साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मकाण्ड

“भिसा” शब्द सुन्नासाथ तिनले आफ्नो पेट दोब्य्राइन् । उनको साथमा पुरानो लालपुर्जा थियो । लेखिएको थियो । - “पितृ तर्पण !” पितृ तर्पणका लागि आज सरकार गठनको बहस चलिरहेको थियो ।

Nepal Telecom ad

– “मान्छेको महत्व कतिबेला हुन्छ ?”
– “जतिबेला दुख पर्छ अनि न खास मान्छे खोजिन्छ ।”
नर्कमा भड्किरहेका प्रेतात्माहरू लामो बहस गरिरहेका थिए । उनीहरूले दुखेसोमा पछुताएर एउटै तर्क गरे ।
– “मान्छे भएर देश बनाउन सकिएन । मृत्युपछि भएपनि जन ऋण नतिरे नर्कमा बसिरहेमा अर्को जन्म हुँदैन !”

प्रेतात्माहरू ओसोको सम्मोहन शर्त झैं क्वाँ क्वाँ रोए । मान्छे भएर गरेको भोगविलास, दलाली, कर्मकाण्ड, अपराध, ठगी र ढाँटछल सम्झँदै नर्कको पीडामा चिच्याएर त्यसै भड्किन थाले । उनीहरूको रूवाइत देखेर नर्कमा हङ्गामा भयो । नारा जुलुस र तिकडम चल्न थाल्यो । नर्क भत्कने डरले त्यहाँ शर्त सहित एक घोषणा भयो ।
– “नर्कबाट रेल चढेर पृथ्वीको चुनावमा भोट खसालेमा पाप मोचन हुने !”

त्यसपछि त्यहाँ विभिन्न अपराधमा नर्क बन्दीमा परेका प्रेतात्मा धमाधम पृथ्वीमा ओर्लेर भोट हालेर उल्लास मनाइरहेका थिए । एक प्रेतात्माले आफ्नै जीवित तरूणमैयाँ देखेर नजिकै गएर सोध्यो ।
– “तिमी पनि चुनाव लडेको हो ? नत्र एकभोट सुटुक्क दिन्छु !” ती मैयाँको कन्सिरी तातेर आयो । उनले एक झापड लगाएर भनिन् ।
– “तैँ हैनस् ? मेरो सम्पती ललाइ फकाई खाने ?”
– “बरू म नर्क छोडिदिन्छु, तिम्रै साथमा बस्छु । मेरो पृथ्वीको भिसा सकिएको छ के !”
“भिसा“ शब्द सुन्नासाथ तिनले आफ्नो पेट दोब्य्राइन् । उनको साथमा पुरानो लालपुर्जा थियो । लेखिएको थियो ।
– “पितृ तर्पण !”

पितृ तर्पणका लागि आज सरकार गठनको बहस चलिरहेको थियो ।
– “कर्मकाण्ड !”

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नियति

नियति

किशन पाैडेल
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
0
Would love your thoughts, please comment.x
()
x