामीलाई फुर्सद छैन, के गर्नु ?(६), फित्कौली डट कम अनलाईन, २०२२ अप्रिल १३
१४. मेरा अहिलेका साथीहरू (परिमार्जीत), फित्कौली डट कम अनलाईन, २०२२ मे ३, बैशाख २०, २०७९
१५. हामी हेपिने मान्छे हो र ? क्यानाडा नेपाल डट कम अनलाईन, ९ मे २०२२, बैशाख २६ २०७९
१६. हामीलाई एकै नापो काम लाग्दैन है ! फ्रेसन्युजनेपाल डट कम अनलाईन, २०२२ मई १७, ३ ज्येष्ठ २०७९
१७. ज्येष्ठ नागरिकलाई बेवास्ता गरे बिकास हुन्छ र ? क्यानाडा नेपाल डट कम अनलाईन, २० मे २०२२, ज्येष्ठ ६, २०७९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x