कृष्ण प्रधानफोक्सी
फोक्सी - वाट मारुणी ! तिमीहरू वार गर्ल भन्दा कम्ति छैनौ । (चिच्याएर) निकाल् मलाई यहाँबाट । सेण्ट्री - हामी लकडाउनमा तिमी लकअपमा । (थाना बाहिर नारा सुनिन्छ, फोक्सीलाई रिलिज गर...रिलिज गर ।)
कृष्ण प्रधान :
(दृश्य विवरण : स्थान – पुलिस लकअपभित्र कोरोना (फोक्सी)लाई थुनामा पारिएको छ । लकअपभित्र बसेर थानै उचाल्नै गरी कराइरहेकी आवाज बाहिर बाहिरसम्म पुग्छ ।)
कोरोना – (लकअप भत्काउलैजस्तो गरेर) मलाई निकाल यहाँबाट । एई डण्ठे…मलाई निकाल भनेको । (सेण्ट्री ध्यान नदिई यताउता हिँडिरहन्छ) एई खाकी ! सुनेर पनि नसुनेको जस्तो गरेको । यी पुलिसहरूसलाई आउँदोरहेछ है बुझ् पचाउनु । (ठूलो स्वरमा) एई डण्ठे ।
सेण्ट्री – (नम्र स्वरमा) डण्ठे कसलाई भनेकी हौ !
फोक्सी – तँलाई नि । कसलाई भन्नु ?
सेण्ट्री – (हाँस्दै) आम्बो मेरो नाम डण्ठे हो ?
फोक्सी – पुलिसहरू जति सबै डण्ठे ।
सेण्ट्री – खै मेरोमा कहाँ डण्ठा छ ? यहाँ सरले बन्दुक बोकेको देखिनौ ? बन्दुके भन बन्दुके । तिम्रो आँखा पनि चाइनिज डिस खाँदा खाँदा चिम्स्याङ्सुङी ढ्याङ भयो कि क्यो हो ?
फोक्सी – (भुतुक्कै हाँसेर) आम्बो….चिम्स्याङ्सुङी भनेको चैँ के हो नि ?
सेण्ट्री – चिम्सेलाई चिम्स्याङ्सुङ् अनि चिम्सीलाई चिम्स्याङ्सुङी ।
फोक्सी – डण्ठेलाई ?
सेण्ट्री – (एकक्षण घोरिएर) डण्ठालाई…चिण्ड्याङ्ठङ्लङ् चिम्स्वाङ्ठङ् ।
फोक्सी – (हाँसेर हुरुक्कै हुँदै) यो भनेको चैँ डण्ठे ?
सेण्ट्री – डण्ठाको स्वाँठ भनेको । डण्ठेलाई तिमी आफै बनाऊ ।
फोक्सी – कुरा पनि आकै हो कि खाकीलाई ।
सेण्ट्री – चिम्फिङ ह…चिम्फिङ ह ।
फोक्सी – उफ् …के हो यो चिम्फिङ ह चिम्फिङ ह भनेको चैँ फेरि ।
सेण्ट्री – यस…यस । हजुर…हजुर भनेको नि ।
फोक्सी – चाइनिज डिसले गजबले नै भेटेको रैछ हई डण्ठेली ।
सेण्ट्री – चाइनिज डिसले मात्रै ? हामी गोर्खालाई के के को डिसले भेटेको छ नि । यसैकारण ता हामी गोर्खाहरूलाई चिङआङलुङफ्याङ भन्छन् ।
फोक्सी – (हाँस्दै) चिङआङलुङफ्याङ थ ?
सेण्ट्री – (बन्दुक काँधमा भिर्दै) चिम्फिङ ह…चिम्फिङ ह । चिङआङलुङफ्याङ थ भनेको आलुजस्तै अनि ल्याङफ्याङ भनेको । (फेरि दोहोर्याउँछ) चिङआङलुङफ्याङ ।
फोक्सी – मलाई यो लकअपबाट निकाल्छस् कि निकाल्दैनस् ।
सेण्ट्री – (दिक्क मान्दै लेघ्रो तानेर) ठ्याङल्याङडट्याङ झिङझ्याङल्याङ ।
फोक्सी – के भनेको एई ?
सेण्ट्री – ठैट, झिँझेटलाग्दो भनेको ।
फोक्सी – म यो घिनलाग्दो लकअपभित्र एकक्षण बस्न सक्दिनँ । निकाल मलाई यहाँबाट ।
सेण्ट्री – एक रात बस्दै यस्तो । हामी लकडाउनमा थुना पर्दा चैँ ।
फोक्सी – द्याट इज योर म्याटर्स ।
सेण्ट्री – आमामा…तिमीलाई ईङ्गलिश पनि बोल्नु आउँछ ?
फोक्सी – (सामान्य झोंक्किएर) कुरा धेर ट्वीष्ट नगर् । मलाई छिट्टो निकाल यहाँबाट ।
सेण्ट्री – (घडी हेर्दै) यी थ । ओङसोङफिङ मिङ आङथाङ यु मा ह ।
फोक्सी – के भनिस् ?
सेण्ट्री – एकक्षण पर्ख बडाबाबु थानामा आइहालोस् बुझिनौ । आच्ची त्यति पनि नबुझेको ? हामी नेपाली वीक भएजस्तै तिमी पनि चाइनिज भाषामा विक छौ कि क्यो हो । मेरो चाइनिज भाषा बुझ्नु तिमीलाई साह्रो परेको ?
