साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठोक्तकका पाँच फाँकी

निर्वाचन मतदान र सरकार भन्नू पनि जनताका लागि, ब्वाँसाको बथानबाट खुङ्खार ब्वाँसो चयन गर्नु रहेछ ।

Nepal Telecom ad

१.
बुकुराको जग हाल्न नभ्याउँदै महल हेर्न थाल्छन्
डुबेर अपराधको दलदलमा गङ्गाजल हेर्न थाल्छन्
उजाडिन्छन् सपनाका बस्ती जब जब्बर मन पनि
कामकाज थाती राखेर सबै राशिफल हेर्न थाल्छन् ।

२.
उनीहरू फूलमाथि हामी काँडामाथि शयन गर्नु रहेछ
परेवाको सुरक्षा गर्न भन्दै बाजको मनोनयन् गर्नु रहेछ
निर्वाचन मतदान र सरकार भन्नू पनि जनताका लागि,
ब्वाँसाको बथानबाट खुङ्खार ब्वाँसो चयन गर्नु रहेछ ।

३.
मझधारमा पुर्‍याएपछि बहना नै लुकाउनेलाई
टुसाएको आँकुरामा आगो हाली सुकाउनेलाई
गएर मेरो कृतज्ञता सुनाइ दिनु ए ! प्रिय वतास
मलम दल्ने निहुँमा घाउ कोट्टयाई दुखाउनेलाई

४.
ख्याक ख्याक खुकखुक र सिँ सिँ चलेकै छ
फोकटको इन्धन प्याँ प्याँ र पिँ पिँ चलेकै छ
ऐले गला मिल्नेले चिन्ने छैन जितेर गएपछि
तर पनि मामाको घोडी मेरी हिँ हिँ चलेकै छ ।

५.
फ्याउराहरू वस्तीमा पस्ने बेला हो यो
बिना बादल असिना खस्ने बेला हो यो
चिल्लो दल्दैमा मख्ख पर्नु हुदैन हजुर
पिठमा डस्नेले चिल्लो घस्ने बेला हो यो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x