बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

धर्मशास्त्रका विपरीत हुन्छ

यी सब कुरा कण्ठ पार्नु पर्छ मूर्ख बनाउँदै सेखी बघार्नु पर्छ सबैलाई हो भन्ने पार्नु पर्छ होइन भन्नेलाई मार्नु पर्छ नत्र सामाजिक सद्भाव खलबलिन्छ सबै जात सबै धर्म समान भए समाज धर्मशास्त्रका विपरीत जान्छ !

Nepal Telecom Spring Offer

रामदेव पाण्डे :

विज्ञानका धेरै कुरा जान्नु हुँदैन
पृथ्वी गोलो छ भन्ने मान्नु हुँदैन
ब्रह्माण्डको केन्द्र पृथ्वी हो
सूर्यले पृथ्वीकै चक्कर लागाउँछ
कथित तल्लो जात या
राहुकेतुले छोएर ग्रहण लाग्छ
त्यस बेला केही नखाई नुहाउँदै
‘छोड के जाति छोड’ भन्नु पर्छ
धर्मले नखा भनेको खानु हुँदैन
यी कुराका विपरीत जानु हुँदैन
किनकि धर्मशास्त्रका विपरीत हुन्छ
रजस्वलाका लागि छाउगोठ चलाउनु पर्छ
श्रीमान् मरेका श्रीमती जिउँदै जलाउनु पर्छ
तल्लो जात उपल्लो जात कतै मिसाउनु हुन्न
छुवाछुत गर्दैमा कोही रिसाउनु हुन्न
नत्र मान्छे नर्कमा जान्छ
जसले प्रामाणिक यथार्थ कुरा सुन्छ
त्यो धर्मशास्त्रका विपरीत हुन्छ
जे जस्तो र जति अवैज्ञानिक भए पनि
समय विपरीत विभेदकारी रहे पनि
आफ्नै धर्ममा निवास गर्नुपर्छ
विधर्मीको पूरै नाश गर्नु पर्छ
आडम्बरको धोती खोल्नु हुँदैन
धार्मिक र जातीय विभेदविरुद्ध
चुइँक्क बोल्नु हुँदैन
ज्ञान विज्ञानका कुरा त्यस्तै हुन्
पढ्नै पर्छ तर परीक्षामा लेखे पुग्छ
वैज्ञानिक प्रगति आफैं गर्नै हुँदैन
अर्कैले गरेको देखे पुग्छ
गफ दिन हामीलाई सिकाएकै छन्
चेतनाहिनहरूले बिकाएकै छन्
पुष्पक विमान थियो
गाण्डिव र सुदर्शन चक्र थियो
रेडियो मोबाइलका के कुरा
अन्तध्र्यान र आकाशवाणी थियो
एक मन्त्रले आगो बाल्थ्यो
अर्कोले पानी पार्थ्यो
एक मन्त्रले मान्छे जन्माउँथ्यो
र अर्काले मान्छे मार्थ्यो
मन्त्रले रोग लगाउँथ्यो
मन्त्रले नै निको पार्थ्यो
यी सब कुरा कण्ठ पार्नु पर्छ
मूर्ख बनाउँदै सेखी बघार्नु पर्छ
सबैलाई हो भन्ने पार्नु पर्छ
होइन भन्नेलाई मार्नु पर्छ
नत्र सामाजिक सद्भाव खलबलिन्छ
सबै जात सबै धर्म समान भए
समाज धर्मशास्त्रका विपरीत जान्छ !

०००
२०८०/०५/२४
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
फोटो खिचाउने तालिम

फोटो खिचाउने तालिम

रामदेव पाण्डे
शान्ति र सद्भाव

शान्ति र सद्भाव

रामदेव पाण्डे
मोलको मार

मोलको मार

रामदेव पाण्डे
हाब्रो भरूँ

हाब्रो भरूँ

होम सुवेदी
हाम्रो स्वाभिमान

हाम्रो स्वाभिमान

नदी भट्टराई
सार्वजनिक बस

सार्वजनिक बस

खगेन्द्र नेउपाने
पदवी र विभूषण नदेऊ सरकार

पदवी र विभूषण नदेऊ...

शम्भु जमरकट्टेल हेदाङ्ने