साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजको नाच यो

वीर दर्ता हुने आज छट्टू भए जो लठेब्रा सुधा ती निखट्टू भए बुद्धिमान् मानिने चाहिं पट्टू भए खेल हेर्ने यसै दङ्ग लट्टू भए ।

Nepal Telecom ad

नाचियो नाचियो मस्त भै नाचियो
ताल बाजाबिनै स्वादले नाचियो
लोकको तन्त्रमा लोक नै खाँदियो
यस्तरी नाचियो कम्मरै भाँचियो ।।

लोक भन्ने त भेंडा र बाख्रा भयो
चङ्खका हातको भव्य खाजा भयो
आश के के थियो खै त टाढा भयो
जो सुधो हो उतापट्टि जा जा भयो ।।

तीव्र आस्था लिई उभ्भियो मन्दिर
मूर्तिमा हालियो अक्षता सिन्दुर
मूर्ति नै भैदियो निर्दयी पत्थर
चित्त चिर्दै निराशा चल्यो चर्चर ।।

चढ्छ नैवेद्य खाने पुजारीहरू
लासमा हाँस्न थाले शिकारीहरू
नोटमै मात्र हेर्छन् बिचारीहरू
बूथमै सिद्धिएछन् चिनारीहरू ।।

बन्द घेरा दिई एक मेला चल्यो
चित्त लोभ्याउँदै दीपमाला बल्यो
पस्नकै निम्तिमा शुल्क लाग्ने भयो
शुल्क तिर्ने गयो शेष टाढै रह्यो ।।

वीर दर्ता हुने आज छट्टू भए
जो लठेब्रा सुधा ती निखट्टू भए
बुद्धिमान् मानिने चाहिं पट्टू भए
खेल हेर्ने यसै दङ्ग लट्टू भए ।।

मण्डली छन् फलाक्ने नयाँ रागिनी
पस्न खोज्दैछ अर्कै नयाँ वाहिनी
चित्र देखाउँछन् सामुमा स्वर्गको
हात डोर्‍याउँछन् मार्गमा नर्कको ।।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
रगत रातो छ

रगत रातो छ

तेजप्रकाश श्रेष्ठ
म

एमपी पाण्डे
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x