साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार विरुद्ध सडकमा दैनिक कविता वाचन

भ्रष्टाचारका विभिन्न घटनाहरू सार्वजनिक भैरहेका बेला कारबाहीका लागि सर्जकहरूले देशव्यापी रूपमा खबरदारी गर्ने क्रम बढ्दै जाँदा ७ दिने अभियानका रूपमा दोश्रो दिन सो कार्यक्रम भएको हो ।

Nepal Telecom ad

हेटौँडा, ०८० जेठ १ । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा शीतलमहल चोकमा भ्रष्टाचारविरूद्ध सचेतनाका लागि रचना वाचन कार्यक्रम गरिएको छ ।

भ्रष्टाचारका विभिन्न घटनाहरू सार्वजनिक भैरहेका बेला कारबाहीका लागि सर्जकहरूले देशव्यापी रूपमा खबरदारी गर्ने क्रम बढ्दै जाँदा ७ दिने अभियानका रूपमा दोश्रो दिन सो कार्यक्रम भएको हो ।

कार्यक्रममा पुरूषोत्तम आचार्य, शम्भुप्रसाद बासकोटा, हरि पौड्याल, स्वस्तिका दाहाल, सुवास सजल, संप्रस पौडेल, समर्पण न्यौपाने, सञ्जित श्रेष्ठ, देवराज तिवारी, राजकुमार लामिछाने, माधव पोखरेल, हयग्रीव आचार्य, ऋषिराम पोखरेल आदि सर्जकहरूले भ्रष्टाचार विरूद्धमा विविध रचना वाचन गर्नुभयो ।

कार्यक्रमलाई रेडियो निकासले प्रत्यक्ष प्रशारण गरेको थियो । पहिलो दिनको कार्यक्रम खर्च सहयोग बैकुण्ठ लामिछाने र दोस्रो दिनको कैलाश ढकालले गर्नुभएको हो ।

कार्यक्रममा साहित्य सर्जक, व्यापारी, स्थानीय, पत्रकार, बटुवाहरूको सहभागिता रहेको थियो । दैनिक कार्यक्रम अन्तर्गत मंगलबार संगमचोकमा रचना वाचन हुने संयोजक निमेष निखिलले बताउनुभयो ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा आयोजित कार्यक्रम दीपक गौतमले सहजीकरण गर्नुभएको हो ।

०००
– संप्रस पौडेल, हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x