साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोर

श्रुतीले गम्भीर हुँदै भनी, “हाम्रा सबै चाहना पुर्‍याउन श्रीमानहरूले कि चोर्नु पर्‍यो । कि डकैती गर्नुपर्‍यो ! कि भ्रष्टाचारी बन्नुपर्‍यो । त्यतिले नभए कि दुराचारी बन्नु पर्‍यो । यही चालाले त ‘चरी जेलैमा’ होइन श्रीमान्हरूलाई..”

Nepal Telecom ad

डा. कुसुमाकर शर्मा गौतम :

“भोलिको ‘तीजको दर’ कार्यक्रममा जाने होला नि श्रुती ? कार्यक्रम पनि भव्य ठाउँमा गरेका छन् ।” प्रितीले सँगै काम गर्ने साथीलाई सोधी ।“जाऊँ कि नजाऊँ भन्ने सोच्दै थिएँ । बोलाएपछि त जानै पर्‍यो ।” श्रुतीले आफ्नो अवस्था सुनाई ।

“तँ न गए त रमाइलो नै हुँदैन । चरी जेलैमा नाच्नु परेन ? हेर ! मैले त नयाँ साडी पनि किनी सकेँ । त्यस्तो के पर्‍यो र नजाने ?” प्रितीले उत्सुकताका साथ सोधी ।“तीज आउने कहिले हो कहिले ? साउनदेखि नै दर खान शुरू भयो । अफिस, टोल, कर्मचारी समुह, श्रीमती संघ, नातागोता गर्दा एक दर्जन भन्दा बढी दर खाइसकियो । खाँदाखाँदा जिउ नै बाक्लो भइसक्यो । बिहान बिहान झुसिलो डकार आउँछ । कार्यक्रमका चर्का सङ्गीत रातभरि कानमा गुन्जिरहन्छन् । तिम्रो जिउबाट त वाइनको वासना आउँछ भन्छन् श्रीमानले । हामी दर खाएर मोटाउँदै गएका छौँ । तर श्रीमानहरू दुब्लाउँदै गएका छन् । हेरेकी छेस् प्रिती ?”

“वर्ष दिनमा आउँछ हाम्रालागि तीज ! फेरि हामी दर खान जानुअघि सबै खानेकुरा बनाएर छोडिदिएको छ । अलि अलि काम त श्रीमानले पनि गर्नु पर्‍यो नि ! त्यत्ति गरेर दुब्लाउँछन् भने क्यार्नु ?” प्रिती झनै उग्र भई ।
“कुरो भान्साको होइन प्रिती । हामीलाई फरक पार्टीमा फरक साडी चाहिन्छ । त्यसैसँग मिल्ने गहना चाहिन्छ । रानी हार नदिए घरै बस्दिनँ भनेर श्रीमानलाई घुकर््याउँछौँ । यी सबै फर्माइस श्रीमानले कसरी पुर्‍याउने ? सोच त !”
“श्रीमतीको चाहाना पूरा गर्न नसक्ने के को श्रीमान् त ?” प्रितीले श्रुतीका कुरा बीचैमा काटी ।

श्रुतीले गम्भीर हुँदै भनी, “हाम्रा सबै चाहना पुर्‍याउन श्रीमानहरूले कि चोर्नु पर्‍यो । कि डकैती गर्नुपर्‍यो ! कि भ्रष्टाचारी बन्नुपर्‍यो । त्यतिले नभए कि दुराचारी बन्नु पर्‍यो । यही चालाले त ‘चरी जेलैमा’ होइन श्रीमान्हरूलाई..”
ट्रिङ ट्रिङ प्रितीको मोबाइलको घण्टीले श्रुतीको बोली बिचैमा रोकियो ।

प्रितीको ‘हलो’ मा आदेश आयो, “तपाईंको श्रीमानलाई अख्तियारले पकडेर सदर खोरमा ल्याएको छ । कमजोरीले फेन्ट हुनु भाछ । तुरुन्तै आउनुस् ।”

०००
एडमन्टन, क्यानाडा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखियाको पार्टी

मुखियाको पार्टी

डा.कुसुमाकर शर्मा गाैतम
नक्कली झोला

नक्कली झोला

डा.कुसुमाकर शर्मा गाैतम
फोन कल

फोन कल

डा.कुसुमाकर शर्मा गाैतम
सम्मान

सम्मान

डा.कुसुमाकर शर्मा गाैतम
इच्छा मरण

इच्छा मरण

डा.कुसुमाकर शर्मा गाैतम
सल्लाहकार

सल्लाहकार

डा.कुसुमाकर शर्मा गाैतम
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x