साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिग्रिएको मान्छे

हरेक प्राणी आ-आफ्नो स्वभाव अनुसार बिग्रिएका हुन्छन् । साहित्यमा लागेर लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, भैरव अर्याल, वासुदेव लुईटेल, मेक्सिम गोर्की, घर व्यवहार नै नहेरी भरमार बिग्रिएका थिए ।

Nepal Telecom ad

शेषराज भट्टराई :

हरेक कुरा बिग्रिन्छ । वनस्पति, बास, बेत बाङ्गिएर बिग्रिन्छ । बिग्रिनु, भत्किनु, थिग्रिनु चराचर जगतको कुरा हो । यसलाई स्वभाविक नै मानिन्छ । अस्वभाविक भन्ने तत्व पृथ्वीमा पाइदैन । बिग्रिन्छ यहाँ गर्भदेखि लिएर गर्व गर्न लायक मान्छेसम्म ।

नेपाल बिग्रिन्थेन भने सारा विश्व विकसित भइसक्दा नेपाल किन तलका तलै ? सिंगो सगरमाथा र गौतम बुद्धको नामले मात्रै नेपाल सप्रिएको ठहरिन्छ त ? सप्रिँदैन कहिल्यै नेपाल र नेपाली जबसम्म यिनको मति, विवेक, बुद्धि र गिदी सप्रिँदैन ।

नेपाली भाषा बिग्रिएर चौपट छ । बिग्रिएका नेताले चलाएको देश सिंगो राष्ट्र बिग्रिएर असरल्ल छ । दलका दास विहिन दुइटा नेताले देश बनाउने प्रयास गरिरहेका छन् । मेयर बालेनले काठमाडौं बनाउने प्रयास गरिरहेका छन् भने मेयर हर्क साम्पाङ राइले धरान बनाउने प्रयास गरिरहेका छन् । सारा फुटपाथे व्यापारी र फोहोरमैला सफा गरेर तिनका नजरमा बालेन बिग्रिनु बिग्रिएका छन् । हरेक काममा आफै खटेर हर्क साम्पाङ बिग्रिनु बिग्रिएका छन् । यसरी हाकाहाकी जनताको भलो गर्ने नेतालाई नेपालमा बिग्रिएको मान्छन् । तर यस्तै बिग्रिएको मान्छेको खाँचो खड्किरहेको छ नेपालमा ।

आज नेपालका न्यायालयहरू द्रव्य पीचास बनेर बिग्रिएका छन् । शिक्षालय, औषधालय, शौचालय, न्यायालय भएभरका सबै लयहरू बिग्रिंदा बिग्रिंदा विलय हुने अवस्थामा पुगिसकेका छन् । साँढे धेरै भए नेपालमा बिरालो धेरै भए नेपालमा थोत्रो घरमा मुसाको रजाई भएपछि अरू के आसा गर्नु । धेरै उम्लिएपछि पोखिन्छ । झुसी भएपछि पोखिन थाल्छ । बन्दाबन्दै बन्नै नसकेपछि बिग्रिन्छ । भन्दा भन्दै भन्नै नसकेपछि बिग्रिन्छ । सबैकुरा बिग्रिन्छ । गाडी बिग्रिन्छ, आधुनिक हातहतियारहरू बिग्रिन्छ । विवेक बुद्धि बिग्रिन्छ । दिन अनि मौसम बिग्रिन्छ । भनेजस्तो नहुँदा वर्षमात्र होइन वर्षौ बिग्रिन्छ । ज्यान बिग्रिन्छ । ध्यान बिग्रिन्छ । हिंड्दा हिंड्दैको खुट्टा र लेख्दा लेख्दैको कलम बिग्रिन्छ । चलिरहेको हाइवे बिग्रिन्छ । बगिरहेको नदी, खोलानाला बिग्रिन्छ । हावा, वायुमण्डल र अक्सिजन बिग्रिन्छ । चलाउँदा चलाउँदैको फेसबुक, नेट, चेट, सब बिग्रिन्छ भने मोबाइलले बालबालिकाहरू बिग्रिरहेका छन् । मान्छेबाट बनेको मान्छे किन नबिग्रिनु ? छोराछोरी बिग्रिन्छन् । श्रीमान श्रीमती बिग्रिन्छन् । घर व्यवहार बिग्रिन्छ । बैंक, सहकारी बिग्रिन्छ । बिग्रिंदा बिग्रिंदा धर्म, कर्म नै बिग्रिन थालेपछि लाज शर्म पनि बिग्रिन्छ र बिग्रिएका मान्छेलाई शर्म लाग्नै छोड्छ । शर्महारा, कर्महाराले जे गरे पनि हुन्छ । जति बिग्रिए पनि बिग्रिएको ज्यानको के प्रवाह । बिग्रिनु थिग्रिनु मानव विवेकमा भर पर्छ । व्यक्ति बिग्रिन्छ । समाज बिग्रिन्छ, वडा बिग्रिन्छ । नगर बिग्रिन्छ । जिल्ला बिग्रिन्छ । प्रदेश बिग्रिन्छ । अञ्चल बिग्रिन्छ । अति भएपछि देश बिग्रिन्छ ।

