साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाट लेखन र लेखक

हुन त चरण गाउने भाट लेखक भनिएला । स्तुतिगायकको उपाधि होला यो । तर हिजो यो पद थियो । इच्छा हुनेले यो पेशालाई रोज्दथे तर आज अनेक क्षेत्रमा यस प्रवृत्तिले मुन्टो देखाएको छ, छाती फुलाएको छ र जहानबच्चा भुल्याएको छ ।

Nepal Telecom ad

देवीप्रसाद चापागाईं :

बुद्धि थाेत्रिएको, सुद्धि मक्किएको । कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर । नेपाल पहाडी मुलुक हो, पर्वतीय मुलुक । डाँडाकाँडाको समष्टि रूप । खिस्स हाँसेको हिमाली माला उघ्रिएको आकास, सुधिएको भूमि । स्वाभिमानी लेखकका छरपस्ट विषयवस्तुहरू छन्, तर भाट लेखकका छैनन् । यी सारा दृश्य उसका पर्याप्त उर्वरभूमि होइन उसिर भूमि । रमझमको रहमा डुबुल्की मार्दै गुन्यूचोलीको उपेक्षा गर्दै लेखक घण्टौं एकोहोरिन्छ, लेखनी सत्रौंपटक उठ्छ र सुत्छ । घुइँचोको वणर्न खोज्दछ । थुप्रैको आँखा गडेको नियाल्दछ । थोरैको आँखा परेकोमा अल्पिन्छ । लेखक अनेकौँको दिमागको भन्का मलखाल्डोमा हुत्याउँछ । सीमितको सीमालाई दुत्कार्दछ । नेवारी खाना र शेर्पाली संस्कृति ऊ केवल खुम्चिएको बुझ्दछ । पुरस्कारको झोलीतुम्बा भिर्दै कृतिम आत्मरतिमा कुर्लन्छ । ठिग र जिग्रिङ्गको चौपट्ट उतार्नु उसको चाहना होइन । कृतिम पुरस्कारको खात र चाडमा भकुन्डिन्छ । पुरस्कार कुम्ल्याउने उत्कट मोहमा कितें विषय झल्किन्छ र क्षणिक आत्मशान्तिको जन्तर भिराइमा हतारिन्छ । चखेवा र चखेवीको जोडी डलरमा भुत्तिन्छ, अनि लेखक स्वतन्त्र चिन्तनको कटीमा एकाङ्की बनी शरीर सुकाउनुसट्टा महल धाउँदछ । प्रशंसाका शब्दजाल बिच्छ्याउँदै पाखापखेरामा सीधासाधासाम डुक्रन्छ । आफू विशिष्टको चारको ठे चहारेको कथुङ्ग्री

उकेल्दै आर्जनमा लिप्त बन्दछ र धताउँछ । केवल ऊ उडुस बन्दछ इतिहासका पानामा, स्मरणका पर्खालमा, पीडा र वेदनाको दहमा ।

आजको लेखक ज्वरोको जरो सिटामोलको हजममा सिफारिस गर्दछ । ऊ चिराइतोको अस्तित्व बुझ्दैन । ऊं नीमकाठ उमाल्न प्रेरित गर्दैन । तानावानाका रङ्गीचङ्गी उसको भूमि हो, संसार हो । अन्तुडाँडा र नगरकोट आँखा अगाडिको चुनौति हो । उहीं देखेको, धेरैपटक सुनेको संसारको साटो नियात्राबाट नियात्रा जन्माउँछ । सुनेको उडन्ते तर्कमा हौसिँदै लेखको सूची सूचीकृत गर्दछ । पुङमाडे विषयवस्तुको ठेली खड़ा हुनुमा विशिष्टता ओकल्दछ । रमाउँदछ, रैमट्ट दाइँ घिचाउँछ भोलिका अबोध सन्ततिलाई अनि निजात्मक अनुभूति उत्कृष्ट साहित्यको मेरुदण्ड बिर्सन्छ । काल्पनिकताको उकुसमुकुस बेरबार पार्दै किचकन्नेरूपी पुतलीको न्वारनमा साहित्यको व्याख्या खाँद्दछ । विचार र वास्तविकता बाँध्दछ, अनि छोटो किलोदाम्लोमा टुरिन्छ । कपोलकल्पित गुन्द्रुक साँध्दछ र कल्पनाको ढिँडो चोप्दछ ।

मातृभूमिको अङ्गप्रत्यङ्ग झिनामसिनाको झटारोमा लेपासिदिन्छ । पाँचपोखरी, मुक्तिक्षेत्र, रेसुङ्गा, हलेसी किनो स्मरणको संसारमा कोच्दछ । अबोध टोपीका घेरा फाटेका अबोध मानवको वास्तविकताको खोतलखातलमा लेखनी सोझ्याउँदछ । ह्वीस्की, ब्रान्डीका नशामा निर्लिप्त भई, शब्दका तनमा अनवरत रङ्गीन खोल भिराउँदै अव्वल बन्नु उसको सामथ्यं हो, भूखण्ड हो ।

