साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन खित्का

उनीहरू कुरा काट्दा काट्दै फुर्सदै पाउँदैनन् । तिनीहरू यसमा माहिर पनि छन्, त्यस्ताका अगाडि हामीले कहाँ जित्छौ त !

Nepal Telecom ad

१. कुरा काट पर्तियोगिता

संसारभरका देशहरू बीच कुरा काट प्रतियोगिता गराइएको थियो । सो प्रतियोगिता नेपालका तर्फबाट गफाडी प्रतियोगी सनकमान बिजयी भएर पहिलो हुनु भए । अरू देशका गफाडीहरू हारेका थिए । हारेका प्रतियोगीहरूलाई पत्रकारहरूले सोधे- तपाईंहरू यति सानो देशका गफाडीसँग हार्नुभयो नि ! हारेका उनै प्रतियोगीले पत्रकारहरूलाई भने- हामी काम गर्दागर्दै फुर्सदै पाउन्नौ, उनीहरू कुरा काट्दा काट्दै फुर्सदै पाउँदैनन् । तिनीहरू यसमा माहिर पनि छन्, त्यस्ताका अगाडि हामीले कहाँ जित्छौ त !

हारेका प्रतियोगीको कुरा सुनेर पत्रकार पो बेहोस ।

२. बनेपाका बुद्वरत्न

बनेपाका बुद्वरत्नले खाना खाँदैगर्दा बुहारीमाथि जहिले पनि टोकस्न र किचकिच गर्दै कराउँथे । अति भएर एकदिन बुहारीले हाँस्दै भनिन्- बा ! यो घरमा सधै मैले नै पकाई तुल्याई गरेर ख्याउँदै आइरहेकी छु । सबैलाई मीठै लाग्छ क्यारे ! तपाईंलाई चाहिँ के हुन्छ कुन्नि, जहिल्यै गनगन मात्रै गर्नुहुन्छ । ठीकै छ त बा ! यस्तो खोट लाउन जान्ने मान्छेले त मीठैसँग पकाउनुहुन्छ होला नि ! तपाईंले एकचोटी मात्र मलाई पकाएर ख्याउनुस् त ! कस्तो पकाउनु हुन्छ भनेर म पनि जाँच्छु नि !

त्यसपछि बुद्वरत्नको बोली सधैका लागि बन्द भयो ।

३. ऊ जस्तो बाठो

एकदिन घरमा पारिवारिक जमघट थियो । फुर्सदमा बच्चाहरूले उफ्रेर दुःख दिनथाले । जेठी फुपूले भन्नुभयो- अहिलेका बच्चाहरू साहै बाठा ! कुरा पनि त्यस्तै, हाम्ले त भ्याउनै नसक्ने ! त्यही मौका छोपेर मैले भने- किन नहोस् त ! डाक्टर साहेबले भन्नु भाको, आमा दुई जीउकी हुँदा आमाले जे खान्छ पेट भित्रको बच्चाले पनि त्यही खान्छ । त्यस्तो बेलामा आमाले बढी टेलिभिजन हेरिन् भने के हुन्छ ? त्यहाँ उपस्थित एउटा बाठो बच्चातिर सङ्केत गर्दैै मैले थपेँ- उ त्यो जस्तो बाठो हुन्छ क्या त ।

०००
चाबहिल, सरस्वतीनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x