साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लभ लेटरको रिप्लाई : गुपचुपवाला भैयालाई

मेरा जान, फेरि पनि जुलूस कहिले हुने हो थाहा छैन । तर मलाई हाम्रा नेताहरूले यस्तो जनसभा कम्ति पनि हप्तैपिछे गरिदिउन् भन्ने लाग्छ । किन भन्नोस् ता !

Nepal Telecom ad

स्थान : सुनसान कोठा
समय : भुकभुके उज्यालो ।

माई डियर जीपीसिपी भैयाजी,

तित्तिरी हालेर बनाएको गुपचुपको पानीजस्तै तिक्खर र चटकदार माया अनि सम्झना तपाई हजूरलाई । हाम्रो जुलूस हुँदा तपाईको ठेला गाड़ीमा उभिएर गुपचुप खान नपाए ता जुलूसमा आएको नै के फाइदा ? हजूरलाई कि नढाँटु ! खासमा म जुलूसमा तपाईंले बनाएको गुपचुप खानुमात्र आएकी नि । जुलूस ता मेरो निम्ति हात्तीको देखाउने दाँत मात्रै हो हजूर । हामीलाई के छ जुलूसमा आएर नेताको भाषण सुन्नलाई जम्मै खर्च दिन्छ पार्टीका दादाहरूले ।

हजूरले मेरो नाम सोध्नुभयो । भनिनँ । किनभने वरिपरि बरफवाला भैया, प्याजीवाला भैया, ठेलागाड़ीमा मोमो, चनाचटपटे, आइस-क्रिम बिक्री गर्ने भैयाहरूले सुनिरहेका थिए नि ता । मेरो नाम उनीहरूले पनि थाहा पाउँछन् भनेर हजूरलाई नाम नभनेकी । त्यो सालेहरूले मेरो नाम सोधेर सोधेर वाक्कै लगाउँछन् नि ता ! अन्यथा नठान्नुहोला । हजूरले मेरो नाम ड्यान्सवती राखिदिनुभएछ । नाममा के छ र हजूर ! गुलाफलाई सयपत्री भन्दा गुलाफ सयपत्री हुने होइन । मलाई ड्यान्सवती भने पनि चन्द्रवती, कलावती, इन्दुमति, भानुमति, धनवती भने पनि म तपाईंकै ड्यान्सवती नै हुँ… रहनेछु… आजन्म आजन्मलाई । हजूरले राखिदिनु भएको यो नाम मेरो मुटुकै सिरानीमा सम्हालेर राख्नेछु ।

हजूरले ठिकै भन्नु भो, नाक नभए ता हजूर चिनियाँकै देवता हुनुहुन्थ्यो । साँच्चै डान्स गर्नमा र स्टाइल गर्नमा ता हामी गोर्खे चेलीहरूलाई संसारमा कसले उछिन्न सक्छ र हजूर ! हजूरले सुन्नुभएकै होला नि, बङ्गालीले खानुमा ध्यान नदिएको भए, नेपालीले स्टाइल गर्नु र नाँच्नुमा ध्यान नदिएको भए अनि तपाईंहरूले हाम्रो यता कमाएको पैसा थुपारेर आफ्नो देश पठाउनमा ध्यान नदिए संसार विजय गर्नेथ्यो भन्ने बुजुर्गहरूको भनाइ देखिन्छ । हाम्रो डान्सले नै हार्म्रो राजनीतिक जुलूसलाई बचाएको छ । खासमा नि राजनैतिक भाषण सुन्न कोही पनि आउँदैनन् । रुपियाँमा आठाना ता नाँच हेर्न, चाराना जुलूस भत्ता फुर्मास गर्न अनि रहल चाराना नाँच्न आउँछन् । यसरी जुलूसमा आउँदा भाषण सुन्नु आएको ता निहुँ मात्रै हो । खासमा इन्जोईमेण्ट नि ।

हजूरले एक ठाउँ भन्नुभएको छ, “तिमेरको ड्यान्सले साँच्चै फाँड्यो हई । के भयङ्कर नाँचेको हँ ! यङ्ग यङ्ग केटीहरू नाँचेका ता ठिकै छ एडल्ट लेडिज नाँचेका देखेर हामी छक्कै पर्‍यौं अन्त । मलाई लाग्छ तिमीहरू गर्भमा हुँदा तिमीहरूका माताजीले पक्कै पनि स्प्रिङको सूप खाएका हुनुपर्छ । जुनै गीतमा पनि ठ्याक्क-ठ्याक्क स्टेप मिलाउन कत्ति जानेका तिमीहरूले । कम्मर लच्केको देखेर ड्यान्सवती तिमीहरूको यस्तो जुलूस महिनामा दुईपल्ट हुनु नि जस्तो लाग्छ । प्रकार-प्रकारका कम्मर लच्काइ हेर्नु पनि पाउऩे अनि हामी ठेलावालाहरूको बिक्रीमा चाँदी-कटाइ पनि हुने । एउटै ढुङ्गाले दुइ-दुइवटा चरा ढ्याङ्ङै ।” मेरो हजूर यसैमा ता कला छ ।

