साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टको दोलो काढौँ

सराप दिन्थिन् किन ती सतीले मिलेर खाए पति श्रीमतीले । यो देश पेवा किन होस् कसैको जोगाउने त्यो पनि भ्रष्ट नै हो ॥

Nepal Telecom ad

घाँटी अठ्याईकन थिच्न खोज्छस्
मान्थिस् के कानुन मिच्न खोज्छस् ।
चुसेर यो देश पुगेन क्या हो
छ पेट भोको कति घिच्न खोज्छस् ॥१।

आँखा उतै छन् अनि कान तेरा
पैसातिरै छन् सब ध्यान तेरा ।
सुकर्म छोडेर कुकर्म गर्छस्
को गर्छ त्यो इज्जत मान तेरा ॥२।

जो दीन छन् ती निमुखाहरूको
हत्याउने भाग जुकाहरू हो ।
लुटेर खाने अपराध गर्ने
हुन् भ्रष्ट जाली कहिलै नडर्ने । ।३।

सराप दिन्थिन् किन ती सतीले
मिलेर खाए पति श्रीमतीले ।
यो देश पेवा किन होस् कसैको
जोगाउने त्यो पनि भ्रष्ट नै हो ॥४।

फैलिन्छ जालो अति दग्ध गर्छ
जरा निमोठीकन फ्याँक्नुपर्छ ।
पारेर दोलो सब मास्नुपर्छ
हुन् भ्रष्ट निर्मूल र हाँस्नुपर्छ ॥५।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x