साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल किन बस्दैन मान्छे ?

भएजत्ति सम्पत्ति उतै लान्छन्, बुडेसकालसम्म बन्दुक बोकेर खान्छन् । किनभने यहाँ सत्ताले सुनलाई तामो र पित्तल बनाइदिन्छ । हक खोज्ने अर्जुनलाई, तातो गोली पिलाएर सित्तल बनाइदिन्छन् ।

Nepal Telecom ad

सगरमाथा पनि यहीं छ,
गौरवगाथा पनि यहीँ छ ।
लुम्बिनी र पशुपति पनि छ,
वरुण, गण्डकी र बागमति पनि छ ।
छ,जनकपुर र मुक्तिनाथ पनि,
पारुहाङ, सुम्निमा र वुद्धको साथ पनि ।
तर राम्रो पढ्ने छात्र यहाँ बस्न मान्दैन,
अब्बल र मेधावी पात्र यहाँ बस्न मान्दैन ।
किनभने यहाँ
नयाँ भाँडालाई पत्रु बनाइन्छ,
आफन्तलाई शत्रु बनाइन्छ ।
देश बनाउने निणर्ायक ठाउँमा
कवाडी खटारा मालहरू छन्,
लाख दुईलाखमा बिक्ने कङ्गालह छन् ।

विदेशी फौजमा काम गरेर
करोडौँ कमाएकाहरू,
पेन्सन भई आएर पनि
समुद्रपार टाडामा बस्छन् ।
शहरका घर बेचेर विदेशका
एपार्टमेन्ट भाडामा बस्छन् ।
सन्तानहरू विदेशमा जन्माउन चहान्छन् ।
छोरीहरू विदेशतिरै अन्माउन चहान्छन् ।
भएजत्ति सम्पत्ति उतै लान्छन्,
बुडेसकालसम्म बन्दुक बोकेर खान्छन् ।
किनभने यहाँ सत्ताले
सुनलाई तामो र पित्तल बनाइदिन्छ ।
हक खोज्ने अर्जुनलाई,
तातो गोली पिलाएर सित्तल बनाइदिन्छन् ।
रातो मसी दलेर, सुँगुरलाई कस्तुरी
र भालुलाई चित्तल बनाइदिन्छन् ।

जल यहीँ छ, बल यहीँ छ,
दशदश बर्षमा राजनीतिक
अदलबदल यहीँ छ ।
जडीबुटी वनभरि छ,
देशको माया मनभरि छ ।
तर तन्नेरीहरू मुङ्लान भासिरहन्छन्,
विश्वद्यालयका प्रथम श्रेणीहरू
इलिगल भिसा बोकेर पनि
डायस्पोराको भित्तामा टाँसिरहन्छन् ।
योग्यता, सीप र सिर्जनाहरू,
अरबको तातो बालुवामा
स्वयम् सिमेन्ट बनेर गाँसिइरहन्छन् ।
किनभने आफ्नो देश आफ्नो छैन,
मुठ्ठीभरद्वारा वलात्कृत किसोरी बनेको छ ।
तलदेखि माथिसम्म, भित्रदेखि बाहिरसम्म
टेबुल र कुर्सी नै घुसखोरी बनेको छ ।
बस्न मन कसरी लागोस् पनि र
चिल्लो गाडी, सुकिलो लुगा अनि
आकर्षक महलभित्र …..
लुकेको मन नै फोहोरी बनेको छ ।

खाँदबारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x