साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुख्याचाहरू

कसले बनाउन लगायो बालाई यतिका बुख्याचाहरू कसले सजाउन लगायो हाम्रै बारीमा बिकामी मुर्कट्टाहरू ? आखिर कसले बनायो हाम्रो घरलाई यन्त्रमानवको सङ्ग्रहालय ?

Nepal Telecom ad

आमा !
कसले बनाउन लगायो
बालाई यतिका बुख्याचाहरू ?
कसले सजाउन लगायो
हाम्रै बारीमा बिकामी मुर्कट्टाहरू ?
आखिर कसले बनायो
हाम्रो घरलाई यन्त्रमानवको सङ्ग्रहालय ?

बा दिनहुँ
घामसितै उठेर
गाड्न लगाउनुहुन्थ्यो
बारीमा नयाँ बुख्याचा
र भन्नुहुन्थ्यो,
कान्छा ! अब तैँले बाली कुर्न पर्दैन ।

मख्ख पर्थेँ म
खुसीहरू छचल्किँदै छचल्किँदै
ओठ हुँदै आँखासम्म नाच्न थाल्थे
नसकिँदै हाम्रो प्रणयगान
बाका आँखामा उदासी खेल्न थाल्थे
भन्नुहुन्थ्यो बा-
कान्छा ! यो पालि पनि काम गरेन बुख्याचाले !

प्रत्येक बिहानी
आफूमा सुकुमार आभा लिएर
पूर्वतिरको भन्ज्याङबाट झुल्किन्थ्यो घाम
घामसितै मिसिन खोज्थे हाम्रा गुलाबी मुस्कान
तर, टुसाउन नपाउँदै खुसीका कोपिलाहरू
हुरी चल्थ्यो
झरी पर्थ्यो
तुसारो र कुहिरो खस्थ्यो
अनि मुर्झाउँथे फक्रन तम्तयार कलिला सपनाहरू ।

भन्नुहुन्थ्यो बा-
झुम्राको बनाए पनि
हीराले सजाए पनि
विवेक भर्न नसकेपछि
बुख्याचा, बुख्याचा नै हुँदोरहेछ
कान्छा ! बेकारीमा थुपारिएछ यतिका बुख्याचाहरू !

आज अनुभव गर्दैछु
आखिर रिमोट नै गुमाएपछि
कसरी बिकामी बन्दारहेछन् यन्त्रका मानवहरू !
र, कसरी नाच्दा रहेछन् पराई सङ्गीतमा !

आमा-
कसले बनाउन लगायो
बालाई यतिका बुख्याचाहरू
कसले सजाउन लगायो
हाम्रै बारीमा बिकामी मुर्कट्टाहरू ?
आखिर कसले बनायो
हाम्रो घरलाई यन्त्रमानवको सङ्ग्रहालय ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अग्नि उत्सव

अग्नि उत्सव

भावकेशर बराल
बुद्ध र आगो

बुद्ध र आगो

भावकेशर बराल
मायाको बिस्कुन

मायाको बिस्कुन

भावकेशर बराल
शहीदलाई प्रश्न

शहीदलाई प्रश्न

भावकेशर बराल
आउनुभो यस बस्तीमा ?

आउनुभो यस बस्तीमा ?

भावकेशर बराल
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x