साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा कविको स्वीकारोक्ति

झूट बैमानी र/छलकपटको सहारामा- कविता लेख्दैछु ! म स्वीकार गर्छु- मैले विदेशीको हुण्डी खाएर- देशभक्तिको कविता लेखेको हुँ !

Nepal Telecom ad

म कवि हुँ र/म स्वीकार गर्छु-
जाडोको कविता-
मैले सिरक ओडेर लेखेको हुँ !
म स्वीकार गर्छु-
आँसुको कविता रक्सी पिएर लेखेको हुँ !
म स्वीकार गर्छु-
तन्न अघाएको बेला-
भोकको कविता लेखेको हुँ !

मनमा घृणाका असंख्य कुण्ठाहरू पालेर
प्रेमको कविता लेखेको हुँ !
छिमेकीको छानोमा पिसाब फेर्दै-
सदाचारको कविता लेखेको हुँ !
म स्वीकार गर्छु-
स्वार्थको उपल्लो भूभागमा उभिएर
मित्रताको कविता लेखेको हुँ !

पापको पोखरीमा चुर्लुम्म डुब्दै
धर्मको कविता लेखेको हुँ !
पतित विचारको मसीबाट –
नैतिकताको कविता लेखेको हुँ !
अश्लीलताको पराकाष्ठाबाट-
शालीनताको कविता लेखेको हुँ !

म स्वीकार गर्छु-
राँगाको मासु चपाउँदै-
अहिंसाको कविता लेखेको हुँ !
-चुँडालेर फूलका थुँगाहरू
सौन्दर्यको कविता लेखेको हुँ !
– रुखका हाँगाहरू भाँच्दै
– अबोध चराहरू लखेट्दै
प्रकृतिको कविता लेखेको हुँ !
– आत्मरतिको आवेगमा
दर्शनको कविता लेखेको हुँ !
– स्थिर तलाउमा ढुंगा हिर्काएर-
शान्तिको कविता लेखेको हुँ !
म स्वीकार गर्छु-
चिन्तन र/विचारबाट स्खलित भएर-
मैले कविता लेखेको हुँ !

भित्र भित्र विद्वेष र/विभाजनको विउ रोप्दै-
बाहिर बाहिर सामाजिकताको कविता लेखेको हुँ !
म स्वीकार गर्छु-
न्याय/विधान साक्षी राखेर-
मैले अपराधीहरूको पक्षमा कविता लेखेको हुँ !
म स्वीकार गर्छु-
मैले घूस खाएर भ्रष्टाचार विरुद्ध कविता लेखेको हुँ
कमिशन खाएर दलाली विरुद्ध कविता लेखेको हुँ !

कामुक कामुक शब्दहरू प्रयोग गरेर-
अमूर्त अमूर्त शब्दहरू प्रयोग गरेर-
क्लिष्ट क्लिष्ट शब्दहरू प्रयोग गरेर-
नजाने कति वर्षदेखि-
झूट बैमानी र/छलकपटको सहारामा-
कविता लेख्दैछु !
म स्वीकार गर्छु-
मैले विदेशीको हुण्डी खाएर-
देशभक्तिको कविता लेखेको हुँ !

हाल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x