साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुँडी

बाँकी हिँडाइ त मेरो सँधै कारमा हो भुँडी भर्ने मोजको संसारमा हो । म पैले अरुको भुँडीको आरिस गरेर राजनीतिमा छिरेको आज आफ्नै भुँडी देख्दा रिस लाग्न थाल्यो ।

Nepal Telecom ad

म पैले
अरुको भुँडीको आरिस गरेर राजनीतिमा लागेको
आज आफ्नै भुँडी देख्दा रिस उठ्न थाल्यो
म पैले सामन्तको भकारी फोर्न राजनीतिमा लागेको
आज आफ्नै महल देख्दा मुटु फुट्न थाल्यो ।

म पैले सामन्तका कथाहरू पढ्थें
रुस चीन कतै अन्तका कथाहरू पढ्थें
अस्ति अस्ति सामन्तीको मात्र ठूलो भुँडी देख्थें
कथाहरूमा भुँडे साहु भनेर लेख्थें
आज आफ्नै भुँडी ठूलो भएछ
भुँडी हुनु त चिन्ताको कुरा पो रहेछ
जब जब म
थैले खत्रीको रानी खेत
ख्याउटे कार्कीले हडपेको
लुखुरेको लाहुरी भैंसी
द्वारे बाले जालसाँजमा आफ्नु पारेको
कथाहरू पढ्थें
मेरा रौं रौंहरू तातिएर धूवाँ छोड्थे
मेरा आँखा रातिएर बिद्रोह बोल्थे
तर म
आज करोडौंको मोटरमा चढ्दा
ती सामन्तहरूप्रति कुनै बैरभाव छैन
दुनियाँमा सबैभन्दा ठूलो पद र पैसा हो
दुवै नहुनेले क्यै गर्न सक्दैन
चिन्ता त हिजो पनि भुँडीकै लागेको थ्यो
आज पनि भुँडीकै लागिरहेछ
फरक यति हो
हिजो खाली भुँडीको
आज भरी भुँडीको ।

एका बिहानै म भुँडी घटाउँन
चिल्ला सडकमा लेफ्टराइट गर्छु
एका बिहानै उ भुँडीकै लागि
परिस्थितिसंग फाइट गर्छ
मेरो भुँडीमा काजु सेकुवा रक्सी कवाफको संघीयता छ
उस्को भुँडी हकुवा बिजी चामलको एकात्मक राज्य छ
म सच्चा समाजवादी
त्यसैले त मेरो आँखा राजनीतिमा छ
उ नितान्त व्यक्तिवादी
उस्लाई परिवार कसरी पालौं भाछ
आज भोलि मेरी बूढी पनि भुँडीको विपक्षमा छिन्
त्यसैले त बिहान बेलुका हिंड्ने गर्छु एक छिन्
बाँकी हिँडाइ त मेरो सँधै कारमा हो
भुँडी भर्ने मोजको संसारमा हो ।

म पैले अरुको भुँडीको आरिस गरेर राजनीतिमा छिरेको
आज आफ्नै भुँडी देख्दा रिस लाग्न थाल्यो ।

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
0
Would love your thoughts, please comment.x
()
x