साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आई एम फाइन !

मेरो सद्भाव र इमान, यहाँसम्मको सज्जनता खेर जान्न, खेर गएको छैन । म ढुक्क छु । आफैंमाथि भरोसा छ । गीत गाउने मान्छे, आफ्नो पीर व्यवस्थापनमा, अक्सर, सफल हुन्छ ।

Nepal Telecom ad

धनराज गिरी :

“ठिक जति सबै ठिक छ छोरी, डु नट वोरी !” जेठी छोरी अपराजिता सन्तोषीले हालखबर जान्न चाहेपछि प्रोफेसर शान्तिनारायण विद्रोही आनन्दले आफ्नो नयाँ शैलीको उत्तर दियो । “बा, कस्तो कस्तो अभिनय गर्नुहुन्छ, अभिव्यक्ति शैली पनि अनौठो ! हरेक कुरालाई सामान्य रूपमा लिनुहुन्छ । यो धरतीमा हजुरलाई बुझ्ने म र मलाई बुझ्ने हजुर बाहेक अरू कोही होला र ? ठिक जति सबै ठिक, कति मिठो !”

“छोरी,यो झूट छ नि झूट, यसको पनि आफ्नै सौन्दर्य रहेछ, मान्छेले जीवनमा बढी झूट बोल्ने रहेछ, या अभिनय, अभिनय पनि त एक प्रकारको झूट नै हो । म कम झूट बोल्ने भनेर कसम खाएको मान्छे, नहुने रहेछ, अरूलाई तनाव हुने सत्य किन बोल्ने ? मानौं, मैले एक मित्रलाई गैर महिलासित कतै अलि बेग्लै अवस्थामा देखें, अहिलेको भाषामा लजमा, अब म बोल्न हुन्छ ?उसकी श्रीमती मेरी साथी हुन् भनेर सूचना दिन हुन्छ ? झूट अपरिहार्य भएन ? सत्यभन्दा झूट बढी सुन्दर पनि हुनसक्छ, प्रकृति हेरेर, छोरी, यो ।

“आई एम फाइन” छ नि, यो सन्सारभरि बोलिने सबैभन्दा बढी “सुपर हिट“ झूट हो । म सधैं सत्य बोल्छु भन्नु पनि हिमालयन झूट हो । सबै ठिक कसैको जीवनमा पनि हुन्न । न गरीबको, न धनीको ! अझ छोरी, धनीहरू बढी झूट बोल्न विवश ! म तिमीसित झूट बोल्न सक्दिन, र,यो भनेर उम्किन्छु, मेरो मनको कुरा तिमीलाई थाहा छ, तिम्रो मनको कुरा मलाई थाहा छ, म अन्याय गर्दिन, अन्याय सहन्न, प्रतिकार गर्छु, मेरो यही परिवर्तन नहुने बानी मेरो, हाम्रा, सन्तानहरूलाई मात्र होइन स्थायी शुभचिन्तकहरूलाई पनि अलि असजिलो लाग्छ ।

अस्ति एक आदरणीय दाजी, उज्याला साथी, आलोकनारायण मिठूले पनि यस्तै पीर व्यक्त गर्नुभयो । केही छैन छोरी,म क्रिया होइन, प्रतिक्रिया गर्ने पात्र, विवेकको शरणमा जान्छु । मलाई चिन्नेहरूले चिन्नुहुन्छ । मेरो सद्भाव र इमान, यहाँसम्मको सज्जनता खेर जान्न, खेर गएको छैन । म ढुक्क छु । आफैंमाथि भरोसा छ । गीत गाउने मान्छे, आफ्नो पीर व्यवस्थापनमा, अक्सर, सफल हुन्छ ।”
—-
“आहा बा, आज फेरि शिवानीलाई सुन्नेछु । म पनि ढुक्क छु बा । यता पनि ठिक जति सबै ठिक छ । हजुर मेरो मेन्टर, बा, साथी, आँखा बन्द गरेपछि मनभरि हजुरको छवि, खोइ त आमा ? एक पटक आमासित पनि बोल्न पाए हुन्थ्यो । आई एम फाइन बा !”

“हा हा हा, फेरि उही झूट !! आई एम फाइन ! अब यसलाई सत्य बनाउने, भित्रबाटै खुशी रहन कोशिश गर्ने छोरी ! आई एम रियल्ली फाइन, आखिर जीवन भनेको “Equilibrium under disequilibrium” न हो । सम्झौता गमौं से करलो !”

“हुन्छ बा, हुन्छ ! आजलाई सायोनारा !”
“आशीर्वाद पुत्री !” प्रोफेसर नातिनी लिएर स्कूल गयो ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
कल्पनातीत !

कल्पनातीत !

धनराज गिरी
गाजली !

गाजली !

धनराज गिरी
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
मलाई के भन्छौ ?

मलाई के भन्छौ ?

धनराज गिरी
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x