साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाचन प्रणाली

कुकृत्यहरू, अपराधहरू, अकर्मण्यता सबै पचाइदिन सक्छ । घोषणापत्रमा उल्लेख भएका कुराहरू पचाइदिन सक्छ । राशका राश आश्वासनहरू पचाइदिन सक्छ ।

Nepal Telecom ad

खान्की पचाउने शरीरको भित्री आन्द्राभूँडीसहितको पार्टपुर्जालाइ पाचन प्रणाली हो भन्ने बुझेको छु मैले । खसी, बोका, कुखुरा, हाँसको पाचन प्रणाली नजिकैबाट नियालेको एक मनुवा हुनुको हैसियतले यति भन्न सक्छु कि मान्छेको पाचन प्रणाली तात्विक रूपमा ती पशुपंक्षीको भन्दा फरक छैन ।

पाचन प्रणालीको रूपरेखा सबै मान्छे मात्रको एकैनासको हुन्छ । कसैको जठराग्नी बलियो होला कसैको कमजोर त्यो अलग पाटो हो ।

पाचनप्रणाली कमजोर हुनेले घिउ त परै जाओस् च्याउ पनि पचाउन सक्दैन । जस्तो खायो त्यस्तै निस्कन्छ निष्कासन यन्त्रबाट । साग खायो भने फेरि अर्को छाकलाई पुग्ने गरि साग निस्कन्छ, भात खायो भने भात नै ओकल्छ दुबै मुखबाट । अन्न सागपात फलफूल पचाउने क्षमतै हुँदैन । मान्छे पिलन्धरे हुन्छ , ख्याउटे हुन्छ, च्याउमुखे हुन्छ । फु गर्दा ढल्ने खालको हुन्छ, जोडले हु गर्दा तर्सने खालको हुन्छ रातीमा भेट्दा तर्साउने खालको हुन्छ ।

बलियो पाचन प्रणाली भएको मान्छेको त के कुरा गरौं । ऊ त शोले फिलिमको गब्बर सिंह जस्तै जब्बर हुन्छ । हठिलो गठिलो ज्यान भएको हुन्छ । पुरुष हो भने राजेस हमाल जस्तो फुर्तिलो हुन्छ, महिला हो भने सन्नी लियोन जस्तो भरिलो ज्यान भएको हुन्छे । हिजो आज दुर्लभ मानिएको पियोर दूध, घिउ पचाउने क्षमता हुन्छ । नयाँ गहुँको रोटी सजिलै पचाउँछ उसले । छिप्पेकोको च्याङ्ग्रा बोका राँगाको सुकुटी पचाउन सक्दछ उसले । किनकी जठराग्नी मजबुत छ उसको । जे खाए पनि मलमा रुपान्तरित गर्न सक्छ उसले ।

कसैकसैको पाचन प्रणाली यति मजबुत हुन्छ कि उसले देशका उद्योग कलकारखाना, नदिनाला, प्राकृतिक साधन स्रोत नै पचाइदिन सक्छ । राष्ट्रियता, सम्प्रभूता, अखण्डता पचाइदिन सक्छ । क्वीन्टलका क्वीन्टल सुन पचाइदिन सक्छ । राष्ट्रको ढुकुटी पचाइदिन सक्छ । लाज पचाइदिन सक्छ, घिन पचाइदिन सक्छ । साझा यातायात पचाइदिन सक्छ, वायुसेवा निगम, आयल निगम आदि इत्यादि पचाइदिन सक्छ ।

पाचन प्रणाली न हो मजबुत भएपछि कसको के लाग्यो र ? आस्था विश्वास भरोसा पचाइदिन सक्छ । नियम कानून विधि बिधान पचाइदिन सक्छ । कुकृत्यहरू, अपराधहरू, अकर्मण्यता सबै पचाइदिन सक्छ । घोषणापत्रमा उल्लेख भएका कुराहरू पचाइदिन सक्छ । राशका राश आश्वासनहरू पचाइदिन सक्छ ।

पाचनप्रणाली मजबुत हुनेको इतिबृतान्त कहने हो भने उसले गिता जस्तो पवित्र ग्रन्थ छोएर खाएको सपथ पचाउन सक्ने ल्याकत राख्छ । दुखी पीडित जनताको पाउ परेर भोटको याचना गरेको दिनको मर्म पचाउने हैसियत राख्छ । ती दुखी पीडित जनको आँसु पचाउने क्षमता राख्दछ ।

पाचन प्रणाली मजबुत हुनैपर्छ । यसमा दुई मत छैन । यसो भन्दैमा घुस र कमिसनको खेती गरेर मुलुकनै पचाउने त ! आफ्ना भावी पिँढीहरूको इज्जत प्रतिष्ठा नै पचाउने त ! देश र जनताको भाग्य र भविष्य नै पचाउने त ! अहँ, यस्तो कृतघ्नता कसैले नगरोस् भन्ने कामना गर्न चाहन्छ यो भैरवेली ठिटो ।

०००
२०७९ मङ्सिर १६
सम्पर्कसूत्र : ९८६७२९१७४६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलमल्ल

अलमल्ल

रामकृष्ण ढकाल
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (२)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
सञ्जालको जाल : कालको द्वार

सञ्जालको जाल : कालको...

फित्काैली डटकम
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x