सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सजिलो उपाय

जे बेच्न लाग्छ मन मोल लिएर बेच, खोला कि वा बगर शैल कि धातु बेच, आमा दिदी र बहिनी परिवार बेच, जोद्धा बलिष्ठ भुज पाउ दिमाग बेच ॥

Nepal Telecom ad

अड्डा अदालतहरू किन चाहिए र
नेताहरूसित मिले डर के भयो र
जस्तै कुकर्म गर रत्ति डरै नमान
पार्टी कुनैसित मिले बचिनेछ जान ॥

पैसा कुरुस्त छ भने अलि बाँड चन्दा
आउन्न सामु कहिल्यै पनि ऐन फन्दा
केही करोड दिइए भवनै पुगिन्छ
राम्रो छ सांसद भनी सबले चिनिन्छ ॥

कुर्सी फुटाल सुरयन्त्र लिएर भाँच
रक्सी पिएर गर ताण्डव खूब नाच
मन्त्री हुने छ सजिलो यति नै उपाय
खोलै समान धनको अनि हुन्छ आय ॥

जे बेच्न लाग्छ मन मोल लिएर बेच
खोला कि वा बगर शैल कि धातु बेच
आमा दिदी र बहिनी परिवार बेच
जोद्धा बलिष्ठ भुज पाउ दिमाग बेच ॥

मर्ने लुरे मरिरहून् किन गर्नु चिन्ता
के नाम भो मुलुकको किन राख्नु लण्ठा
आफै मजा गर यहाँ नभए विदेश
भागी गई बस भनेर उही स्वदेश ॥

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
जुठो हाड खाऊ

जुठो हाड खाऊ

रमेश खकुरेल
बिजुली पानी

बिजुली पानी

रमेश खकुरेल
म त भार भएँ

म त भार भएँ

रमेश खकुरेल
सन्तान थरीथरीका

सन्तान थरीथरीका

खोलाघरे साहिँलोे
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन
कसो गर्नु हो ? माइला दाइ !

कसो गर्नु हो ?...

तेजविलास अधिकारी