साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिकार

यी बाउ भनेका पुरानै सोचाइका छन् भन्या ! अब सिंहदरबारमा माछाको आश गरेर हुन्छ ? सबै पाहाले भरिएको छ । कस्तो टरटर गरि सबैको निन्द्रा हराम गरेका छन् ।

Nepal Telecom ad

“ए बाउ ! सधैं मलाई हुतिहारा, नालायक भन्थ्यौ । आज त मैले पनि सिकार गरेर ल्याएँ । लु भन त नालायक कसरी भन्छौ ?”

“ढडिया लिएर गाको बजिया सिकार गरेँ भन्छ । उबेला जब भगवान बुद्धि बाँड्दै थिए, त्यतिबेला कता मुन्टेको थिइस् हँ ?”

“ह्या यी बाउ पनि जतिसुकैबेला किचकिच गर्छन् । त्यो बेला तिम्रै पछाडि थिएँ नि । पहिलेका कुरा छोड्देऊ । मेरा कुरा सुन-
अरूण नदि र खोलामा जालारीले जाल हानेर हैरान पार्ने डर एकातिर अर्कोतिर ठूलो बाढीले बगाउने डर । त्यसैले चलाख बाम माछाहरू सिंहदरबारतिर बसाइँ सरेछन् । त्यहीँ मौका छोपेर ढडिया थापेको बाम नै परेछ । असला, कत्ले र बुधुना यसका आहारा भएकोले सिंहदरबारमा एकलौटी राज जमाएको रहेछ । आज मेरो सिकार भयो । भरे कान्छी रईनीले पारेको लोकलसँग यसलाई चिरिप्प पार्न पर्छ के बुढा !!”

“खै खै हेरौं ! साँच्चिकै बाम समातेको झैं गर्छ यो लठेप्रो ।”
“ल हेर हेर !! अझै कति शंका गर्न सकेका ?” छोरो झर्कदै ढडिया देखाउँछ ।
“थुइक्क बजिया ! बाम भनेर पाहा (भ्यागुतो) पो ल्याएछ ।” बाउ पनि रिसाउदै भित्र पस्छन् ।

“यी बाउ भनेका पुरानै सोचाइका छन् भन्या ! अब सिंहदरबारमा माछाको आश गरेर हुन्छ ? सबै पाहाले भरिएको छ । कस्तो टरटर गरि सबैको निन्द्रा हराम गरेका छन् । ढडियामा नअटाएकाहरूलाई उही गोमनले साफ गराउने त होला नि ।” ढडिया हेर्दै छोरा मुस्कुराउँछ ।

०००
२०८० । १ । २९
रातोपुल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x