अहिले नेपालका ठूलाठूला नेताहरू बिग्रिएका छन् । नागरिकलाई अनाहकमा अनागरिक बनाएर सडिएका छन् । सक्कली नागरिकलाई नक्कली बनाएर गनाएका छन् । आफ्नै देशका जनतालाई बेचेर पूर्व गृहमन्त्री, उपप्रधानमन्त्रीले जेलनेल भोगिरहेका छन् । पाँच पटकसम्म देशको प्रधानमन्त्री भएको ठूला नेताका दुलही करोडौंको काण्डमा मुछिएका छन् । पूर्व गृहमन्त्रीकी श्रीमती करोडौं घोटलामा आरोपित छन् भने यहाँ भन्दा कति बिग्रिनु । देशका गन्यमान्य बिग्रिनु भनेको नेपाल देश बिग्रिनु हो । देश देश बिग्रिएर विश्व बिग्रिन्छ । अहिले उम्लिएर फत्फत् फत्किरहेका रुस र युक्रेन मारामार हुनुको कारण नै बिग्रिएर हो । मति भ्रष्ट भएपछि खति हुन्छ । मानवीय मूल्य र मान्यता नबुझेपछि अति भएपछि खति हुनु स्वभाविक मानिन्छ ।

राणा शासनकालमा जङ्गबहादुर राणाले शासन गरेर बिग्रिएका थिए । पञ्चायत कालमा शान्ति क्षेत्र घोषणा गर्न विरेन्द्र राजालाई बिग्रिएको मानेर नै उनको वंश विनाश गरे । अब एउटा कुन चाहिँ उपद्रयाहा बिग्रिएको गोबर गणेश आउँछ र गणतन्त्र नेपाल, प्रदेश खारेज गर्छ अनि बिग्रिएका बिग्रिएकाले हुलहुज्जत गर्दै बिग्रिएका मध्येबाटै एकजना प्रखर बिग्रिएकालाई अध्यक्ष बनाउँछन् र सोझा सिदा जनताबाट अकुत पैसा असुल्दै दस्तुर तिरेर सदस्यता लिन ह्वीप जारी गर्छन् । चाहिदा नचाहिंदा र चाहिंदो नचाहिंदो पगितो धनराशी कुम्ल्याएर जेल जान्छन् । वर्तमान गणतन्त्र नेपालमा जारी बिग्रिएकाको दैनिकी र जीवनचक्र यसरी नै चलिरहन्छ ।

बिग्रिन्छन् मान्छेहरू हरेक अवसर र अवतारमा बिग्रिन्छन् । कसैले बैंशमा सत्र हजार नेपाली जनतालाई स्वाहा पारे पनि अहिले पाप कटनी हेतु चारधाम गर्न चारपाउ टेकेर लागि परेका छन् । उनले भारतको एक मन्दिरमा गएर एकसय आठ किलो रुद्राक्षको माला र अकुत द्रव्यदान गरेर  बिग्रिनसम्म बिग्रिएका छन् । मान्छे अवस्था, अवसर र परिबन्धमा परेर बिग्रिन्छ । रहर, जहर र कहरमा परेर बिग्रिन्छ । सौख र शान खातिर बिग्रिन्छ । देखासिकी र सनकमा परेर बिग्रिन्छ । आफ्नो आदत अस्तित्व र अहंता देखाउन बिग्रिन्छ । केही गरेर देखाउँछु भन्ने मान्छे बिग्रिन हरदम तम्तयार भएर गौंडो गल्छेडो ढुकी रहेको हुन्छ । त्यसैले बिग्रिनलाई पानीले जस्तो प्वाल छिद्र खोजेर बस्नुपर्छ । हावाले जस्तो अक्सिजन बनेर प्राणीलाई बिगार्नु पर्छ र चट्याङ बनेर गड्याङ गड्याङ पड्किंदै धरा र बोट वृक्षको जरामा उर्जा बनेर पस्नुपर्छ अनि महामानव बन्न हुटहुटी, प्रेरणा र पौरखमा दागबत्ती दिनुपर्छ र भस्म लेपन गरेर आनन्द मान्दै बिग्रिनुपर्छ ।

अति बिग्रिएको मान्छेलाई नबिग्री भन्यो भने नराम्रो मान्छ । अर्ति दिनेलाई नै खराब भन्न थाल्छ । बिग्रिनु सप्रिनु पनि एक प्रकारको नसा हो । नसा भनेको लत हो । त्यसैले लतमा खत देखाउनु हानिकारक हुनसक्छ । डाँडावारी डाँडापारी गनाउने गरेर बिग्रिए पछि छि छि दुरदुरको सामना गर्न सक्नुपर्छ । हरेक प्राणी आ-आफ्नो स्वभाव अनुसार बिग्रिएका हुन्छन् । साहित्यमा लागेर लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, भैरव अर्याल, वासुदेव लुईटेल, मेक्सिम गोर्की, घर व्यवहार नै नहेरी भरमार बिग्रिएका थिए । त्यसैले आजका विश्वविद्यालयहरूमा विद्यार्थीको अक्कलको ढोका खोल्न तिनै बिग्रिएका लेखकका जीवनचक्र घोक्रो दुखुन्जेल घोकी रहेका छन् । राजनीतिमा लागेर महात्मा गान्धी, नेल्सन मण्डेला, अब्राहम लिङ्कन, कृष्णप्रसाद भट्टराई, बिपी कोइराला, माओत्से तुङ, मदन भण्डारी बिग्रिएका थिए । आज संसारका उच्च शिक्षालयहरूमा उनै बिग्रिएका घनटाउकेहरूको जीवनगाथा पढ्दा पढ्दै त्यसरी नै आफू पनि बिग्रिने ताउरमाउर गरिरहेका छन् भनेपछि तपाइँ हामी सज्जन भनाउँदा त्यस किसिमले बिग्रिने कि नबिग्रिने ?

०००
फूलबारी-११, पोखरा, कास्की
फोन ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x