ऊ खिसीट्युरी डकार्दछ । सत्यदेवीको दन्तपतनको कहानीको उपेक्षामा दन्तकाली बिर्सन्छ, भुल्दछ । अन्तु र श्रीनगरको नामको न्वारन गककजेडीको फतफत सुझाउँछ । ऊ सुत्केरीले उचालेको ढुड्गो आधुनिक सुत्केरीको खुती र हुतीमा नियाल्दछ । सत्यतथ्यलाई कुइनेटामा हुत्याउँछ । ऊ पाथिभरालाई देख्दैन, पाथी बिर्सन्छ अनि थुन्सेघोप्टे डाँडो नाम काइदछ । पाँचपोखरी पाँचवटा पोखरीको समष्टि ऐतिहासिक नठानी सुकेका दुई पोखरी घटाई तीन पोखरीको बुद्धि रटाउन खोज्दछ । विगतको घटनाको तालीबेली बेलिबिस्तारबाट भिजाउँदै कटौरे तर्क पोख्दछ ।

बाँसुरीको धुन, मादलको वादलमा रौनकता झुल्किएको आभाष पाउँदैन । मालसिरी, सोरठी, घाट र वालुनलाई पुरातनरूपी कमेरो लेपन गराउँछ । आधुनिक, उत्तरआधुनिकको रुमलोमा जाकिनुमा असल लेखनधर्मको ओछ्यान लगाउँछ । राष्ट्र पीडित र मुच्छित बन्दा पनि उसका ध्यान ग्रीनकार्डको पत्कर बटुलबाटुल पारी सुइँकुच्चाको नाटक मञ्चन हुन्छ । नेपाली आमाको कपालमा लिसिपिएको कुराको जुरो उधिन्नु – उसको कर्तव्य होइन । सगरमाथाको उचाई गर्व होइन, केवल संयोग हो । स्वदेशी चीजवस्तुको पारखमा मौनता साध्नु र विदेशी अल्पसंस्कृतिको जुठेल्नी चहार्नु ताकत हो, फूर्ति हो । ठेलीको डेली भर्दै फलानाको लेखमा तिलानु विषयको चिरफार आवश्यक छ भन्दै औताउनु, शब्दमा मनमौजी पुच्छर जोड्नु, मातृभाषी लेखमा एकथुन्से विमातृक भाषीको शब्दहरू भित्र्याउनु सफलता हो, बौद्धिकता हो । बुझ्झक्कीको तक्मा हो । सत्रौं पुस्तक अरूका वरिपरि राख्दै एकएक अनुकरणबाट खिचडी विचारभाव पस्कनु महाअभियान हो । निमेषभरमा सवालको जवाफ दिने गीताङ्गेलाई पखेराको ढुकुर भन्दै हियाउनु जीवनको ध्येय हो । चरित्रको ’च’ र नैतिकताको ’न’ को साँप्रो च्यात्नु ठूलाघरेको अँगेनीमा टाङ्ग्री पसानुं जीवनको लक्ष्य हो । पुरस्कारको रासी चुल्याउनु सफल हुनुको प्रमाण हो । वनमारा तीतेपाती, धँएरो, बकाइनु, लप्सीमा रमाउनु र हराउनु केवल गोठाले दुनियाँ हो, संसार हो ।

दधिचील दैलेख, दुईलखा दोलखा । गोसाइँकुण्ड गाईको मालिक । यी सारा टाउको टोकसिरहने वृत्तान्त दुब्लाउँदै र टाक्सिँदै छन् । बाँसको झाङ र उखुको झ्याङमा लुटपुटिंदा जठराग्नि निभ्दै धु सकिन्न । आटीको नगिच पाटीको अडेसो लागी लेखनी कुदाउने लेखकको हविगत सन्तानको डुकुसात्तुका उपचारमा थेप्चिन्छ र नेप्टिन्छ । फलानाको त्यत्रो आफ्नो यत्रो ! त्यहीमाथि पनि जस्ताको छानो । यी यस्तै वाणीकी अर्धाङ्गिनीको मुखबुझोमा साहित्यिक यात्रा धर्मराउँछ । खोजेको प्राप्तिको खोल्सी-भङ्गालाहरू तर्काइन्छन् । विराट भनाउँदाको आडम्बरी बखानमा लेट्दछ । स्वाभिमानी लेखकको पगरी र धोती खुस्किएको जस्केलोको भेउ मिल्दैन । अब कसो गरुँ ?

हुन त चरण गाउने भाट लेखक भनिएला । स्तुतिगायकको उपाधि होला यो । तर हिजो यो पद थियो । इच्छा हुनेले यो पेशालाई रोज्दथे तर आज अनेक क्षेत्रमा यस प्रवृत्तिले मुन्टो देखाएको छ, छाती फुलाएको छ र जहानबच्चा भुल्याएको छ । त्याग गर्नको खातिर स्तुति गर्नु हो । आज त्यसलाई अनुरोधमा जोडदिँदा के फरक पर्थ्यो त ? अनुरोध पचाउँदैन ऊ । सभ्य समाजको ओखती नै अनुरोध हो तर स्वाभिमानी प्रवृत्तिको ऊ विरोधी छ अनि किन नकाट्ने त त्यसको उछितो ?

०००
‘बुर्कुसी’ (२०६६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाईं
कुरा खेलाउने बानी

कुरा खेलाउने बानी

देवीप्रसाद चापागाईं
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x