साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चित्रमा चरित्र ?

“यसको क्यामेराले चित्र मात्रै होइन ! चरित्र समेत उदाङ्गो पार्छ ।” क्यामेराले चरित्र उदाङ्गो पार्ने कुरा हुने बित्तिकै भिड एकैनिमेषमा हट्यो । पर्यटक कोही थिएनन् !

Nepal Telecom ad

शहरको प्रसिद्ध पर्यटक स्थलमा घरेलु तथा देश विदेशका पर्यटकहरूको ओइरो लागेको थियो। पालैपालो तस्वीर खिच्नेहरूको भिड थियो । ठूलो तस्वीर बनाएर सय, दुइ सयमा फोटोग्राफरहरूले दुइ मिनेटमा दिन्थे ।

“आइये भैया ! दो मिनेटमे आपको बहुत सुन्दर फोटो मिलेगा ।”

घर छोडेर घुम्न निस्केपछि पैसाको महत्त्व सबैलाई कमै हुन्छ । त्यस फोटोग्राफरलाई फोटो खिच्न र पैसा झोलामा हाल्न फुर्सद थिएन ।

एउटाले भिडको बीचमा ठूलो स्वरले करायो ।
“तपाइँहरू यो मान्छेको क्यामेरामा फोटो नखीच्नु होस् । होशियार !”
सबै छक्क परे ।

“किन के भयो र यसको क्यामेरा ?” कसैले प्रश्न गर्यो ।

“यसको क्यामेराले चित्र मात्रै होइन ! चरित्र समेत उदाङ्गो पार्छ ।”

क्यामेराले चरित्र उदाङ्गो पार्ने कुरा हुने बित्तिकै भिड एकैनिमेषमा हट्यो । पर्यटक कोही थिएनन् !

सिक्किम । ११ जुन २०२२ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रमजीवी !

श्रमजीवी !

हेमराज अधिकारी
जङ्गलको बतास

जङ्गलको बतास

हेमराज अधिकारी
भिडसँग

भिडसँग

हेमराज अधिकारी
कथाको अन्त

कथाको अन्त

हेमराज अधिकारी
कठै उल्लूहरू !

कठै उल्लूहरू !

हेमराज अधिकारी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x