फोक्सी – कोनि कोनि । (बडाबाबुको प्रेवश । सेण्ट्री बुट पड्काउँदै स्यालुट गर्छ । झोंक्किएर) बो कङमिङ्ल्याङ्अङ्पङ् झी सेन हग थ ।
बडाबाबु – (स्यालुट थाप्दै ) के भन्दैछे ? सिनियर । हग्छु भनेकी कि हामीलाई हग् भनेकी ।
सेण्ट्री – लकअपबाट निकालीहाल भन्दैछे ।
बडाबाबु – नकराई बस् भन्दिनोस् ता सिनियर यसलाई ।
सेण्ट्री – (आफ्नो ओँठसम्म औँली पुर्याउँदै) वो मई क्विङ छु झी नेन चुपङ ह ।
फोक्सी – (रिसाएर) नो…नो…टेक मी आउट फरम् दिस लकअप नाउ ।
सेण्ट्री – चाइनिज भाषा ता बुझ्छु तर ईङ्गलिश ता गाह्रो पर्छ नि बडाबाबु ।
बडाबाबु – म छँदैछु ता । (लकअपतिर हेर्दै) वेटस्त्र…वेटस्त्र । डण्ट्रस्त्र हतारस्त्र ।
कोरोना – यो फेरि कुन भाषा ?
सेण्ट्री – ईङ्गलिश रसियन मिक्सचर भाषा बोल्नुभाको हाम्रा बडाबाबुले ।
फोक्सी – हेन गाव छिङ्ग जियन दाओ नाइ ।
बडाबाबु – के भन्छे यो राँडी ?
सेण्ट्री – (थाना उचाल्ने गरी चिच्याएर) चुङपुङ स्याङट्याङफु । नङनोसिह ज्याङफोङकङसीङ ?
बडाबाबु – आमामा…फाङफाङ र फुङफुङ के हो यो भाषा सिनियर ।
सेण्ट्री – चुङपुङ भनेको चूप । स्याङट्याङफु भनेको शटअप । नङनोङसिङ ज्याङफोङकङसीङ भनेको डण्ट मेक अ नोइज ।
बडाबाबु – ज्याङफोङकङसीङ भनेको चै फोक्सी ?
सेण्ट्री – चिम्फिङ चिम्फिङ ।
बडाबाबु – (छक्क परेर) हँ ??? चिम्फिङ ?
सेण्ट्री – हजूर भनेको नि सर । यै फोक्सीको भाषामा ।
फोक्सी – (लकअप हल्लाउँदै) के अरे मलाई फोक्सी भनिस् एई डण्ठे । आइ एम कोरोना । वाट फोक्सी ?
बडाबाबु – साइलेन्सस्त्र…किपस्त्र क्वाइटस्त्र ।
फोक्सी – मलाई किन फोक्सी भनिस् एई खाकी ।
सेण्ट्री – गोर्खाको बोक्सीले हाम्रो मुटु कलेजो खान्छे भन्छ चाइनकाको कोरोना भन्ने राँड़ीले फोक्सो खाने हुनाले फोक्सी । गोर्खाको बोक्सी, चाइनाको फोक्सी ।
बडाबाबु – करेक्टस्त्र करेक्टस्त्र । ठिकैस्त्र भन्योस्त्र ।
सेण्ट्री – चिम्फिङस्त्र…चिम्फिङस्त्र ।
फोक्सी – आई एम नट फोक्सी । म फोक्सी होइन ।
बडाबाबु – यस्त्र यूआरस्त्र हण्ड्रेडस्त्र पर्सेण्टस्त्र फोक्सीस्त्र ।
सेण्ट्री – ज्याङफोङकङसीङ ।
फोक्सी – (चिच्चाएर) आई एम नट । मलाई यहाँबाट छिटो निकाल नत्र….
बडाबाबु – वाट नटरस्त्र…
सेण्ट्री – झी नी नेङ झाइ शुओसाइडङ् ढ्याङ ?
फोक्सी – शुओसाइडङ ढ्याङ । (हात लोपार्दै) सुसाइड गर्छु भनेको इस् गर्छु सुसाइड । पार्टीमा जोइन गर्छु नि ।
सेण्ट्री – कुन पार्टीमा ? यू आर फोक्सी…
फोक्सी – यहाँको लिडिङ पार्टीमा नि । त्यसपछि यहाँको पुलिसलाई छुलछुल पार्छु….
बडाबाबु – (थानै उचाल्ने गरी कराएर) त्यसपछि ?
फोक्सी – उठ् भन्दा उठ्ने । बस् भन्दा बस्ने बनाउँछु ….
सेण्ट्री – त्यति सजिलो छ र…
फोक्सी – किन अहिले तिमीहरू पार्टीको इशारामा नाचेका छैनौ र ?
बडाबाबु – यहाँको पुलिस ता मारुणी हो नि हई…
फोक्सी – वाट मारुणी ! तिमीहरू वार गर्ल भन्दा कम्ति छैनौ । (चिच्याएर) निकाल् मलाई यहाँबाट ।
सेण्ट्री – हामी लकडाउनमा तिमी लकअपमा । (थाना बाहिर नारा सुनिन्छ, फोक्सीलाई रिलिज गर…रिलिज गर ।)
फोक्सी – ऊ…बाहिर नारा सुन्दैछौ मेरो फरमा ? अब म थाना बाहिरै अनशनमा बस्छु ।
सेण्ट्री – कति पर्सेण्टको लागि ????
पर्दा विस्तारै खस्छ ।
०००
सिलिगुडी (भारत)
Subscribe
Login
0 Comments
Oldest






