हजूरलाई भन्नुहुन्छ, हाम्रो ड्रेसअप पनि साह्रै सेक्सी र साह्रै लोभलाग्दो रहेछ । कम्मर पनि कस्तो लच्काउन जानेको । मलाई लाम्छ तिमीहरू गर्भमा हुँदा तिमीहरूका माताजीले पक्कै पनि स्प्रिङको सूप खाएका हुनुपर्छ । र ता ड्यान्स गर्दा तिमीहरूको कम्मर स्प्रिङभन्दा आगर लच्किन्छ अन्त । खै हाम्रा मेहरारु (स्वास्नी) हरू ता लच्निनै जान्दैनन् अन्त । सिण्टेक्सजस्तो कम्मर कसरी लच्काओस् पनि । तर तिमेरका सिण्टेक्सजस्तो कम्मरवालीहरू पनि लचक्कै लच्केको देखेर जिरो फिगर पनि फेल होला-होलाजस्तो लागेको नि । साँच्चै ड्यान्स गर्नुमा चैं पहाड़ेहरूलाई कसैले तुजुक गर्न सक्दैन । पिकनिकमा पनि ड्यान्स, बिहे-बटुलमा पनि ड्यान्स, बर्थ-डे, भात-खुवाइमा पनि ड्यान्स ।” तपाईंको कुरा हण्ड्रेड पर्सेन्ट गुपचूपवाला भैया । के मा हामी नाच्दैनौं र पहिले भन्नु न त्यो । कुनै दिन मरौ-परौमा पनि डान्स देख्नुहुनेछ हजूरले ।

तपाईंलाई बताउँ मेरो हजूर, हाम्रो जनसभामा हाम्राहरूभन्दा पनि तपाईहरूकै मान्छे बर्‍याम आएर उभिदिन्छन् । हाम्रा नेताहरू अन्य जातिले भीड़ पारेको देखेर मक्ख र पक्क पर्छन् । तर तपाईं नढाँटी भन्नोस् ता… मेरो हजूर । तपाईंका बिरादरीहरू साँच्चै नै हाम्रो जनसभामा हाम्रा नेताहरूको भाषण सुन्न नै आउँछन् र ! होइन नि मेरो हजूर । उनीहरू ता हामीहरूले कम्मर मर्काइ मर्काइ गति न पति भएको मात्र हेर्न आउँछन् । हाम्रो डान्सले नै हाम्रो जनसभालाई बचाएको जस्तो लाग्छ । भाषण सुन्न नआए पनि हाम्रो डान्स मात्र हेरेर इन्जोई गर्न आउने तमाम् भैयाहरूलाई हामी डान्स पार्टीको स्वीट लभ ।

मेरा जान, फेरि पनि जुलूस कहिले हुने हो थाहा छैन । तर मलाई हाम्रा नेताहरूले यस्तो जनसभा कम्ति पनि हप्तैपिछे गरिदिउन् भन्ने लाग्छ । किन भन्नोस् ता ! य़सरी जनसभा भइदिँदा कम्तिको पनि हजूरसित भेट्ने चान्स ता हुन्छ । भन्नु उसो होइन हाम्रो जनसभाले नै हाम्रो डान्सलाई अक्सीजन प्रदान गरेको छ । हामीलाई पनि यसरी प्री स्टाइलमा कम्मर मर्काइ मर्काइ नाच्ने सुनौलो मौका दिएको छ ।

अरु के लेखुँ मेरो हजूर (?) हँसियाले आफूतिर तान्छ । यसैले अब यो लभ लेटर यहीँ समाप्त गर्छु । यो लभ लेटर ग्वालनी दिदीको हातमा पठाएकी छु । उसलाई चार-पाँचवटा गुपचूप ख्वाइदिनुहोस् ल । खुसी हुन्छिन् नि । ग्वालनी दिदीले तित्तिरीको झोल कम्ति ता मन पराउँदिनन् । तर त्तितिरीको झोलमा तपाईंको कालो न कालो हातमा अस्ति मैले ल्य़ाइदिएकी ग्लोभ्स लगाएर मात्र हात हाल्नोला । दिदी कस्तो घिनाउँछिन् पो ता । लभ लेटर लिएर आउँदा तपाईंले गुपचूप ख्वाउनुभयो भने दिदी खुसी हुन्छिन् नि । र लभ लेटर बोकेर आउँछिन् । म पनि ता यहाँ दिदीलाई पाँचवटा गुटखा किनिदिन्छु ।

तर हेर्नोस्, लभ लेटर बोक्ने ग्वालनी दिदीलाई चैँ लभ लेटर नलेख्नोस् नि । तपाईको ता ठेगान छैन नि ।

हस्, आज इतिमै । जवाब छिट्टै पठाउनोस् ल ।

हजूरको मुटुको सिरानमा सुत्न चाहने
…….

०००
सिलगढ़ी, (भारत)
प्रकाशोन्मुख पत्रात्मक हास्यव्यङ्ग्य निबन्ध ‘लभ लेटर’-बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x