साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिस्त्री जेठो

झुटको अल्सर ,अहंको क्यान्सर र आडम्बरको एड्स छ तिनैलाई ... उमेरको अल्जाइमर भइसकेको छ ... उसको होस पनि गइसकेको छ अब मिस्त्री जेठाले घर बनाउँदैन

Nepal Telecom ad

गोपाल काफ्ले :

घर बनाउन पाइनँ भनेर
मिस्त्री जेठो मुर्मुरियो
ला घर बना भनेर दे’को त
झन पो बिगार्‍यो गाँठे ….
घरभित्रको चिजबिज छिमेकीलाई बाँड्दै हिड्छ …
“छोराछोरी नोकरचाकर राख्न छिमेकतिरै पठाउँछ …
घरि एउटालाई काखी च्याप्छ र
अर्कोलाई ठटाउँछ”
छोराहरूलाई मांस मदिरामा हौस्याउँछ
बेलाबेलामा तरुनीका बीचमा आफैं नाचेर रौस्याउँछ …।

कहिले ढ्याङ्ग्रो ठोक्छ
कहिले सिनो बोक्छ
कहिले भावना खोक्छ …
मनपरी डुल्छ
घरभित्र रडाको हुल्छ
मिस्त्री जेठो …
आफूलाई आगो ठान्छ
अरुलाई कच्चा धागो ठान्छ
आफूलाई छाँगो ठान्छ
महसूर राँगो ठान्छ
कहिले कित्ता हान्छ
दिनदहाडै गाउँलेको बाली खान्छ
कहिले भित्ता हान्छ
आफैले सिँगौरी खेलेर भत्काएको घरलाई बनाएको ठान्छ ।

न आफै काम गर्छ न भनेको मान्छ
आफूलाई के ठान्छ -ठान्छ
मिस्त्री जेठो …
उसले आफ्नो नाम , थर, घर … बिर्सिसक्यो
“म मिस्त्री जेठो नै हुँ “ भन्छ
घर बनाउन पाइनँ भन्दै धुरुधुरु रुन्छ
उसलाई घर बना भनेर दिएको वर्षौ बितिसक्यो …
घरि खाँबो टेडो भन्छ
घरि राँबो भुत्ते भन्छ
घरि माटो गिलो भन्छ
घरि बाटो हिलो भन्छ
घरि ठेक्का साटौँ भन्छ
पूर्वेली जेठासँग
घरि हेक्का राखौँ भन्छ
पश्चिमेली जेठासँग
हाम्रा गाउँका यी तिनैजना
ठेकदारसँग दिक्दार छन् गाउँलेहरू ..।

झुटको अल्सर ,अहंको क्यान्सर र
आडम्बरको एड्स छ तिनैलाई …
उमेरको अल्जाइमर भइसकेको छ …
उसको होस पनि गइसकेको छ
अब मिस्त्री जेठाले घर बनाउँदैन
हामी घरकाको यही ठम्याइ छ
“छिमेकीहरु घर नबनोस् …
सक्दिनँ पनि नभनोस् …. ठान्छन् “
यिनको बिचल्ली हेर्न पाऊँ भन्दैछन्
हाम्रो जग्गा हडप्न दिन गन्दैछन्
मिस्री जेठो कुरा बुझ्दैन …
भ्रममै छ . . .
कसरी ठेक्का तोड्ने होला … ?
इमानदार, बफादार, आँटिलो, जोसिलो
फुर्तिलो, सिपालु, इखालु, ठेकदार कहाँ पाइएला … ?
को पाइएला…?

धन्यवाद !

०००
उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको खराब लत

मोबाइलको खराब लत

गाेपाल काफ्ले
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x