धनराज गिरीढुकुर भनी मान्यो, भोलि बन्छ गिद्ध !
वस्तविक कसाही हो, बगरे हो कुरूप !! पुजारी र गुरु बनी ठग्छ मान्छे साना !!
जीवन एक किताब हो, अनन्त छन् पाना !
रहस्यको एक सागर,फेर्ने अनेक बाना !
कसको मनमा के छ,के छ,जान्न सकिदैन !
निश्चित छैन केही पनि, रूप सार, नाना !
पीपलपाते मान्छेहरू, चिन्न अति मुस्किल !
पाथी, मुरी भन्ने ठान्यो, हुन्न आधा माना !!
वस्तविक कसाही हो, बगरे हो कुरूप !!
पुजारी र गुरु बनी ठग्छ मान्छे साना !!
पर्दामाथि अनेक पर्दा, ढाकेको छ मुहार !
न्यायाधीश बन्न खोज्छ, पाप कारखाना !!
आज ढुकुर भनी मान्यो, भोलि बन्छ गिद्ध !
कुरेको छ उही कुरा ढाकी घरको छाना !
अमित्रको शिकार हामी, मित्र भनी मान्दा !
हैरान दिक्क भएकै हो “गिरी बूँद राना !”
चितवन
Subscribe
Login
0 Comments
Oldest






































