साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकजोर वचन र माया देऊ

त्यसैले तिमीले पनि मायाको लौरि जोह गर है बाबु । विन्ति छ, विन्ति छ बाबु । विन्ति बाबु । नबिर्स है ।

Nepal Telecom ad

हामीले केही मागेका छैनौ हे बाबू
एकजोर वचन र माया देऊ
त्यो पनि तिम्रो पौरखले भ्याउँदैन भने
हाम्रै पौरख देऊ ।

तिमी जन्मदा खुसीको सिमा थिएन
घर परिवार मात्र नभई सवैले
खुसी भाव कति वर्षाएका थिए
त्यो समय तिमिलाई के थाहा !

घरमा स्वर्गै छाए जस्तो थियो
मिठो मसिनो जे खाउँ सवैमा
हसिला रुपले दिनहरू वितिरहेको थियो

किन कि हामीले तिमीलाई जन्म दिई
हुरकाई वढाई कर्म दिएर पौरखी बनायौँ
सुन्दर सपना बोकेर अघि वढायौं
वस हामीलाई त्यति भए पुग्छ बाबु ।

तिमीले अरु केही दिनु पर्दैन ।
हाम्रो मन मैलो र झुम्रो भैसक्यो धुने वेलाभो अब ।
त्यसैले हाम्रो यो मनलाई सफा गरि पखालिदिने
एकजोर मायाको सावुन किनिदेऊ बाबु ।

त्यो पनि हाम्रा लागि तिमी सक्दैनौ भने
हाम्रै तिम्रो मनमा सजिएको मायाको
एउटा भए पनि सावुन देऊ ।
थप सावुन दिन तिम्रो सामर्थले भ्याएन
ठिक छ विस्मात नगर गुणगान गाऊ ।

हामीले केही मागेका छैनो मात्र लौरी देऊ ।
किनकि हाम्रा वयस्क जीवन ढल्कियो बाबु
त्यसैले सक्छौ भने हामिलाई
एकजोर माया र बचनको लौरी देऊ
त्यो पनि सक्दैनौ भने हामीले दिएको
मात्र एउटै मायाको लौरी देऊ ।

बाबु हुन त हामी कहाँंजान सक्छौं र
तैपनि हामी दुवै बुढा बुढि पालै पालो
मायाको लौरो टेकेर हिडौँला ।
एक अर्काको सहारा बनौला हुन्न र ।

बाबु हामी तिमिदेखि विखुस कहिल्यै हुँदैनौ हुँदै हुँदैनौ ।
तिम्रा पनि छोराछोरी छन्, तिमी पनि
हामी जस्तै पक्कै पनि बुढो हुन्छौ हेला ।
हामीले मरिसकेका बाबु आमालाई सम्झनेछौँ ।

त्यसैले मायाको लौरी तिमीलाई पनि चाहिएला
ऐलेनै जोह गर है ।
किनकि हामीलाई यो अवस्था आउला भन्ने
ज्ञान आएको थियो ता पनि हामीले बुझन सकेका थिएनौ ।

त्यसैले तिमीले पनि मायाको लौरि जोह गर है बाबु ।
विन्ति छ, विन्ति छ बाबु । विन्ति बाबु । नबिर्स है ।

०००
सूर्यविनायक- ३
बालकोट
९८४१४६४४५७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x