साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेडायुद्ध

भेडाको इतिहासमा उनीहरूका शाहदतका कहानी पनि लेखिँदै थिए । तर भेडाहरूले भने अझै पनि युद्धको अनुहार देख्न पाएका थिएनन् ।

Nepal Telecom ad

भेडाहरूको बथान युद्ध जित्न हिँडेको थियो । उनीहरूलाई युद्धमा कसरी जित्नुपर्छ भन्ने चाहिँ थाहा थिएन । थाहा कति चाहिँ थियो भने कमाण्डर भेडाले जे जे भन्छ त्यहीत्यही गर्यो भने युद्ध अवश्य जितिन्छ ।

भेडाहरूको कमाण्डरले उदघोष गर्यो- “युद्ध जित्ने हो भने हामीले युद्धमा बलिदानी दिन समेत तयार हुनुपर्छ ।”
बथानका भेडाहरूले एक स्वरमा भने- “हो, हामी जस्तोसुकै बलिदानी गर्न पनि तयार छौँ । हामी युद्ध जित्छौँ, जित्छौँ । युद्ध जित्नु हाम्रो धर्म हो ।”

कमाण्डर भेडाको आदेश अनुसार भेडाको बथान युद्धको मोर्चामा अगाडि बढिरहेको थियो । बथानबाट हरेक दिन भेडा गोठालाले मासु व्यापारीलाई एकदुई भेडा त बेचिहाल्थ्यो ।

भेडाको संख्या घटेपछि कमाण्डर भेडो सुरुमा भावुकता प्रदर्शन गथ्र्यो । अनि एकैछिनमा चर्को स्वरमा बथानका अरु भेडालाई भन्थ्यो- “आज युद्ध मैदानमा हाम्रा दुई जना होनाहार योद्धाहरूले शाहदत प्राप्त गरे । अब यो बलिदानीको हामीले दुश्मनसँग बदला लिनै पर्छ ।”

भेडाको बलिदानीको श्रृङ्खला हरेक दिन जसो निरन्तर चलिरहेको थियो । बथानका बाँकी भेडाहरू युद्ध गर्दैछौँ भन्ने बुझाइमा बाँचिरहेका थिए । गोठालाको आदेशअनुसार कमाण्डर भेडो बथानका अरु भेडाहरूलाई हरेक दिन भेडाहरूको शाहदतको कथा सुनाउँदै शाहदतप्रति श्रद्धाञ्जली दिन लाउँथ्यो । भेडाहरू भावपूणर् श्रद्धाञ्जली दिन्थे ।

अर्को एक दिन भने एक जना व्यापारीले मासुका लागि त्यही कमाण्डर भेडो रोज्यो । कमाण्डर भेडाले अरु भेडालाई गुम्राहमा राखेर गोठालालाई गुन लगाएको थियो । कमाण्डर भेडाले आफूलाई नबेच्न अनुरोध गर्यो, तर गोठालोले मानेन । भेडा गोठालाले त्यस दिन त्यही कमाण्डर भेडो नै बेचिदियो । अन्ततः त्यो दिन कमाण्डर भेडो नै काटियो । त्यही दिन गोठालोद्वारा अर्को एउटा भेडो कमाण्डरमा नियुक्ति भयो । अब नयाँ कमाण्डरले भेडाको बलिदानीको गाथा गाउने कामलाई निरन्तरता दियो ।

भेडाहरूको युद्ध निरन्तर चलिरहेको थियो । युद्धमा एकपछि अर्को, अनि अर्को भेडाले निरन्तर शाहदत प्राप्त गर्दै थिए । बलिदानीको कथा पनि निरन्तर सुनाइँदै थियो । भेडाको इतिहासमा उनीहरूका शाहदतका कहानी पनि लेखिँदै थिए । तर भेडाहरूले भने अझै पनि युद्धको अनुहार देख्न पाएका थिएनन् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
प्राज्ञ बन्ने योग्यता

प्राज्ञ बन्ने योग्यता

रामकुमार पण्डित क्षेत्री
घडीको आत्मकथा

घडीको आत्मकथा

फित्काैली डटकम
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x