साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डोजर आयो

विचार नसुधारे दुःख मिल्छ अवरोध हट्दा सुखले जित्छ यही विचार भर्नाको लागि समृद्ध नगर पार्नको लागि सुँढ हल्लाउँदै अघि आयो हाम्रो नगरमा डोजर आयो ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

हाम्रो नगरमा डोजर आयो
सुतेका मान्छेको निद्रा जगायो
खोला नहर घडेरी बनेका
डुबान भो भनी सधैं सरापेका
मान्छेको गुनासो डोजरले सुन्यो
लौ अब आएँ भनी दगुर्‍यो
सुँढ लामो पारी आँ गर्दा
उत्रे सुन्ड मुसुन्ड हाहा पर्दा
धामीझाँक्री अन्छाइ मन्छाइ
कालो बोको जगमा चढाइ
के के गरे पहिला पहिला
थोत्रा विचार सिद्धान्त मैला
धोइ पखाली लौ हेर आयो
हाम्रो नगरमा डोजर आयो
झुत्ती खेल्न कति अघि लागे
डडाल्नुमा कतिले चिथोरे
नभनी ऐया आत्था कति
गजधम्म बस्यो थरक मारी
कुकुर बिरालो जस्तै बनी
कति दिन बस्छौं अब हामी
खिया लागेका मेसिन पाटपूर्जा
साँध लगाइ पारौं धारिला
विचार नसुधारे दुःख मिल्छ
अवरोध हट्दा सुखले जित्छ
यही विचार भर्नाको लागि
समृद्ध नगर पार्नको लागि
सुँढ हल्लाउँदै अघि आयो
हाम्रो नगरमा डोजर आयो ।

०००
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x