साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि मनोज, पत्रकार जीवराम र गायक नवीनलाई पुरस्कार

वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई दुई हजार अमेरिकी डलरसहित “टकंप्रसाद- रमादेवी पाठक पत्रकारिता पुरस्कार”बाट सम्मानित गर्ने भएको छ ।

Nepal Telecom ad

काठमाडौं । ०७९ पुस ४ । हेम-सरिता पाठक फाउन्डेसनले आगामी पुस ११ गते प्रज्ञा भवनमा वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई दुई हजार अमेरिकी डलरसहित “टकंप्रसाद- रमादेवी पाठक पत्रकारिता पुरस्कार”बाट सम्मानित गर्ने भएको छ ।

यसैगरी फाउन्डेसनले एक हजार अमेरिकी डलर राशिसहित चर्चित गायक नवीन पौडेललाई “हेम-सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार” बाट सम्मानित गर्ने भएको छ ।

यसैगरी एक हजार अमेरिकी डलर राशिसहित कवि मनोज विश्वकर्मालाई “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार” बाट सम्मानित गर्ने भएको छ ।

हेम-सरिता पाठक फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीका अनुसार यी पुरस्कारहरू यस फाउन्डेसनका संरक्षक समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका)ले स्थापना गर्नु भएको हो । यी पुरस्कारहरु चेतना विकास र उत्प्रेरणाका लागि स्थापना गरिएका हुन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x