साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रेष्ठ लेखकको उद्गार !

बन्न लेखक के गाह्रो ? प्रतिभा किन चाहियोस् ? नसक्ने द्रव्यले के छ ? मात्र द्रव्य थुपारियोस् म त यौटा हुँ दृष्टान्त, मजस्ता कति छन् कति छ बाटो सजिलो किन्तु गोपनीय छ यो अति

Nepal Telecom ad

भाषा भर्दछ यौटाले अर्कोले भाव भर्दछ
शैली भर्दछ अर्कैले अर्कैले प्राण भर्दछ
कोरेकै भरमा खाका गनिन्छु ‘श्रेष्ठ लेखक’
भित्रिया द्रव्यको खेला के पो बुझ्छन् र पाठक !

आफ्नै खर्च गरी ग्रन्थ शानले म छपाउँछु
प्रकाशक कुनै ठूलो संस्थालाई बनाउँछु
विमोचन गराएर खादा-माला-अबीरले
पुरिई मञ्चमा बस्छु गम्किँदै अभिमानले

पहिलो राजधानीमा,दोस्रो गृह-विमोचन
गराउनेछु तेस्रोमा म मावल-विमोचन
चौथो नम्बरमा उस्तै ससुराली-विमोचन
महीनौँ कृतिको यौटै चलिराख्छ विमोचन

सँगै, अन्तक्र्रिया भव्य देशैभरि गराउँछु
मत्त भै वाहवाहीमा जिल्ला-जिल्ला म धाउँछु
के चिन्ता खर्चको ? आँखा चिम्ली खोला बगाउँछु
पत्रिका रेडियो टीभी यत्रतत्र म छाउँछु

पालेको छु दिई चारो प्यारो भजनमण्डली
गर्छन् कीर्तन, थाक्तैनन् गाएर विरुदावली
पुरस्कार र सम्मान पदवी गुणगानले
नपछ्याई धरै छैन मलाई मान-नामले

खोलेको छु प्रतिष्ठान मैले स्वकीय नाममा
र,पुरस्कारका भोका बस्दछन् सब लाममा
पर्दै गजक्क अर्काका कृतिमा लेख्छु भूमिका
मेरो बिर्ता भएको छ अब साहित्यवाटिका

बन्न लेखक के गाह्रो ? प्रतिभा किन चाहियोस् ?
नसक्ने द्रव्यले के छ ? मात्र द्रव्य थुपारियोस्
म त यौटा हुँ दृष्टान्त, मजस्ता कति छन् कति
छ बाटो सजिलो किन्तु गोपनीय छ यो अति

स्रष्टा सबै विधाको म गर्वले मुस्कुराउँछु
अब आत्मकथा लेख्छु,अर्थात् लेख्न लगाउँछु
पताका कीर्तिको आफ्नो चौतर्फ फहराउँछु
तुल्याई स्वप्न साकार तृप्तिको गीत गाउँछु

००
पताका=झन्डा ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x