साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली (काव्य शृङ्खला- २३)

खाली हात लिएर बस्नु नपरोस् सम्पूर्ण पाकाजन ॥ आम्दानी किन चाहियो र गतिलो होस् व्यस्तता जीवन ॥ चोयाबाट विभिन्न वस्तु कतिले गर्छन् यहाँ आर्जन । पोयाबाट तयार हुन्छ कतिको त्यस्तै घरेलु धन ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

सिपको समादर गरौँ

छन् पारङ्गत यी विभिन्न सिपमा हाम्रा बुढ्यौलीजन ।
जुट्छन् साधनमा उदात्त मनमा छन् शिल्पकारी धन ॥
रम्छन् पौरखमा कला छ सँगमा गर्छन् सुधा आर्जन ।
खासै छैन बजार मूल्य चिजको छन् चित्तमा रोदन ॥११२॥

आए याम नयाँ नयाँ अब यता नौलै भयो चिन्तन ।
नौला यामसँगै रमाउन सदा चाहिन्छ त्यस्तै धन ॥
झण्डै पैँतिस लाखको छ गणना नेपालमा वृद्धको ।
ठान्छन् आदर होस् समस्त भवमा आस्था कला शिल्पकाे ॥११३॥

गर्दा यो अनुमान जन्मदरको भन्दा उता वृद्धको ।
देख्छौँ झन् अभिवृद्धि दोबर यता खोजी छ निष्कर्षको ॥
छन् गन्ती परिवार पाँच अहिले खाएर बस्नेजन ।
एकै मात्र कमाउने छ घरमा यो दुःखदायीपन ॥११४॥

पाका मानिस छन् यिनै विषयका चिन्ता व्यथामा सब ।
खाका कोर्नु प-यो नया मगजले निष्कर्ष के हो अब ॥
खोज्दाभित्र अवश्य मिल्दछ चुरो छन् साथ सम्भावना ।
राम्रा यी गुरुयोजना तय गरौँ पुग्छन् सबै कामना ॥११५॥

खाली हात लिएर बस्नु नपरोस् सम्पूर्ण पाकाजन ॥
आम्दानी किन चाहियो र गतिलो होस् व्यस्तता जीवन ॥
चोयाबाट विभिन्न वस्तु कतिले गर्छन् यहाँ आर्जन ।
पोयाबाट तयार हुन्छ कतिको त्यस्तै घरेलु धन ॥११६॥

यस्ता शिल्प कला समादर सदा गर्छन् विदेशीजन ।
सक्छौँ बेच्न उता र आउँछ यता जीवन्तकारी धन ॥
एकातर्फ यता उजागर हुने गुम्दै गएको कला
अर्कोतर्फ समस्त वृद्धजनले ठान्छन् खुसीको पला ॥११७॥

(क्रमशः)

०००

२०८०/२/२०
ताप्लेजुङ, हाल- काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x