साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढे नपालौँ अब

खान्छन् आँसु बगाउँछन् मनखुसी गर्छन् ठुलो नाटक, गौंडा ढुक्न सिपालु छन् गजबले मान्दै नमानी धक, यो आफ्नै घर जो डडाउन सखे राँको नबालौं अब, पारे ध्वस्त सबै अझै मुलुक यो गोही नपालौँ अब ।

Nepal Telecom ad

(झापामा काव्यघर नेपालले आयोजना गरेको भ्रष्टाचार विरोधी सिर्जना वाचनमा प्रस्तुत)

खान्छन् मात्र सधैँ प्रशस्त यिनले मान्छे कतै मार्दछ्न्
सक्छन् अन्नभँडार शून्य जहिले अत्यास नै पार्दछन्
पस्दा गाउँ डराउँछन् सब जना कस्तो भयो रौरव
यस्ता राक्षस खन्चुवा गजहरू पाल्दै नपालौँ अब ।

हान्छन् मात्र सधैँ निरीह जनता बाली सबै चर्दछन्
बाच्छी मात्र लघार्दछन् हरघडी डङ्का कडा गर्दछन्
जे जे गर्न हुँदैन कार्य विधिले थाल्दै नथालौँ सब
भो भो पाल्न सकिन्न मित्र बुझ लौ साँढे नपालौँ अब ।

राँगा गोरुहरू अझै कति यहाँ नार्दा सधैँ सुत्दछन्
बोका छन् मसिना तथापि विधिमै मौका परे मुत्दछन्
जे जे पाल्न सकिन्न आज सब यी सम्झेर खेदौं सब
मान्दैनन् विधि ऐन कानुनहरू राँगा नपालौँ अब ।

खान्छन् आँसु बगाउँछन् मनखुसी गर्छन् ठुलो नाटक
गौंडा ढुक्न सिपालु छन् गजबले मान्दै नमानी धक
यो आफ्नै घर जो डडाउन सखे राँको नबालौं अब
पारे ध्वस्त सबै अझै मुलुक यो गोही नपालौँ अब ।

ल्याई पाल्नु हुँदैन सिंह घरमा आफ्ना हुँदैनन् कवै
खेदौं स्याल जुका र श्वेत धमिरा लार्भा बिराला सबै
जे जे पाल्न सकिन्न आज घरमा सम्झेर खेदौँ पर
खेद्ने काम छिटो गरौं सुजन हो भो भो नमानौँ डर ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सत्य बात

सत्य बात

बिन्दु दहाल ‘मूकदर्शक’
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

बिन्दु दहाल ‘मूकदर्शक’
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
लेखबहादुर

लेखबहादुर

नन्दलाल आचार्य
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
ऐ जिन्दगी ! खबरदार !

ऐ जिन्दगी ! खबरदार...

लक्ष्मण नेवटिया
चैतकाे बाँदर

चैतकाे बाँदर

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x