साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छेको रङ

बेलुका खाना खाँदै थिए सवैजना, रेडियोमा समाचार आयो “धनसार कार्यालयका कार्यालय प्रमुख धनपति शर्मा भ्रष्टाचारको अभियोगमा गिरफ्तार ।” समाचार सुनेर केदारनाथले मुख अमिलो पारे ।

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

केदारनाथको परिवार सरकारी जागीरे । उनले अनिवार्य अवकास लिएर पेन्सन खान थालेको पनि दश बर्ष भन्दा बढी भैसक्यो, अझै उस्तै जाँगर र फुर्ति छ उनमा । नोकरीको कुरा गर्‍यो कि कान ठाडो पारी हाल्छन् ।

केदारको एक्लो छोरो दामोदर पनि सरकारी सेवामै छन् । अब त नातिले पनि उनीहरूकै बिंँडो थाम्यो । तर आफू खरिदारबाट सेवा प्रवेश गरेको भए पनि नाति सिधै अधिकृत भएकोमा भने उनलाई छुट्टै गर्व छ । जोसंँग गफ गर्दा पनि यो प्रसङ्ग छुटाउदैनन् उनी । तर उनको एउटै गुनासो छ ३५ वर्ष सरकारी जागीर खांँदा पनि कहिल्यै कमाई हुने कार्यालयमा परिएन । सधैं एकसरो तलवले घर चलाउनु पर्ने । छोराले पनि खासै कमाई गर्न सकेको होइन । अफिस छुटेर घर फर्कदा अलिअलि फलफूल, तरकारी र कहिलेकाहिँ माछा मासु बाहेक अरुका लागि तलवकै मुख ताक्नु पर्छ ।

अरुको जस्तै एउटा गतिलो घर बनाउने सपना त सपनै रह्यो । तर उता भाइको छोरा धनपतिले भने ३,४ वर्षमा राजधानीमा ३,४ वटा बिल्डिङ ठड्याइ सक्यो । यो कुरा सम्झेर उनलाई भतभती पोल्थ्यो अनि नातिलाई ताना कस्न थाली हाल्थे “नाथे तँं अधिकृत भएर के भो ? एउटा मोटरसाइकल किन्न पनि सरसापटै गर्नु पर्‍यो । उता धनपतिको हेर त, जागीर खानु त त्यस्तो । अलिकति हिम्मत पनि चाहिन्छ । हेर नाति, अवसर बारबार आउंदैन, छोप्न जान्नुपर्छ, पछि पछुताउलास्, भन्द्या छु । सधैं झैं नातिलाई अगाडि राखेर आज पनि उहि पुराण दोहोर्‍याए बुढाले । नातिले के सोच्यो थाहा छैन तर जवाफ लाएन बरु उठेर हिंड्यो ।

बेलुका खाना खाँदै थिए सवैजना, रेडियोमा समाचार आयो “धनसार कार्यालयका कार्यालय प्रमुख धनपति शर्मा भ्रष्टाचारको अभियोगमा गिरफ्तार ।” समाचार सुनेर केदारनाथले मुख अमिलो पारे । अनि फतफताउंदै चुठ्न बाहिर निस्के- “धेरै नदौडी लडिएला भनेर सम्झाकै हो, मानेन । हाम्रो समेत नाक काट्यो, असत्तीले !”

०००
हेटाैँडा- ४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
हामी त केवल घण्टा हौँ

हामी त केवल घण्टा...

मीनप्रसाद लामिछाने
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x