साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आउनुस् अब सम्मान थपौँ !

यस्ता महान देश निर्माणकर्तालाई सम्मान गरेरर देश निर्माणमा हामीले एक थोपा भए नि योगदान पुर्याऊँ । बेलैमा उनीहरूको सम्मान गरिएन भने उनीहरूको देश निर्माण गर्ने जाँगर घट्ला र देश डुब्ला है !

Nepal Telecom ad

देश सम्मानमय भएको छ । जताततै सम्मानको लहर चलेको छ । कसैले सम्मानित हुने काम गरेपछि त्यस्तालाई सम्मान त गर्नैपर्यो । सम्मान गर्नु सोह्रै आना राम्रो कुरा हो । त्यही राम्रो भएकाले त दिनमा ८/१० वटा सम्मान कार्यक्रम चलेकै हुन्छन् । ३/४ दर्जन जति सम्मानित भएकै हुन्छन् । यही सम्मान कार्यक्रमले गर्दा त कतिले रोजगार पाएका छन् । सम्मानित हुनेले सम्मानको आयोजकलाई दिने सहयोगले सम्मान आयोकको गुजारा चलेको छ । सम्मान प्रमाणपत्र छाप्नेको आम्दानी बढेको छ । सम्मानको दोसल्ला बेच्नेदेखि फूलमाला बेच्नेसम्मले आम्दानी गर्न पाएका छन् । कार्यक्रम आयोजना गरिएका होटल र पार्टी प्यालेसहरूले पनि आम्दानी बढाएका छन् । त्यहाँ काम गर्ने मजदूरहरूको रोजिरोटीमा पनि केही योगदान पक्कै पुग्ला । उता यस्ता कार्यक्रममा एक घण्टा ढिलो पुग्ने कार्यक्रमको प्रमुख अतिथि विशेषणधारीको पनि मानभाउ वृद्धि नै होला । सम्मान पाउनेको त नाक ठूलो हुने नै भयो । यसरी जतातिरबाट हेर्दा पनि कतै वेफाइदा नदेखिने सबैतिर फाइदा नै फाइदा देखिने काइदाको कामलाई बढवा नदिएर भयो ? आउनुस् आउनुस्, सम्मान गरौँ ।

आजकल साहित्यकार सम्मान, कलाकार सम्मान, सस्कृतिकर्मी सम्मान, अधिकारकर्मी सम्मान, अभियन्ता सम्मान, नागरिक सम्मान, समाजसेवी सम्मान, राजनीतिक सम्मान, आर्थिक सम्मान, कानूनका सम्मान । यी बजारका चलनचल्तीका सम्मान । आजकल कुन क्षेत्रमा छैन सम्मान ? राम्रो कुरा हो, यस्ता संसार हाक्नेहरूलाई सम्मान नगरी हामी नेपाली भएर जन्मेको के अर्थ र ? नेपालीको संस्कार नै हो नि, पाहुनाको स्वागत र ठूलाबडाको सम्मान । आउनुस् सम्मानलाई अझ तीव्रता दिउँ, हाम्रो संस्कारलाई थप मजबुत बनाऊँ ।

यस्ता विश्व व्रह्माण्ड नै हाँकेका व्यक्तिहरू सम्मानित हुँदा को खुसी छैन ? धरतीपुत्रले पाएका यिनै सम्मान देखेर त धरती पनि हाँसेको छ । विश्व ब्रह्माण्ड चलेको छ, विहान सूर्य उदाएको छ, रातमा चन्द्रमा लागेको छ । सायद यी सम्मानहरू नगरिँदा हुन् त पृथ्वी घुम्न रोकिन्थ्यो होला, धर्ती रसातलमा भाषिन्थ्यो होला । आकाशमा चन्द्र र सूर्य देखिँदैनथे होला । चराचर जगत यही सम्मानमा त अडेको छ । त्यसैले सम्मान कार्यक्रमलाई प्रबद्र्धन गरौँ । पृथ्वीमा जन्मेपछि महानहरूको सम्मान गरेर मान्छे हुनुको जिम्मेवारी पूरा गरौँ ।

सम्मान हुनु बहुत बढिया बात छ । तर अझै पनि खास सम्मान गर्नुपर्ने भने छुटेका छन् । तिनलाई पनि सम्मान गरेर बातलाई अझ बढिया बनाउनु छ । आउनुस् आउनुस्, थप सम्मानको घोषणा गरौँ ।

बाटोमा फोहोर फालेर आफ्नो घर सफा राख्नेलाई उत्कृष्ट फोहोेर विसर्जक सम्मान दिऊँ । कुकुर पाल्ने र हगाउन बाटोमा लैजानेलाई कुकुर सम्मान किन नदिने ? भ्रष्टाचार गरेर जम्मा गरेको सम्पत्तिले ठूलाठूला निजी महल ठड्याएर सहरलाई सभ्यताको परिचायक बनाउनेलाई सभ्यता सम्मान दिनुपर्छ । कानून मिच्ने धूर्तलाई बठ्याइँ सम्मान प्रदान गर्नुपर्छ । बाटो मिच्ने र सरकारी जग्गा हडप्नेहरू हडपा सम्मानका लागि योग्य छन् । बलात्कारी भनिएकाहरू नारी सौन्दर्यका पूजारी हुन् । तिनले सौन्दर्य सम्मान पाउनुपर्छ । राजनीतिमा दलाली गर्ने पनि शेयर दलाली जस्तै सम्मानित हुनुपर्छ, वरिष्ट दलाल सम्मान पाउनुपर्छ । बजारमा देखिएका लफङ्गा, गुण्डा, लुटाहा, फटाहा सबैले आफ्नो योगदान अनुसारको सम्मान पाउनैपर्छ । किन कि, यो देश हिजो यिनैले बनाए, आज यिनैले बनाइरहेका छन् । भोलि पनि बनाउने यिनैले हुन् ।

अहिलेसम्म जति पनि सम्मान कार्यक्रम भएका छन् ती निजी क्षेत्रले गरेका छन् । अब यिनलाई सम्मान चाहिँ सरकारले गर्नुपर्छ । खर्च राज्य कोषबाटै हुनुपर्छ । त्यसो भयो भने मात्र जनताले तिरेको करको हिस्सा त्यो सम्मानमा पर्छ र जनताले पनि त्यो सम्मानमा अपनत्व महसुस गर्छन् । यस्ता महानहरूलाई सम्मानित गर्ने ठाउँमा आफ्नो पसिनाको थोपो भए पनि परेकोमा जनता धन्य हुनेछन् ।

आउनुस्, अब कत्ति पनि ढिला नगरी यस्ता नयाँनयाँ सम्मानको स्थापना गरौँ । यस्ता महान देश निर्माणकर्तालाई सम्मान गरेरर देश निर्माणमा हामीले एक थोपा भए नि योगदान पुर्याऊँ । बेलैमा उनीहरूको सम्मान गरिएन भने उनीहरूको देश निर्माण गर्ने जाँगर घट्ला र देश डुब्ला है !!!

०००
मोबाइल : ९८५१०५३१२७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x